कोशी लगायत पहाडमा बदली, वर्षाको संभावना अन्यन्त्र सफा

काठमाडौं, २३ अशोज ।
जलतथा मौसम विज्ञान विभागले बिहिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार पश्चिमी नेपालबाट मनसुन बाहिरिएको छ र त्यहाँ अहिले पश्चिमी वायुको प्रभाव देखिएको छ । यता, पूर्वी नेपालमा भने कमजोर मनसुनको उपस्थिति छ । विभागले भनेको छ ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू(भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ।’
आज दिउँसो
कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भू(भागका एक(दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।