जलतथा मौसम विज्ञान विभागले आइतबार बिहान जारी गरेको मौसमी विवरण अनुसार विशेष गरेर कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी मा बदली रहने छ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा  मनसुनी वायूको प्रभाव रहेको छ। कोशी, मधेश र बागमति प्रदेशमा दिउँसो र राती मनसुनी गतिविधि रहने मौसम विभागको अनुमान छ ।
आज दिउँसो
दिउँसोः कोशी प्रदेशच र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भू(भागहरुमा आँशीक बदली रहेने छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती
रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू(भागका केही स्थानहरू र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *