आज मुलुकभर बदली, मध्यम वर्षा : १७ गते पछि मनसुन सक्रिय भारी वर्षा हुनसक्ने

जल तथा मौसम विज्ञान विभागले बिहिबार बिहार जारी गरेको मौसमी विवरण अनुसार आज मुलुकभर बदली रहने छ । कोशी, बागमति गण्डकी लुम्बिनी प्रदेश तथा मधेशका केही स्थानमा मध्यम वर्षाको संभावना छ । विभागले अशोज १५ गते जारी गरेको विशेष बुलेटिनमा अशोज १७ देखी २०मनसुनी गतिविधि बढ्ने भनेको छ ।
अशोज १५ गते जारी विज्ञप्तीमा कोशी, बागमति, मधेश र लुम्बिनी प्रदेशमा १७ देखी २० गतेसम्मको अवस्थालाई ध्यानमा राख्दै सतर्कता अपनाउन, सकेसम्म लामो यात्रा नगर्न पनि भनिएको ।
आज
सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राती
सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असोज १७एकादशी
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
असोज १८ द्वादशी
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असोज १९ त्रयोदशी
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र एक(दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।