आज विजया दशमी :देवीको प्रसाद टिका जमरा

नवरात्रमा नौं दिनसम्म दुर्गा देवीका विभिन्न नौं स्वरुपको पुजा आराधना पछि आज दशमीको नेपाली माझ विजया दशमीको नामले प्रख्यात छ । नौं दिनसम्म आराधना गरेकी देवीको प्रसादको रुपमा मान्यजनहरुबाट टिका जमरा थाप्ने गरिन्छ ।
घटस्थापनादेखी देवी स्थापना गरेर विधी पूर्वका पुजा आराधना गर्दे आएकाहरुकाले देवीको विर्सजन गरेपछि देवीको प्रसादको रुपमा आफ्ना मान्यजनहरुबाट टिका जमरा लगाउन थाल्दछन् । विधीपूर्वक देवी स्थापना नगरेका घरपरिवारमा पनि जमरा राखेर प्रत्येक दिन देवीको आराधना गर्ने गरेको हुन्छ र उनीहरुले पनि मान्यजनबाट टिका जमरा लगाउँन प्रारम्भ गर्दछन् ।
टिकाको दिन देखी टिका प्रारम्भ भएको मानिन्छ । पूर्वी नेपालमा टिकाको दिनदेखी पूर्णिमासम्म टिका लगाउने चलन छ । मामाधर, ससुराली लगायतका आआफ्ना मान्यजनहरुको घरघरमा पुगेर टिका थाप्ने चलन बढ्दो क्रममा छ । यातायातको सुविधाले दशंैलाई अझ व्यापक बनाएको छ , देशदेसावर फैलिएको छ, दशैं ।
पश्चिम नेपालमा पनि टिकाको दिनमात्र टिका जमरा ग्रहण गर्ने चलन परिवर्तन हुँदै गएको छ । यातायातका साधन विस्तारसँगै सामाजिक,सांस्कतिक परम्पराहरुमा पनि विस्तारै परिवर्तन हँुदै गएको देखिन्छ ।
विजय दशमीका परम्परादेवी प्रचलनमा रहेको आशिस यस्तो छ
आयुदोण्रसुते श्रीयो दशरथे शत्रुक्षयं राधवे ।
ऐश्पयं नहुसे गतिश्च पवने मानाञ्च दूर्घोधने ।।
दानं सूर्यसुते बल हलधरे सत्यञ्च कुन्तिसुते ।
विज्ञाने विदुरे भवन्तु भवना कीर्तिश्य नारायणे ।।
पिर्के पिङमा रमाउँदै स्थानीय
मध्यनेपाल (लमजुङ), १५ असोजः मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँको अवसरमा पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा। तस्बिरः देवेन्द्र गुरुङ/रासस
आजको पंचाङ्ग, ग्रहगोचर
२०८२ साल असोज १६ गते बुधबार । आश्विन शुक्लपक्ष, दुर्गा पक्ष, दशमी तिथि । तिथि ।२०२५ अक्टुवर २ । नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन
सूर्य उदय ५ः५७सूर्य अस्त १७ः४८
चन्द्र राशी ःमकर
तिथिः दशमी १४ः५३ त्यसपछि एकादशी
नक्षत्रः उत्तरषाढा ६ः२० सम्म त्यसपछि श्रवण
योग ः सुकर्म
करणः तैतिल ६ः५७ सम्म त्यसपछि गर
ग्रह गोचर
सूर्यः कन्या राशी हस्ता नक्षत्र
चन्द्रः मकर राशी श्रवण नक्षत्र
मंगलः तुला राशी स्वाती नक्षत्र
बुधः कन्या राशी चित्रा नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी पूर्वफाल्गुनी नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु ःकुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१९देखी ०५ः७ सम्म
अभिजित मुहुर्त ११ः२९देखी १२ः२७ सम्म
राहुकाल १ः२२ देखी २ः५१ सम्म