कांग्रेस अधिवेशनको प्रारम्भिक प्रक्रिया सुरु, भदौ २४ मा वडा अधिवेशन, अशोज १६ देखि महाधिवेशन
काठमाडौं, २ भदौं ।
नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । साउन २४ देखि भदौ १ सम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैंठकले निर्धारित अशोज १६—१९मा केन्द्रीय अधिवेशन सम्पन्न गर्ने आवश्यक कार्ययोजना अगाडि सारेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार जारी गरेको विज्ञप्तिमा अधिवेशन प्रक्रिया प्रारम्भ भएको जनाएका छन् ।
अधिवेशन कार्यतालिका गाउँ(नगर वडा अधिवेशन भदौ २४ मा गर्ने भनिएको छ । विज्ञप्तिमा मुलुकभरक ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन भएर क्षेत्रिय प्रतिनिधिहरु चयन हुनेछन् । गाउँ पालिका नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रिय अधिवेशन भदौ ३१ गते, प्रतिनिधिसभा, क्षेत्रिय अधिवेशन, एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन अशोज ३ गते हुने विज्ञप्तिमा उल्लेख छ । एक मात्र क्षेत्र भएको जिल्ला अधिवेशन अशोज ३ गते भएर महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन हुने छ ।
जिल्ला अधिवेशनहरु अशोज ७ गते हुने क्रार्यक्रम छ भने प्रदेश अधिवेशन अशोज १० गते, केन्द्रीय अधिवेशन अशोज १६,१७, १८, १९ मा काठमाडौंमा हुने भनिएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ चैत्र ११ गतेको निर्णयानुसार मिति २०८३ असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने गरी नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तोकि विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका प्रकाशित भएको व्यहोरा सबैमा अवगत नै छ ’ विज्ञप्तिमा भनिएको छ ‘ उक्त कार्यतालिका बमोजिम केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोकी अभिमुखिकरण कार्यक्रम समेत शुरू गरी अधिवेशन प्रक्रिया अगाडि बढाइसकिएको छ ।’
संयोजक खड्काले जारी गरेको विज्ञप्तिमा कांग्रेस अधिवेशन २०८३ वैशाख ४ को सर्वोच्चको फैसलामा उल्लेख भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ ‘यसै बिचमा मिति २०८३ साउन २४ देखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधानको व्यबस्थालाई समेत मध्यनजर गरी २०८३ असोज १६ देखि १९ का लागि तय गरिएको पार्टीको १५ औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका सम्मानित सर्वोच्च अदालतको मिति २०८३ वैशाख ४ को फैसलामा पनि उल्लेख गरिएको छ।’
विज्ञप्तिमा उक्त मितिमा महाधिवेशन सम्पन्न गर्नेगरी नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरिया लगायत १५ वटा देशका अधिवेशन पनि सम्पन्न भइसकेका जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘यसरी निर्वाचन कार्यक्रमको सवै प्रक्रिया अगाडि वढिसकेको वर्तमान अवस्थामा पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन तथा भाद्रको शुरूवाती वर्षातको मौसमका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगर पालिका र क्षेत्रीय अधिवेशनमा पार्न सक्ने प्रतिकूल प्रभावका बारेमा तहगत कार्यसमितिबाट आएको सुझावलाई समेत ध्यानमा राखि पूर्व निर्धारित मिति २०८३ असोज १६(१९ मै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको विस्तृत समयतालिका ९क्यालेण्डर० तय गरी अधिवेशन प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरे बमोजिम केन्द्रीय निर्वाचन समितिबाट विधानको धारा ३५ ९२० ९च० बमोजिम १५ औं महाधिवेशन अन्तर्गत विभिन्न तह र निकायको अधिवेशनको परिमार्जित समयतालिका ९क्यालेण्डर० निम्नानुसार प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’
निर्वाचन कार्यतालिका


