काठमाडौं, २ भदौ ।
नेकपा एमालेले बागमति प्रदेशको मुख्यमन्त्री र संसदीय दलको नेता टुुगो लगाएको छ । संसदीय परिपाटीमा सामान्यतथा दलको नेता मौका पाउँदा मुख्य कार्यकारी हुने व्यवस्था भएपनि एमालेले फरक अभ्यास गर्दे आएको छ । जस अनुसार, एमाले बागमति प्रदेशको संसदीय दलका नेतामा जगन्नाथ थपलिया कायम छन् भने मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने नीति एमालेले लिएको छ ।
किरण थापा भक्तपुरबाट निर्वाचित प्रदेश सांसद हुन् । पार्टीका उपमहासचिव महेश बस्नेतको चाहना अनुसार किरण मुख्यमन्त्री बनाउने निर्णय गरिएको छ भने बस्नेतकै हस्तक्षेपकारी व्यवस्थापनमा जगन्नाथ थपलिया फेरी संसदीय दलको नेतामा सीमित गरिएका छन् । पार्टी उपमहासचिव, एमाले बागमति प्रदेश इन्चार्ज एवं अध्यक्ष केपि ओलीका दाहिने हात मानिने महेश बस्तेत पार्टी भित्रको बिग्रह व्यवस्थापन गर्न मंगलबार हेटौडा पुगेका थिए ।
नेपाली कांग्रेस र एमालेबीचको सत्ता समीकराण भत्किएर एमाले नेकपाबीच प्रदेशको समीकरणमा बागमति एमालेको भागमा परेको थियो । बागमति एमालेको भागमा परेपछि मुख्यमन्त्री को हुने भन्ने विषयले पार्टीमा आकार लिदैं एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध एमालेका १८ सांसदले अविश्वास प्रस्ताव दर्ता समेत गराएका थिए । बस्नेतको उपस्थितिमा अश्विास प्रस्ताव फिर्ता लिदै थापालाई मुख्यमन्त्री र जगन्नाथलाई संसदीय दलको नेता कायम राख्ने निर्णय भएको हो ।
प्रदेशको गणितमा कांग्रेस सबै भन्दा ठूलो दलका ३६ सांसद छन् । एमालेका उपसभामुख सहीत २५ र नेकपाका २६ सांसद छन्।राप्रपाका १२ नेककिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार बनाउन, टिकाउन कम्तिमा ५३ मत आवश्यक हुन्छ ।
एमाले र नेकपाको ५० मात्र पुग्दछ । एमालेलाई सरकार बनाउन त समस्या छैन । तर, सरकार बनिसकेपछि एक महिना भित्रमा विश्वासको मत लिने चुनौती छन् । एमालेले ५३ को संख्या पु¥याउन आफ्नो पार्टीकी अप्परा चापागाई जो उसभामुख छन् उनलाई त्यो जिम्मेवारीबाट अलग गरेको अवस्थामा पनि अन्य २ मत थप्नुपर्ने हुन्छ । चौथो ठूलो दल राप्रपाले तथस्थ को नीति लिएको छ ।
अघिल्लो प्रदेशसभामा पनि एमालेले यस्तै अभ्यास गरेको थियो । डोरमणि पौडेल मुख्य मन्त्री बनेको समयमा पार्टीका नेता अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता थिइन ।