नवरात्र चौथो दिन कुष्माण्डा देवी

आज नवरात्रको चौथो दिन दुर्गादेवीको कुष्माण्डा स्वरुपको पुजा आराधना गरिन्छ ।कुष्माण्डादेवीको निवास स्थान सूर्यलोक हो । देवीले आफ्नो तेजको अंशलाई सम्पूर्ण प्राणीमा प्रक्षेपण गरेर शक्तिको संचार गरेकी छन् ।
आठवटा हात भएकी देवी सूर्यको तेज झै चम्किली छन् । हातमा चक्र, कलश,कमलको फूल, बाण, धनुष, कमण्डलु र जपमाला छन् । कुष्माण्डा देवीको आराधान, उपासनाले दुःखकष्ट, रोगब्याधी हट्दछन । आयु, सन्तान, यश कीर्ति, बल, प्राप्त हुन्छ ।
कुष्माण्डा देवीको ध्यान मन्त्र
सूरासम्पूर्णकलशं रुधिराप्तु मेव च ।
दधा हस्तापादाभ्यां कुष्माण्डा शुभदास्तु मे ।।
तस्बिर :सामाजिक संजाल
आजको पंचाङ्ग, ग्रहगोचर
२०८२ साल असोज ९ गते बिहिबार । आश्विन शुक्लपक्ष, दुर्गा पक्ष, चौंथी तिथि। २०२५ सेप्टेम्बर २५ । नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः५४सूर्य अस्त १७ः५५
चन्द्र राशी ःतुला
तिथिः चौंथी अहोरात्र
नक्षत्रः स्वाती १७ः५८ सम्म त्यसपछि विशाखा
योग : वैधृती
करणः गजरा ७ः२१ सम्म त्यसपछि भनिज
ग्रह गोचर
सूर्यः कन्या राशी उत्तरफाल्गुनी नक्षत्र
चन्द्रः कन्या राशी चित्रा नक्षत्र
मंगलः तुला राशी चित्रा नक्षत्र
बुधः कन्या राशी हस्ता नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी मघा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१८देखी ०५ः६ सम्म
अभिजित मुहुर्त ११ः३१देखी १२ः१९ सम्म
राहुकाल १ः२६ देखी २ः५६ सम्म