देशभर साधारणतया बदली

देशभर साधारणतया बदली
मौसम विज्ञान विभागले शुक्रबार बिहान जारी गरेको मौसमी विवरण अनुसार मनसुनको प्रभाव पूर्वी र मध्य नेपालको पहाडी र तराईका भूभागमा मध्यम वर्षाको संभावना छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु(भागमा साधारणतया बदली रही बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।