सौर्य एयरले फागुन पहिलो सातादेखि उडान भर्दे
काठमाडौं, २१ माघ ।
डेढ वर्षदेखी ग्राउण्डेड अवस्थामा रहेको सौर्य एयरलाइनले फागुनको पहिलो सातादेखि उडान गर्देछ । लामो समयदेखी उडान अनुमतिकोे प्रतिक्षामा रहेको सौर्य एयरलाइनले नागरिक उड्डन प्राधिकरण बाट उडान अनुमति पाएपछि उडानसँग सम्बन्धित व्यवस्थापना, बजार र प्रशासनिक व्यवस्था मिलाएर फागुन पहिलो सातादेखि नियमित उडान गर्ने योजना बनाएको छ ।
एयरलाइन्सका मार्केटिङ्ग प्रमुख मुकेश खनालका अनुसार, सौर्य एयरले २०८२ फागुन पहिलो सातादेखि उडान भर्ने छ ।‘सिभिल एभिएसनले हामीलाई माघ ४ (जनवरी १८)मा उडान अनुमति दियो’खनालले भने ‘सबै तयारी गरेर हामी फागुन पहिलो सातादेखि नियमित उडान गर्ने योजनामा छौं ।’
खनालका अनुसार सुरुमा एउटा , जेट CRJ 200 बाट उडान सुरु हुने छ । अर्को त्यहीँ मोडलको जहाज पनि मर्मतको क्रममा छ । मर्मत भएपछि दुईवटा जेट CRJ 200 बाट सेवा दिने योजनामा सौंर्य एयरलाइन्स छ । यता अर्को जहाज थप्ने प्रक्रिया प्रारम्भ गरेको छ । सौंर्यले ATR-72,600 जहाजका लागि औपचारिक प्रक्रिया सुुरु गरिसकेको छ । खनाल भन्छन् ‘ नागरिक उड्यन मन्त्रालयमा ATR-72,600 जहाज ल्याउनेबारे विस्तृत व्यापारिक योजना सहितको प्लान विधिवत पेश गरिसकेका छौं ।’
२०८१ साउनमा सौर्यको एउटा जहाज काठमाडौंबाट सिचेकका लागि पोखरा उडने क्रममा त्रिभुवन विभास्थल नजिकै दूर्घटना भएको थियो । दूर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जहाज दुर्घटना भएपछि क्यानले सौर्यलाई उडान गर्न रोक लगाएको थियो ।
दूर्घटना पछि दूर्घटनाको कारण पत्ता लगाई प्रतिवेदन पेश गर्न गठित प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल समुन अध्यक्षताको आयोगले सौर्यका जहाज संचालनमा केही व्यवस्थापकीय कमजोरीहरु औंल्याउँदै सुधार गर्न सुझाएको थियो । आयोगको प्रतिवेदनले औल्याएका कमिकमजोरी सुधार गर्दे, क्यानले भने अनुसारका अडिट रिपोर्टहरु बुझाएको सौर्यले जनाएको छ । खनाल भन्छन् ‘क्यानद्धारा सम्पन्न विस्तृत प्राविधिक अडिटमा सौर्यले ६५ प्रतिशत भन्दा बढी अंक पाएको छ । यो अंक सुरक्षा क्षमता मापदण्डका लागि राम्रो हो ।’
क्यानले लामो समय लगाएर सबै रिपोर्टहरुको अध्ययन अनुसन्धान गरेपछि मात्र उडान अनुमति दिएको सौंर्यका एक अधिकारी बताउँछन्। डेढ वर्षसम्म कुनै उडान नहुँदाको अवस्थामा पनि १०५ जना कर्मचारीहरुलाई मासिक पारिश्रमिक उपलब्ध गराइरहेको खनालले बताए ।
