गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारीमा अर्चना
काठमाडौं,४ माघ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि।को प्रमुख कार्यकारी अधिकृत पदमा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थामा सहायक महाप्रबन्धक पदमा कार्यरत प्रधानलाई २०८२ माघ २ गते बसेको संस्थाको संचालक समितिले प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाबाट प्रकाशीत विज्ञप्तिमा संचालक समितिको २८७ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा कार्यरत तोयराज अधिकारीको राजीनामा स्वीकृत गर्दे प्रधानलाई जिम्मेवारी दिएको हो । अधिकारीले पुस १७ गतेनै माघ २ गते देखी लागु हुनेगरी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
