काठमाडौं, ३० पुस ।
नेपाल प्राइम कमर्शियल बैकले शेयरधनीलाई आठ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बुधबार बसेको १८ औं साधारणसभाले आठ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि शुन्य दशमलव ४२ प्रतिशन नगद लाभाश दिने निर्णय गरेको हो । बैंक संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बसेको साधारणसभाले बोनस सेयर लगायतका विषयमा निर्णय गरेको छ ।
अध्यक्ष श्रेष्ठले साधारणसभालाई सम्बोधन गर्दे ग्राहक केन्द्रीत डिजिटल बैंकिङ्ग प्रणालीमा जोड दिने धारणा राखे । बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता व्यक्त गर्दे श्रेष्ठले सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने बताए ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा। गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *