छड्के नजर/ जंगलको राजनीति: सिंह र उसका अंगरक्षकको कथा
एकादेशमा एउटा विशाल जंगलमा एक बुढो सिंह बस्दथ्यो। उमेरले थाकिसकेको, दाँतहरू फुक्लेको, कान सुन्न नसक्ने, आँखा देख्न नसक्ने भएपनि सत्ता भने अझै पनि छोड्न नसक्ने मानसिकताबाट ग्रसित थियो । बुढो सिंह, देशकाल परिस्थितिबारे अनभिज्ञ झै थियो, आफै हिँडडुल गर्न नसक्ने, आफ्ना अंगरक्षकले जे भन्यो त्यहीँ पप्त्याउँदथ्यो । जंगलको राजा भएकोले उसलाई सबैले मानमनितो गर्दे आएका थिए।
सिंहका चारजना साथीहरु थिए, जसलाई ऊ आफ्नो अंगरक्षक मान्दथ्यो।
पहिलोको नाम थियो पंगु, सिंहले उसलाई आफ्नो प्रतिनिधि बनाएको थियो । तर संकटको बेला ऊ जस्तो नाम त्यस्तै पंगुनामजस्तै पंगु नै साबित भयो। शेरले आफ्नो विरासत दिन खोजेको पनि हो,उ नालायक ठहरियो ।
दोस्रोको नाम थियो पत्रु । उ पढेलेखेको भएकोले सिंहले प्रचारप्रसारको काम दिएको थियो । तर अहंकारले गर्दा उसको बुद्धि प्रमाणपत्रमै सीमित रह्यो। ब्यबहारमा कुनै कुराको तर्क दिन नसक्ने, लिडे ढिपी गर्ने र भर गर्ननहुने पत्रु ठहरियो ।
तेस्रो थियो सिल्पट, कानुन पढेको थियो, एकताका लोकतान्त्रिक पद्दतिको अभ्यास गर्ने भनि कहलिएको पनि थियो। तर बुढो हुँदै गएपछि उ त नियमहरुको उल्टोपाल्टो व्याख्या गर्ने, तर्क भन्दा कूतर्क गर्ने, कानुनलाई कानुनको झेली खेल खेल्ने पट्टि तल्लिन देखिन थाल्यो ।
चौथो थियो बकबके जो विधि मान्ने विरासत प्राप्त धेरैले भरोसा गरेको नेता हुने खालको थियो । बाबुको विरासत पालना गर्न असफल भई उल्टै विधि नमान्ने मुढे तर्क गर्ने पो हुन पुग्यो ।
राजनैतिक भक्त र दास दासीहरुको हैसियतमा सिंहका केहि जत्था स्यालहरु थिए । उनीहरुको काम साझ परेपछि हाईहुँइ गर्नु बाहेक केहि गर्नसक्ने अवस्थामा थिएनन् । बुढो भएर दिनभर सुत्ने, नदेख्ने, नसुन्ने सिंहले ति स्यालहरुको हाइ र हुइलाइ सबै त ठिकै छ होला भन्ने ठानी मेरो शासन सत्तामा रहने सक्ति कायमै रहेको ठानी रह्यो । अंगरक्षकहरू असक्षम छन् भन्ने कुरा थाहा पाएर पनी उसको चेत त खुलेन नै, निन्द्रा समेत खुलेन । उ कुभ्मकर्ण जस्तै सुतेर बसी रहयो ।
जंगलका सबै सचेत प्राणिहरूबीच गाइँगुई चल्न थाल्यो, अब त यो बुढो सिंहबाट हामी शासित हुन सकिन्न, सभा गर्नैपर्छ, नियम फेरबदल गर्नुपर्छ, नयाँ सिंह छान्नुपर्छ भन्न थाले ।
यो कुरा कमिला र मौरीहरूलाइ पनि घत लाग्यो । उनीहरू पनि बहसमा आए र नम्र भएर गुनगुनाउँदै भने हामी पनि खराब शासनले पीडित छौं। जंगलमा बसीसक्नु छैन । गाउँ जाउँ बाचिएला नबाँचिएला ?
सारा प्राणी जो जंगलको राजा सिंहको राज्यमा थिए । उनीहरुले छलफल गरेर योजना तय गरे, ठूलो सभा आयोजन गर्ने।
सिंहले सभामा आफै उपस्थिति भएर शासन, सत्ता र नेतृत्व योग्य सिंहलाई हस्तान्तरण गरेनन् भने, हामीले सिंह र उसका अंगरक्षकलाई घेर्ने, विनम्र भावले सम्झाउने, हाम्रो कुरा सुनेपनि नसुने जस्तो गरेमा हामीले उसलाई टोक्नु परे टोक्ने छौं भन्नथाले। सिंह र उसका असक्षम अंगरक्षकहरूलाई पदबाट निकाल्ने अभियानमा समाहित हुन्छौं भन्न थाले ।
जंगलभरि हल्ला मच्चियो। प्राणिहरूले उत्साहित हुँदै भने, जंगलमा नयाँ अध्याय र अभ्यास सुरु हुन्छ कि जस्तो पो छ। अब हामी मिलेर काम ग¥यौं भने हाम्रो जंगल रामराज्य जस्तो बनाउन सकिन्छ । सबै त्यता तर्फ लागौँ, बुढो सिंहको विकल्प खोजौं ।
यसरी जंगलको राजनीति हाँस्यरसमा लोककथा जस्तै बन्यो। सिंह बुढो भए पछि पनि सत्ता लोभी भै राख्दा उसको पतन हुने भएछ। अंगरक्षकहरू असक्षम, अहंकारी र मुर्ख भएपछि सचेत प्राणिहरू विद्रोही भएछन् । बुढो सिंहले अंगरक्षकहरु असक्ष, अहंकारी मुर्ख भएको पत्तो पाएकै छैन । उसको राज्यमा युवा सिंहहरुको गर्जनलाई भुसुना ठानेको छ । भुसुना घुमिरहन्छन्, तिनलाई छोपौं र आफ्नै खल्तीबाट पदहरु पजनी गरौं भन्ने बुढो सिंहको मानसिकता र व्यवहारकै कारण भुसुनाहरु झनझन शक्तिशाली भएर बुढो सिंहको पतन हुने अवस्थामा छ । भुसुनाहरु उत्साहित छन्,किनकी असल सासनसत्ता र सक्षम नेतृत्व चयन हुनसक्दो रहेछ भन्ने देखिदैं छ । अब प्रश्न यही हो कि भुसुनाले घेर्क कमिला र मौरीले टोक्न सुरुगर्नु अगाडि नै सिंहले सत्ता छोड्ने हुन कि अझै पनि सकिनसकि गर्जन पो गर्ने हो ? हेर्न बाँकि छ, सबैलाई ज्ञान भया !!
नोट : छड्के नजर,भक्कुप्रसादको दिलदिमागको कथा हो, कोही कसैसँग विषय वा प्रसङ्गले मिल्न गए, त्यो संयोगमात्र हुने छ भुसुना
