कांग्रेस नीति,अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमा पाँच उपसमिति गठन,संयोजक चयन
काठमाडौं, २९ जेठ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थिति एवं पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा जेठ २७ र २८ गते बसेको बैंठकले उपसमितिहरु गठन गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा ५ वटा उपसमिति गठन गर्दे समितिका संयोजक चयन गरिएका छन् ।
उपसमितिहरु
१.डायस्पोरा डाईलग, उपसमिति, संयोजक— डा. यादव पण्डित
(नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय)
२.स्वास्थ्य विमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति, संयोजक— डा.अन्जनीकुमार झा
३.घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति, संयोजक— स्वीकृती पौडेल
४. सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति, संयोजक— श्रीप्रसाद भलामी
५. खेलकुद नीति संवाद उपसमिति, संयोजक— विनोद दास

