ओलीको कार्यकालबारे ईश्वरको टिप्पणी : अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलाप
पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकारी पदको कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको बाध्यात्मक प्रबन्ध नहुनु आदि कारणले नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने र पदमा टिकिरहन अनेकौँ वाञ्छित ,अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध,अबैध उपायहरू अवलम्बन गर्ने स्थिति देखापरेको छ ।
कठमाडौं, २४ मंसिर ।
नेकपा एमाले पार्टी नेतृत्व चयन गर्ने अभियानमा छ । भर्दौंमा सम्पन्न विधान अधिवेशनबाट तेश्रो पटक अध्यक्ष बन्न पाउँने रणनीति सहीत पार्टी अध्यक्ष मैदानमा छन्, उनको आवश्यकता र औचित्यबारे एमाले पार्टी भित्र कम, सार्वजनिक राजनीतिक वृतमा बढी चर्चा छ ।
पार्टी भित्र ‘बा’ भनेर सम्बोधन गरिने केपी शर्मा ओलीलाई उनका समर्थकहरुले ‘मेरो होइन माटोको बोली, फेरी एकपटक केपी ओली, जोगाउन देशको अस्तिव पुनः केपी ओलीको नेतृत्व ।’ भन्र्दै सामाजिक संजाल, पोष्टरहरुमा छाएका छन्् । यता, ओलीलाई चुनौती दिदैं पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् । इश्वरका समर्थकहरुले ‘लोकतान्त्रिक पार्टी, समुन्नत देश, नयाँ नेतृत्व नयाँ सन्देश’ को नारा सहीत उसै गरी सामाजिक सजाल, पोष्टरमा भनेका छन् ‘जोगाउन लोकतन्त्र र देशको अस्तिस्व, एमालेममा ढृढ र सन्तुलित नेतृत्व’ भन्ने नारा उचालेका छन् ।
तेश्रो कार्यकालका लागि मैदानमा उत्रिएका ओलीलाई टक्कर दिन तयार पोखरेलले महाधिवेशनमा अध्यक्ष ओलीको सम्बोधन बाहेक अन्य कोही कसैले कुनै राजनीतिक प्रस्ताव राख्न नपाउँने सस्थापनको रणनीति बुझेर पार्टी कार्यालयमा आफ्नो लामो अवधारणापत्र पेश गरेका छन् ।
ईश्वरले अघि सारेको अवधारणाकौ सातौं नम्बरमा दशौं महाधिवेशन पछिको ओलीको नेतृत्वबारे समीक्षा गरेका छन् । ईश्वरले ओलीको आलोचना गरेका छैनन् । तर एमाले पार्टीमा नेतृत्व विकासको चर्चा गर्दे शालिन शब्दमा ओलीका प्रवृतीगत समस्याबाट एमाले गुज्रिरहेको निचोड निकालेका छन् । अवधारणापत्रमा ईश्वर भन्छन् ‘आजको समयमा आइपुग्दा हाम्रो पार्टीमा दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, रणनीति, कार्यदिशा, विधिविधानको निर्माणमा धेरै ठूलो समस्या देखिंदैन । तर आफैंले स्थापित गरेका सिद्धान्त, नीति, विधि र विधानको पालना र कार्यान्वयन पक्षमा समस्या देखिएको छ ।’
ईश्वरले नेतृत्व हस्तान्तरण बारे पार्टीमा समस्या रहेको औल्याएका छन् । नेपालको राजनीतिक, सामाजिक जीवनमा राजनीतिक नेतृत्व पुस्तान्नरणको विषय जोडदाररुपमा उठिरहेको पृष्ठभूमिमा एमाले भित्र ओली र ओलीका अनुयायीहरु ओलीलाई विकल्पहीन ठानिरहेका छन् । ‘ परिस्थितिले यस समस्याको समाधानका लागि ठोस र मूर्त प्रबन्धको माग गरिरहेको छ’ भन्दै ईश्वरले अवधारणापत्रमा लेखेका छन् ‘कम्युनिष्ट पार्टीहरुमा नेतृत्वको हस्तान्तरणको विषय समस्याको रूपमा रहेको छ । पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकारी पदको कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको बाध्यात्मक प्रबन्ध नहुनु आदि कारणले नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने र पदमा टिकिरहन अनेकौँ वाञ्छित ÷अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध÷अबैध उपायहरू अवलम्बन गर्ने स्थिति देखापरेको छ । यसले नेतृत्वको सहज हस्तान्तरणमा बाधा पु¥याएको मात्र छैन, नेतृत्व परिवर्तनका लागि अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ ।’
दशौ अधिवेशनको समीक्षा, ईश्वरको अवधारणापत्रबाट
दशौं महाधिवेशनदेखि हालसम्मको पार्टी कामको सिंहावलोकन गर्दै हामीले गरेका काम, लिइएका निर्णय, प्राप्त भएका उपलब्धी र व्यहोर्नुपरेका चुनौतीका साथै भएका कमीकमजोरीको बस्तुनिष्ठ समीक्षा गर्नैपर्छ । महाधिवेशनबाटै हामीले हाम्रो भविष्यको बाटो स्पष्ट पार्नुपर्नेछ । यस महाधिवेशनलाई नेताहरुको पद बदल्ने अथवा नेतृत्वको अनुमोदन गर्ने दायरामा मात्र सीमित गरिनुहुन्न । हामीले पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक र विशिष्ट कार्यक्रमका रुपमा जनताको बुहदलीय जनवादलाई स्वीकार गर्यौं । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनका सकारात्मक नकारात्मक सबै खाले अनुभवहरुबाट शिक्षा लिदै जनताको बहुदलीय जनवादलाई माक्र्सवादको सिर्जनात्मक प्रयोगको निचोडका रुपमा स्थापित गरिरहेका छौं । हामी जनताको बहुदलीय जनवादलाई निरन्तर समय अनुकूल बनाएर समृद्ध सिद्धान्तको रुपमा विकास गर्न प्रतिवद्ध छांै । छैटौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको नेतृत्वदायी विचारका रुपमा विकसित गर्यौं । आठौं राष्ट्रिय महाधिवेशनबाट माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा आत्मसात गरिएको थियो । सोही महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यतालाई संस्थागत रुपमा स्वीकार गर्दै कार्यान्वयनमा ल्याएको थियो । नवौं र दशौं राष्ट्रिय महाधिवेशनले पनि त्यसलाई पुनर्पुष्टि गर्दै आएका थिए ।
आजको समयमा आइपुग्दा हाम्रो पार्टीमा दर्शन, सिद्धान्त, कार्यक्रम, कार्यनीति, रणनीति, कार्यदिशा, विधिविधानको निर्माणमा धेरै ठूलो समस्या देखिंदैन । तर आफैंले स्थापित गरेका सिद्धान्त, नीति, विधि र विधानको पालना र कार्यान्वयन पक्षमा समस्या देखिएको छ । सातौं र आठौं राष्टिय महाधिवेशनको बीचमा पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यतालाई ग्रहण गर्ने सन्दर्भमा कमरेड केपी शर्मा ओलीको संयोजकत्वमा गठित कार्यदलले निकालेका निष्कर्षहरु अति नै महत्वपूर्ण रहेका छन् । उक्त निष्कर्ष पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने सकारात्मक उद्देश्यका साथ नेतृत्वको समग्र हिस्सा सहमत भएर निकालिएको थियो ।
आठौं र नवौं महाधिवेशनका सम्पूर्ण अभ्यासहरु तिनै निष्कर्षका आधारमा भएका थिए । अहिले पनि ती निष्कर्षहरुलाई पार्टी जीवनमा कार्यान्वयन गर्नु आवश्यक छ । हामीले त्यस समयमा निकालेका मुख्य निष्कर्षहरु निम्नबमोजिम रहेका छन् :
१. एउटा जीवन्त पार्टीमा विचारधारात्मक तथा नीतिगत विषयहरूमा बहस हुनु, त्यस दौरानमा फरक मतहरू देखा पर्नु स्वाभाविक हो । तर व्यवहारमा फरक मतप्रति सहिष्णु बन्ने र तिनको बारेमा छलफल गर्ने जीवन्त वातावरण निर्माण होस्, फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्न नपरोस्, स्वस्थ छलफल तथा उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूति होस् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । कम्युनिष्ट आन्दोलनमा फरक मतलाई सहज ढङ्गले नलिने र त्यसप्रति असहिष्णु बन्ने तथा फरक मतले पनि सहज प्रजातान्त्रिक वातावरण् भित्र छलफल गर्ने विधि अवलम्बन गर्नुको साटो अराजकता र अस्वस्थताको बाटो लिने जस्ता समस्याहरू छन् ।
पार्टीको सार्वजनिक प्रतिष्ठा कमजोर हुने, नेतृत्व र कार्यकर्ताको बीचमा भावनात्मक दूरी बढ्दै जाने स्थिति देखापरेको छ । पार्टी जीवनको लोकतान्त्रिकरणका सन्दर्भमा यो समस्याको समाधान पनि एउटा महत्वपूर्ण विषय बन्नपुगेको छ ।
२. कम्युनिष्ट पार्टीहरुमा नेतृत्वको हस्तान्तरणको विषय समस्याको रूपमा रहेको छ । पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकारी पदको कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको बाध्यात्मक प्रबन्ध नहुनु आदि कारणले नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने र पदमा टिकिरहन अनेकौँ वाञ्छित ,अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध÷अबैध उपायहरू अवलम्बन गर्ने स्थिति देखापरेको छ । यसले नेतृत्वको सहज हस्तान्तरणमा बाधा पु¥याएको मात्र छैन, नेतृत्व परिवर्तनका लागि अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले युवापुस्तालाई नेतृत्वमा पुग्न अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानका लागि ठोस र मूर्त प्रबन्धको माग गरिरहेको छ ।
३.वर्तमान सन्दर्भमा कुनै पनि पार्टीका नीति या निर्णयहरू केवल त्यही पार्टी विशेषका मात्रै सरोकारका विषयहरू हुँदैनन्, तिनीहरू आमचासोका विषयहरू बन्न पुग्छन् । जनता, राष्ट्र या आन्दोलनसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरू नेतृत्वको सानो दायराबाट निर्णय हुने, सरोकारवाला आमजनता र पार्टी कार्यकर्ताहरूको भावनाको ख्याल नराख्ने समस्या देखिने गरेको छ । फलतः पार्टीको सार्वजनिक प्रतिष्ठा कमजोर हुने, नेतृत्व र कार्यकर्ताको बीचमा भावनात्मक दूरी बढ्दै जाने स्थिति देखापरेको छ । पार्टी जीवनको लोकतान्त्रिकरणका सन्दर्भमा यो समस्याको समाधान पनि एउटा महत्वपूर्ण विषय बन्नपुगेको छ ।
४. नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्छ । यस्तो व्यवस्थाले नेतृत्वको सहज हस्तान्तरणलाई प्रत्याभूति गर्नेछ, नेतृत्व परिवर्तनको असहज, गुटगत र षड्यन्त्रमूलक प्रवृत्तिलाई निरुत्साहित गर्नेछ । नयाँ नेतृत्वको विकासका लागि अनुकूल वातावरण निर्माण गर्नेछ । त्यसबेला यस्तो निष्कर्ष निकालिएको भएपनि हामीले कतिपय सन्दर्भमा आफैंले अघि सारेका विचार र पार्टीले स्वीकार गरेका बिधिहरुलाई समेत आफूअनुकूलको व्याख्या गर्ने र तोडमरोड गरेर कार्यान्वयनमा जाँदा पार्टी जीवनमा उपरोक्त प्रवृत्तिहरु समस्याका रुपमा जीवितै रहेका छन् । यसलाई सच्याउनु जरुरी छ ।
तस्बिर:काठमाडौं प्रेस डटकमबाट साभार ।
