सम्पत्ति विवरणमा उनी सम्पन्न देखिन्छन् । ललितपुर, धुलिखेल, बन्दीपुरमा घडेरी छन् । विकास बैंक र हाइड्रोपावरमा प्रमोटर सेयर, अरु सेयर पनि उल्लेख्य छ । गाडी किन्दा आइआइडिसले पनि सहयोग गरेको छ ।

काठमाडौं,३० चैत ।
मुलुकका अर्थमन्त्री स्वर्णिम वाग्ले सम्पन्न रहेछन् । विदेशी रोजजारीबाट ठुलो धन, सम्पत्ति आर्जन गरेको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । विदेशी रोजगारी त्यागेर राजनीतिमा आएका स्वर्णिम तनहुँ १ बाट शानदार विजयी भएका छन् । तनुहँ १ बाटै २०८०मा भएको उप निर्वाचनबाट उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए । रास्वपाको स्थापनाकालदेखी पार्टीमा प्रभावकारी भूमिकामा रहका स्वर्णिम रास्वपाका उपसभापति हुन् उनी र अहिलेको मन्त्रीमण्डलमा प्रधानमन्त्री पछिको दोश्रो वरियतामा सङ्लोन्यूज ।
उनले भरेको सम्पत्ति विवरणमा आम निर्वाचनको १० दिन अघि ऋण लिएको देखिन्छ । आम निर्वाचन २०८२ फागुन २१ गते भएको हो । त्यसबेला उनी चुनावी दौडाहामा थिए । निर्वाचन अघिदेखिनै मुलुकको अर्थमन्त्रीकोरुपमा पेश गरिएका वाग्ले तनहुँ १ बाट पार्टीका उमेदवारमात्र थिएनन् । रास्वपाको वाचापत्र बनाउने लगायतका नीतिनिर्माणमा उनको भूमिका थियो ।तर, राजनीतिको चटारोबीच उनले ऋण लिएका छन् ।
चुनावको चटारोबीच निर्वाचनको १० दिन अघि २०८२ फागुन १० गते उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख ऋण लिएको उनको विवरणमा उल्लेख छ । चुनावको मुखमा किन र के प्रयोजनका लागि ऋण लिएको हो, त्यो खुलाइएको छैन ।


अर्थमन्त्रीको विवरणबाट नगद मौजातमा उनको अवस्था राम्रो देखिन्छ । उनले भरेको विवरणमा हिमालयन बैंक, सानिमा बैंक तथा स्ट्याण्र्डचार्टर बैंकमा आफ्नो र श्रीमतीको नाममा १ करोड ९० लाख नगर मौजात रहेको बताएका छन् । सो रकम आफ्नो र श्रमतीको आय तथा सापटीको रकम भनेका छन् । अर्थमन्त्रीले सापटी लिएर बैंकमा मौजात राखेको देखिन्छ । यसबाट अर्थमन्त्री रकम परिचालनमा अब्बल रहेछन भन्न सकिन्छ ।
त्यसो त व्यक्तिगत सापटीनै उनको २ करोड ५० लाख छ भनेका छन् । जसलाई उनको २०८४ सम्ममा चुक्ता गर्ने भनेका छन् । हाइड्रोको सेयर तथा सम्पत्ति बिक्री गरेर २०८४ सम्ममा तिर्ने भनिएको छ ।
स्वर्णिमले राखेको आर्थिक कारोबारमा वाणिज्य बैंक, स्टयाण्डर्ड चार्टर बैंक, ग्लोबल आइएमई बैंक तथा व्यक्तिगत ऋण भनेका छन् । वाणिज्य बैंकबाट २०६१मा लिएको ३८ लाख ऋण २०७० मा चुक्ता गरेको भनिएको छ । त्यस्तै,स्टयाण्डडर्ड चार्टर बैंकबाट २०७३ मा लिएको ७५ लाख ऋण २०७० मा चुक्ता गरेको विवरणमा उल्लेख छ । व्यक्तिगत ऋण तिर्ने भाका पनि तोकेका छन् उनले । चुनावको अघि ग्लोबलआइएमईबाट किन र के प्रयोजनका लागि १ करोड ५ लाख ऋण लिएका हुन् ? त्यो भने खुलाइएको छैन । त्यस्तोत अन्य ऋण के प्रयोजनका लागि लिइएको थियो, त्यसको विवरण राखिएको छैन ।
स्वर्णिमको शेयर बजारमा पनि बलिया देखिन्छन् । उनले सानिमा मिडिल तमोर डाइड्रोमा ७१ लाख ९३ कित्ता सेयर छ । त्यस्तै सांग्रिला विकास बैंकको प्रमोटर सेयरमा छन् उनी । सांग्रिलामा २५ हजार ७ सय ६२ कित्ता सेयर छ ।
नेशनलफण्ड म्यानेजमेण्ट लिमिटेडमा ९० लाखको सेयर छ भने ठूलो खोलामा ६० लाखको सेयर रहेको उल्लेख छ । अपरमादी खोलामा ३ करोड सेयर लगानी गर्ने भनिएको छ, जुन २०८४ सम्ममा अन्य हाइड्रोको बिक्री गरेर लगानी गर्ने भनिएको छ ।

घरघडेरीमा धनी छन् स्वर्णिम

घरघडेरीमा पनि स्वर्णिम सम्पन्न छन् । उनको विवरणमा ललितपुर,सानेपामा १ हजार २ सय ८४ वर्ग फिटको घडेरी छ । जुन २ करोडमा खरिद गरिएको हो । भैसेपाटीमा ४ आना ३ पैसा जमिन छ । जसको खरिद मूल्य ५ करोड भनेका छन् । त्यस्तै काभ्रेको धुलिखेलमा ९ आना जमिन छ । जसको खरिद मूल्य ३ करोड ७५ लाख छ । त्यस्तै, तनहुँको बन्दिपुरमा ३ आना ३ पैसा घडेरी छ, जसको खरिदमूल्य २ करोड भनिएको छ ।
स्वर्णिमले पिता जीवनराज वाग्लेको नाममा रहेका जग्गा जमिनको विवरण पनि राखेका छन् । काठमाडौं चन्द्रागिरीमा बुबाको नाममा ३ रोपनी जमिन छ, जुन २० लाखमा खरिद गरिएको हो । त्यस्तै बाबुको नाममा गोरखा शहिदलखन ८ मा ३ रोपनी पैतृक सम्पत्ति छ । बुबाको नाममा चितवन रत्ननगरमा ५ कठठ जमिन छ, जुन ८० लाखमा किनिएको हो । स्वर्णिमले गोरखा नगरपालिकामा ५ लाखमा ५ रोपनी जमिन किनेको भनेका छन् । श्रीमतिको आम्दानीबाट तनहुँ भानु नगरपालिका ८ मा ६ रोपनी जमिन छ, जुन श्रीमतीको आय भनेका छन्।

आइआइडिएसको सहयोगस्वर्णिमसँग आफ्नो सुभारु एक्सभि गाडी छ । जुन उनले २०७९ मा ९४ लाखमा किनेका हुन् । गाडी किन्दा विदेशी रोजगारीको पैसा र मानार्थ अध्यक्ष रहेको संस्था आइआइडिएसको सहयोग भनेका छन् ।
स्वर्णिमसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।चाँदी छ, छैन ?खुलाइएको छैन ।

Photo: swarnimwagle.com.np