कांग्रेसलाई कसरी अवतरण गर्ने ? विशेष अधिवेशन सम्बोधन गर्दे निर्वाचन अगाडि नियमित महाधिवेशन कसरी गर्ने ? यी यावत प्रश्नहरुको समाधान देउवाबाट अपेक्षित छ ।

समाचार विश्लेषण

काठमाडौं १३ मंसिर ।
अशोजदेखी सुृरु भएर प्रारम्भदेखी महाधिवेशनको एजेण्डामा छलफल चलेको नेपाली कांग्रेस मंसिर दोश्रोसातासम्म आइपुग्दा पनि निर्णयमा पुग्न सकेको छैन ।सर्देसर्दे १४ मंसिरमा तोकिएको केन्द्रीय समिति बैंठकले कुनै ठोस निर्णय लिनसक्ला ?केही दिन यता प्रचारमा नेतृत्वबाट बिश्राम लिएको दाबी गर्ने तर भित्रभित्रै कांग्रेस राजनीतिलाई आफ्नै कमानमा लिएका सभापति शेरबहादुर देउवा सहमतिमा ल्याउने प्रयासमा छन् ।
आज शनिबार देउवा निवासमा हुने छलफलबाट कुनै निकास निस्किएला ? प्रश्न छन्, उत्तर छैनन् । कारण, कांग्रेसमा भय र अविश्वासले काम गरिरहेको छ यतिखेर । कांग्रेस वृतमा सस्थापन भनिने देउवा गुटलाई विशेष अधिवेशनको गाँठोले चुनौती दिएको छ । केन्द्रीय समितिदेखी सबै राजनीतिकतहमा प्रचण्ड बहुमतमा रहेको संस्थापनलाई विशेष अधिवेशन ‘भालुको कन्पट’ जस्तै बनेको छ ।

विवादीत पक्षहरुलाई मिलाउन सिपालु देउवाले राजनीतिबाट विश्राम लिउँन्जेलसम्म पनि आफ्नो बिरासत कसैलाई दिएनन्, तर ठूलो संख्याका राजनीतिका चतुरहरु उनकै वरिपरि छन् जो आफै कांग्रेस सभापति हुन आतुर छन् । कांग्रेसको पार्टी नेतृत्वबाट विश्राम हुने समयमा देउवाले संस्थापन नामको आफ्नै गुटको होइन कांग्रेसको नेता हुने अवसर र संभावना दुबै सामुन्ने छन् ।

मंसिर ३ मा फागुन २१ मा घोषित निर्वाचनमा भाग लिने निर्णय सार्वजनिक गरेपछि संस्थापनको रणनीति थियो —चुनावको माहौलमा अधिवेशन फागुन पछि गर्ने, विशेष अधिवेशनका पक्षधर हस्ताक्षरकर्तालाई फिर्ता लिन लगाउने । विशेषले पार्टीलाई विभाजनमा ल्याउँछ भन्ने भाष्य फैलाउने काम पनि सस्थापनबाट भैरहेको छ ।तर, संस्थापनको यो रणनीति कामयाव हुन सकेन ।
पछिल्लो समय संस्थापन पक्ष पुष अन्तिमसम्ममा महाधिवेशन गर्न वाध्य भएको छ । मन, वचन, कर्मले महाधिवेशन आयोजना गर्न चाहेको हो वा विशेषलाई निस्तेज पार्ने योजना अन्तर्गत नियमित महाधिवेशन एजेण्डा अघि सारिएको हो ? स्पष्ट छैन, विश्वासको संकट देखिन्छ यहाँ पनि । इतरपक्ष, विशेष गरेर महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले नियमित अधिवेशनको स्वागत गरेका छन् तर विशेषलाई जिवित राख्दैं । कांगेस राजनीतिको चुरो यहीँ छ, यसैमा अडकिएको छ ।

कोइराला इतरपक्षमा उभियका छन्, संस्थापक्षको निगाहाका निम्ति प्रयासरत पनि देखिन्छन् । उनको हकमा ‘केटी त मन पर्यो, जात मन परेन भने जस्तो छ ।’ देउवाले सम्मानजनक मानमनितो गरेपनि उनका वरिवरीकाहरुबीच शेखर स्वीकार्य हुन सकिरहेका छैनन् । शेखरको कित्ता इतर पक्षनै हो, उनले सोझो भाषामा पुष २२, २४ सम्म नियमित अधिवेशन नभए विशेष अधिवेशन भन्नसक्नुपर्दछ ।

विशेष अधिवेशनलाई संस्थापन पक्षले उपयोग गर्न सक्दथ्यो । शंका, उपशंका र अहंकारले विशेष अवसर बन्न सकेन । खास गरेर देउवा विशेष चाहदैनन्, तर विधानले गरेको व्यवस्था यताउता गर्नसक्ने सामथ्र्य उनमा देखिन्न । शुक्रबारको छलफलमा देउवाले ‘विशेष होइन नियमित नै गरौं । पुषको अन्तिम सातासम्ममा नियमित गर्न सकिन्छ गरौं ’ भनेका थिए,भनिदैंछ ।
देउवाको आग्रहले इतरको विश्वास जित्न सक्ने देखिन्न । मिति तोक्ने, विशेषलाई निस्तेज बनाउने र चुनाव पछि आफ्नो अनुकुलतामा महाधिवेशन गर्ने सोच अनुसारको आग्रह हो भन्दै त्यसको विरोध भएको छ ।विशेषलाई गलाउने उदेश्यसहीतको नियमित अधिवेशनको तालिका कार्यान्वयन सहज होइन सकसपूर्ण देखिदैंछ ।
विशेष अधिवेशका लगि २ हजार ४ सय ४८ जना कूल प्रतिनिधिको ५४ प्रशिशतले हस्ताक्षर गरेर विशेष अधिवेशन माग गरेका हुन् । विशेषको योजनानै चुनाव अगाडि कांग्रेसको नीति र नेतृत्व परिवर्तन गर्ने हो । नीति र नेतृत्व परिवर्तन गरेर नयाँपनकासाथ निर्वाचनमा होमिने योजनासाथ अघि सारिएको विशेष अधिवेशनलाई त्यत्तिकै तुहाँउन खोज्नु कांग्रेको लोकतान्त्रिक छवि, विधान र परम्परा वितरित हुन जान्छ । राजनीतिक नेतृत्वलाई प्रतिनिधिहरुको अधिकार कुल्चने अधिकार हुँदैन,  कांग्रेस अधिनायकवादी कित्तामा जाने कि आफ्नो मौलिक पहिचानमा अडि रहने ?

तीनवटा धार

कांग्रेसमा अहिले तीनवटा धार छन् । पहिलो,  निर्वाचन अगाडि कांग्रेसको नेतृत्व र नीति परिवर्तन गरेरमात्र चुनावमा होमिने । दोश्रो , पहिला चुनाव अनि महाधिवेशन गरौंं भन्ने र तेश्रो महाधिवेशन पनि भन्ने विशेषबाट भयभित पनि हुने निर्णय केही गर्न नसक्ने संस्थापनका भनिनेहरुको धार ।

कांग्रेसमा अहिले तीनवटा धार छन् । पहिलो,  निर्वाचन अगाडि कांग्रेसको नेतृत्व र नीति परिवर्तन गरेरमात्र चुनावमा होमिने ।दोश्रो पहिला चुनाव अनि महाधिवेशन गरौंं भन्ने र तेश्रो महाधिवेशन पनि भन्ने विशेषबाट भयभित पनि हुने निर्णय केही गर्न नसक्ने संस्थापनका भनिनेहरुको धार ।महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पहिलोधारको प्रतिनिधित्व गरिरहेका छन् । चुनाव अगाडि कुनै पनि महाधिवेशन नगरौं, चुनावमा होमियौं, चुनाव पछि महाधिवेशन गरौं भन्ने घारको प्रतिनिधित्व कृष्ण सिटौला र बिमलेन्द्र निधिहरुको छ । उनीहरुमा पनि स्पष्टता छ, सुरुमा चुनाव अनि महाधिवेशन । तेश्रो धारमा कांग्रेसका संस्थापन पक्षका छन्, जो अन्यौलग्रस्त छन् । मन भित्रका कुरा प्रकट पनि नगर्ने गोलमटोल सृजना गरेर समस्याहरु पर्दा मुनि छोप्ने, अनिर्णयमा रुमल्लिने ।
उनीहरु महाधिवेशनको कार्यतालिका ल्याउँने, अधिवेशन प्रारम्भ पनि गर्ने चुनाव पछि केन्द्रीय महाधिवेशन गर्ने ।सहमहामन्त्री महेन्द्र यादव मार्फत अधिवेशन सारिएको प्रस्ताव खासमा संस्थापनपक्षको प्रस्ताव हो । यो धारमा कांग्रेस कार्यवाहक सभापति पुर्णबहादुर खडका र कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला पनि यसै कोटीमा पर्दछन । खडकाले पाएको अधिकार प्रयोग गर्न सकेनन्, राजनीतिबाट विश्राम लिन तयार सभापतिलाई निर्णायक भूमिकाका निम्ति अग्रसर गराए ।

शेखरको पहिलो प्राथमिकता नियमित अधिवेशन हो । नियमित नभए विशेप उनको दोश्रो प्राथमिकता हो, जुन कांग्रेस केन्द्रीय समितिले आफैले बोलाउने विशेष । कोइराला इतरपक्षमा उभियका छन्, संस्थापक्षको निगाहाका निम्ति प्रयासरत पनि देखिन्छन् । उनको हकमा ‘केटी त मन पर्यो, जात मन परेन भने जस्तो छ ।’ देउवाले सम्मानजनक मानमनितो गरेपनि उनका वरिवरीकाहरुबीच शेखर स्वीकार्य हुन सकिरहेका छैनन् । शेखरको कित्ता इतर पक्षनै हो, उनले सोझो भाषामा पुष २२, २४ सम्म नियमित अधिवेशन नभए विशेष अधिवेशन भन्नसक्नुपर्दछ । देउवा नेतृत्वको कांग्रेसले आफै विशेष बोलाउन् सभावना छैन, त्यसको पछाडि लाग्नु अर्थ छैन अब । शेयर, आफ्नै कार्यकर्ताहरुले अघि सारेको विशेष महाधिवेशनको समर्थनमा घोषित रुपमा उत्रनु उनका लागि लाभदायी हुनसक्छ ।
तीनवटा धार मध्ये अन्यौलग्रस्त धारको नेतृत्व प्रकारान्तले देउवाका काँधमा आएको छ । कांग्रेसलाई कसरी अवतरण गर्ने ? विशेष अधिवेशन सम्बोधन गर्दे नियमित महाधिवेशन कसरी गर्ने ? यी यावत प्रश्नहरुको उत्तर देउवाबाट अपेक्षित छ । विवादीत पक्षहरुलाई मिलाउन सिपालु देउवाले राजनीतिबाट विश्राम लिउँन्जेलसम्म पनि आफ्नो बिरासत कसैलाई दिएनन्, तर ठूलो संख्याका राजनीतिका चतुरहरु उनकै वरिपरि छन् जो आफै कांग्रेस सभापति हुन आतुर छन् । कांग्रेसको पार्टी नेतृत्वबाट विश्राम हुने समयमा देउवाले संस्थापन नामको आफ्नै गुटको होइन कांग्रेसको नेता हुने अवसर र संभावना दुबै सामुन्ने छन् ।

फोटो साभार : द काठमाण्डूपोष्ट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *