अहिलेका राजनिक नेतृत्व, सरकार र यसका अंगमा बसेका अधिकांश अधिकारीहरु गैर जिम्मेवार छन्, भ्रस्टाचारी प्रवृतिबाट ग्रसित उनीहरुले बैदैशिक रोजगारीका लागि यति ठूलो जनसंख्या किन दिनदिनै आँसु बगाउँदै मुलुक छोडिरहेको छ भन्ने कुरा आत्मसात गर्न सक्तैनन्

बैदेसिक रोजगारी र नेपाली डायस्पोरा

नेपालमा उद्यम र रोजगारीका सम्भावना सिमित देखेर आफ्नो भबिष्य निर्माण गर्न बैदेसिक रोजगारीमा गएका सबै खाले नेपालीहरुलाइ यो लेखमा नेपाली डायोस्पोरा भनिएको छ/ रोजगारीको लागि धेरै नेपालीहरुको गन्तब्य खाडी मुलुक र मलेसिया भएता पनि बिकसित मुलुकमा पनि नेपालीको संख्या उलेख्य र बढ्दो मात्रामा पाइएको छ । हाल हरेक दिन नेपाली धरधुरी मध्हे झन्डै दुइ घरको सदस्य या त बैदेसिक रोजगारीमा वा रोजगारी र अध्ययन दुवैमा छन/ यो समुदायलाइ यहाँ नेपाली डायस्पोरा भनिएको छ/ कानुनी हिसाबले नेपाली डायस्पोरा दुइ किसिमको हैसियतमा बिदेशमा छन् —पहिलो, नेपाली नागरिकता भएका र राज्य बाट रोजगार वा अध्ययन को लागि इजाजत पाएका र दोस्रो, सुरुमा नेपाली नागरिकता भएका, राज्यबाट रोजगार वा अध्ययन वा भ्रमणको लागि इजाजत पाएका र पछि अन्य देशको आवासीय भिसा वा नागरिकता पाएका र दोहोरो नागरिकता हुने कारणले नेपालको नागरिकता त्याग्न वाध्य पारिएका नेपाली पर्दछन्/ यो लेखमा दुवै खाले नेपाली डायस्पोरा समुदायले भोगेका र बिसेषगरि नेपालको नागरिकता त्याग्न वाध्य पारिएका नेपाली डायोस्पोराहरुबारे उठेका केहि सवालहरुको बिबेचना गर्ने जमर्को गरिएको छ/

नेपाली डायोस्पोरा कहाँ, कति छन्, यिनीहरुको योगदान के?

सन् २०२१ को तथ्यांक अनुसार झन्डै २१ लाख ऊर्जासिल उमेर समूहका नेपाली युवाहरु १७३ मुलुकहरुमा छन्/ बिगत १० वर्षमा मात्र करिब ४७ लाख नेपालीहरु कामदारको रुपमा र ४ लाख नेपाली युवाहरु विद्यार्थीको रुपमा नेपाल सरकारबाट इजाजत लिई बिदेसिए/ आ.ब २०२४/२५ मा मात्र ८ लाख उन्चालिस हजार नेपालीहरुले श्रम स्वीकृति लिए/ श्रम स्वीकृति लिनेमध्ये ठुलो संख्यामा रोजगारीका लागि जाने मुलुकहरुमा यु.ए.इ. साउदी अरेबिया, कतार पर्छन/ यी तिन मुलुकहरुमा मात्र नेपाली कामदारहरुको संख्या ५ लाख सत्तरी हजारको हाराहारीमा रहेको छ/ यो बाहेक कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन जस्ता मुलुकहरुमा पनि नेपालीहरुको उलेख्य संख्या रहेको छ/ भारतमा रहेका करिब १० लाख नेपालीहरुको त राज्यले रेकर्डसम्म पनि एकिन गर्न सकेको छैन/

पहिले अध्ययनको लागि र त्यसपछि रोजगारीगरि आप्रवशी नेपालीको रुपमा बिकसित मुलुकहरुमा जाने नेपालीहरुको संख्या बढेको बढेकै छ/ त्यसकालागि संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, क्यानाडा जस्ता मुलुकहरु नेपालीहरुका रुचिका देश रहेका छन्/ यी बाहेक दक्षिण कोरिया, जर्मनी, न्युजिल्यान्ड, पोर्तुगल, पोल्याण्ड, रसिया, इसराइल र हंगकंग पनि नेपालीहरुको गन्तब्य मुलुकहरुमा पर्छन्/ यी देशहरुमा झन्डै ९ लाखको हाराहारीमा नेपाली डायोस्पोराहरु भएको अनुमान छ/

सन् २००१ मा नेपालको जनसंख्याको केवल ३.२% नेपालीहरुमात्र बैदेसिक रोजगारीमा गएका थिए भने २० वर्ष पछि यो संख्या दोब्बर भन्दा ज्यादा भै नेपालको जनसंख्याको ७.४% पुगेको छ/ धेरै सामाजिक, सास्कृतिक र पारिवारिक मूल्य चुकाउनु परेको कथा व्यथाका बाबजुद यस्को सकारात्मक पक्ष नेपालको अहिलेको गिर्दो आर्थिक स्थितिलाइ तत्कालकोलागी मात्र भएपनि धान्ने एक मात्र आधार रेमिटेन्स भएको छ/ कोभिडले आक्रान्त पारेको बर्ष सन् २०२० मा समेत नेपाली कामदारहरु ले ९ खर्ब रुपैया रकम नेपाल भित्र्याए जुन हाम्रो बार्षिक बजेटको आधा भन्दा बढी रकम हो भने देशको ग्राहस्थ उत्पादनको झन्डै एक चौथाई हो/ देशको आर्थिक बिकासका लागि यसरि प्रत्यक्ष्य योगदान पुर्याएका नेपालीहरुलाई राजनीतिक नेतृत्व, सरकार र यसका अंगहरुले  उपेक्षा गरेका गरेका छन्  । किनकि अहिलेका राजनिक नेतृत्व, सरकार र यसका अंगमा बसेका अधिकांश अधिकारीहरु गैर जिम्मेवार छन्, भ्रस्टाचारी प्रवृतिबाट ग्रसित उनीहरुले बैदैशिक रोजगारीका लागि यति ठूलो जनसंख्या किन दिनदिनै आँसु बगाउँदै मुलुक छोडिरहेको छ भन्ने कुरा आत्मसात गर्न सक्तैनन् ।

मानब जातिको सभ्यताको क्रममा एक ठाउँबाट राम्रो अवसरको खोजीमा अर्को ठाउँ वा देश परदेश जानु मानब बिकासको एक प्रक्रियाको निरन्तरता हो/ देशै भित्र पनि अवसरको खोजीमा एउटा परिवार कैयो चोटी बसाइ सराइ गरि प्रगति पथमा लागेका हजारौं उधाहरणहरु छन्/ यो कुरा नेतृत्वमा बसेका र सामाजिक अभियन्ताहरुले न बुझ्दा बिदेशमा भएका २१ लाख नेपालीहरुले धेरै समस्याहरु झेल्नु परेको छ/ बर्गीय हिसाबले बिदेशमा भएका नेपालीहरुका समस्याहरुलाइ दुइ किसिमबाट बुझ्न सकिन्छ

बेरोजगारि, गरिबी, कुरीति, अन्ध बिश्वास र कुसासनले  गाजेर यो संग लड्न नसकिने देखेपछि बाध्यताबस बिदेसिनु परेका छोरा छोरी नाति नातिनीहरुलाइ आसुँका बलिद्र धारा खसाउँदै बिदा गर्नु परेको बेदनामा खेल्नेहरुको पनि कमी छैन मुलुकमा ।बाबुआमालाई बिर्सिए, देशलाई बिर्सिए भने जस्ता कुरा गरेर विदेशिनेहरु प्रति नकारात्मकता फैलाउने प्रयास कतिपयमा देखिन्छ । यस्तो कदापि होइन/ मानब जातिको सभ्यताको क्रममा एक ठाउँबाट राम्रो अवसरको खोजीमा अर्को ठाउँ वा देश परदेश जानु मानब बिकासको एक प्रक्रियाको निरन्तरता हो/ देशै भित्र पनि अवसरको खोजीमा एउटा परिवार कैयो चोटी बसाइ सराइ गरि प्रगति पथमा लागेका हजारौं उधाहरणहरु छन्/ यो कुरा नेतृत्वमा बसेका र सामाजिक अभियन्ताहरुले न बुझ्दा बिदेशमा भएका २१ लाख नेपालीहरुले धेरै समस्याहरु झेल्नु परेको छ/ बर्गीय हिसाबले बिदेशमा भएका नेपालीहरुका समस्याहरुलाइ दुइ किसिमबाट बुझ्न सकिन्छ ।

पहिलो, पुस्तों पुस्तादेखि राज्यले केहि पनि गर्न नसकि गरिबीको चपेटामा परेका नेपालीहरु – जति दुख र मेहनत गरेपनि एउटा गतिलो बास, दुइ गाँस भात र पाखुरी र योग्यता भएकाहरुले रोजगारी समेत पाउन  नसकेका निम्न मध्यम वर्ग र त्यो भन्दा मुनिका नेपालीहरु पर्दछन् ।यो खाले लाखौँ लाख गरिब नेपालीले बिदेशमा रोजगारी गरि घर फर्केर  राम्रो  घर गोठ बनाउन, भूमिहीन दलित तथा सताब्दियौं देखी पछाडी पारिएका वर्ग जसले बैदेसिक रोजगारीबाट आर्जित रकमले जग्गा जमिन जोड्न, बच्चालाइ गुणस्तरीय शिक्षा र बुढा बाबुआमालाइ स्वास्थ उपचार गराउन सकेका छन्/ यु.ए.इ. साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, दक्षिण कोरिया, बहराइन र भारतजस्ता देशमा रोजगारीका लागि गएका यो वर्गका नेपालीहरुले विदेशमा बस्दा होस् वा देशमै हुदा कैयौँ समस्याहरु भोग्न बाध्य भएका छन् ।

दोस्रो, तुलनात्मक हिसाबले गुणस्तरीय शिक्षा हासिल गर्न सक्ष्यम मध्यम तथा त्यो भन्दा माथिका बर्गीय रुपले सक्ष्यम नेपालीहरु जो संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, क्यानाडा,जर्मनी, न्युजिल्यान्ड, रोमानिया, क्रोएसिया, हंगकंग, पोल्याण्ड, पोर्तुगल, रसिया, इसराइल जस्ता मुलुकमा अध्यन वा रोजगारीका लागि गएर आप्रवासी भएर बस्दा कैयौँ समस्याहरु को सामना गरिरहेका छन्/

दुवै खाले नेपाली डायोस्पोराले बेहोर्नु परेका  केहि प्रतिनिधिमुलक समस्याहरुको छोटो बिबेचना यो लेखका बिषय हुनेछन जुन सङ्लोन्यूजमा क्रमशः प्रकाशीत  गरिने छन्/  ति प्रतिनिधिमुलक समस्याहरु निम्न अनुसार छन्।

पहिलो खाले – रोजगारीका लागि गएका,नेपाली नागरिकता नत्यागेका नेपाली डायोस्पोराले बेहोर्नु परेका  केहि प्रतिनिधिमुलक समस्याहरु

  • सही सुचना र जानकारी को अभाव – गंत्यव्य मुलुकहरुको राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक मूल्यमान्यता तथा बिदेशी नागरिकले पाउने रोजगारी सम्बन्धि सुबिधा, जोखिम, नीति,कानुन लगायतका बिषयहरुको सही सुचना र जानकारी को अभाव ।
  • ठगिबाट पिडितलाइ कानुनि सहयोग – ठगिमा परेका र दुख पाएर फर्किएकाहरुलाइ कानुनि सहयोग को अभाब
  • सिप नभएर कम तलबमा काम गर्नु पर्ने बाध्यता – सिप नभएकालाइ सिपमुलक तालिम र सिप भएका तर प्रमाणपत्र नभएकालाइ छिटो छरितो हिसाबले सिप प्रमाणित गर्ने पद्दतिको अभाव ।
  • हिंसामा परेकाको उद्धार, राहत र पुनर्मिलन – हिंसामा परेर फर्किनुपरेका महिलाहरुलाइ उद्धार गर्ने, राहत र क्षतिपुर्ती दिलाइदिने र घर परिवारमा पुनार्मिलन गराउने सजिलो र प्रभावकारि पद्दतिको अभाब ।

दोस्रो खाले – रोजगारी तथा अध्यनको लागि गएका र नेपाली नागरिकता त्याग्न बाध्य पारिएका नेपाली डायोस्पोराले बेहोर्नु परेका  केही प्रतिनिधिमुलक समस्या

 १ नागरिकताको हक: कैयों नेपाली डायस्पोराहरूले बंसजको आधारमा पाएको नागरिकताको हक हरण भएको महसुस गरेका छन्/ राज्यले ‘गैर आवासीय नेपाली’ भन्ने ‘नया वर्ग’ र ‘जातको’ बिजारोपण गरियो भन्ने ठानेका छन्/ ‘गैर आवासीय’ भन्ने नया नामकरण कति आबस्यक हो भन्ने प्रश्न गरेका छन्/ बंसजको सम्बन्ध पुर्खा, माटो, धन सम्पती, इतिहास, सस्कृति, रितिरिवाज, भाषा, भेषभुषा र भूगोलसंग पनि हुन्छ/ ति डायोस्पोरा नेपाली जस्ले बंसजको नाताले आफ्नो नागरिकता लियेका थिए, त्यो गुमाउनु पर्दा भावनात्मक रुपले पिडित छन्/

२ मतदान गर्न पाउने हक: अहिले देशमा लोकतन्त्र छ/ नागरिकहरुले राजनैतिक, आर्थिक, सास्कृतिक अधिकार र मौलिक हक प्राप्त गरेका छन्/ देशमा  आवधिक निर्बाचन नियमित रुपमा हुन थालेको छ/ आवधिक रुपमै मतदाता नामावली पनि अध्यावदिक गरिन्छ/ यी सबै प्रक्रियामा झन्डै ३० लाख नेपालीहरु, जो नेपाल बाहिर छन्, बन्चित भएका छन्/

३ सम्पत्तीको प्रयोग गर्न पाउने हक: नेपाली डायेस्पोराको जग्गा जमिन, घर परिवार, खेति पाती, घरघडेरी, कमाइ, पढाई लेखाई, श्री सम्पती, बन्द ब्यापार, नाता गोता, साथि संगी, छिमेकि र बिगत र बर्तमानको जीवन नेपाल र बिदेस दुवै ठाउमा हुन्छ/ आफ्नो सम्पत्ती एक ठाउ बाट अर्को ठाउमा लान बन्देज जस्तै छ/ गैर कानुनि हुण्डी प्रथा मौलाउनुको मुख्य कारण यस्तै अब्यबाहारिक नीति र कानुनी प्राबधानले  गर्दा हो/

४ लगानीको वातावरण: नेपाली डायेस्पोरा समुदाय केवल बिदेशी डलर ल्याउने मेसिनमात्र होइनन/ बिदेसमा काम गर्दा गर्दै उनीहरुले ज्ञान, सीप, समय र कामको ब्यबस्थापनका कला पनि सिकेका हुन्छन/ आफ्नो देशमा फर्केर ति सिकेका ज्ञान र सीप प्रयोग गर्न आतुर हुन्छन/ निजि लगानीमा उद्योग, ब्यबसाय, ब्यापार र समाज सेवामा लाग्न चाहान्छन/ जब उनीहरु नेपाल फर्किन्छन यहाको सरकारी संयन्त्रको ढिला सुस्ती, जटिल ब्यूरोक्रेसी, नेपाली डायेस्पोरालाइ हेर्ने नकारात्मक दृस्टीकोण, नाताबाद कृपाबाद, भनसुन  र घुसखोरीबिना काम नहुने देखेपछि उनीहरुको उत्साह बिस्तारै निराशामा बदलिने गरेको छ/

५‍‍.लगानीका क्षेत्र: नेपाली युवा र डायेस्पोरा समुदाय बीचको सहकार्य आइ.टि सेवा र प्राबिधिक तथा व्यबसायिक शिक्षा, चिकित्सा शास्त्र तथा पर्यटन ब्यबसाय जस्ता कैयौं क्षेत्रमा हुन सक्ने देखिएको छ/ अझै पनि नेपालीहरु इमान्दार र मेहनती जातका मानिसहरु भनेर संसार भरि चिनिन्छन/ १५० भन्दा बडी मुलुकहरुमा नेपालीहरु श्रमिक मात्र नभएर बिज्ञ, बैज्ञानिक र परामर्शदाताको रुपमा कार्यरत छन्/ ति देशहरुमा नेपाली सामानहरुको व्यापार बढाउन तथा नेपालको प्राकृतिक सौन्दर्य, रमणीयता र पर्यटन ब्यबसायको प्रचार प्रसार गर्न यी नेपाली डायेस्पोरा समुदायहरु नेपालका दुत हुन सक्छन/ यसबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाब पर्दछ/ जाति हुनुपर्ने हो यो हुन सकिरहेको छैन/

.आर्थिक र मौद्रिक निती: नेपाली डायेस्पोरा समुदायका पहिलो पुस्ताका अधिकांस व्यक्तिहरु प्रारम्भिक शिक्षा नेपालमै भै ऊच्च शिक्षा चाहि विदेशमा भएकाहरु छन/ उनीहरुको प्रारम्भिक क्यारियर पनि नेपाल मै सुरु भयो/ अलि पछि मात्र विदेशको क्यारियर सुरु गरेको हुनाले धेरै मेहनत र संघर्ष गरेर विदेशमा घरजम गर्न समय लाग्यो/ परिणामस्वरूप कमाइ पनि तुलनात्मक रुपले कम हुनेनै भयो/ तर यी पहिलो पुस्ताका नेपाली डायेस्पोरा समुदायका छोरा छोरिहरुले प्रारम्भिक र उच्च शिक्षा दुवै विदेशमा लिन पाए/ सोहीअनुसारको रोजगारी र राम्रो कमाइ गर्ने नै भए/ ति दोस्रो पुस्ताका नेपाली डायेस्पोरा समुदायलाइ नेपालमा आउने बाताबरण बनाउन उनीहरुको कमाइको केहि हिस्सा नेपाली बैंकमा बिदेसी मुद्रामा बचत गर्न र संसारको जुन सुकै कुनामा पनि खर्च गर्न पाउने व्यवस्थासम्म पनि नेपाली बेंक हरुले गराउन सकेका छैनन/

.दोहोरो कर सम्वन्धि दुइ पक्षिय सम्झौता: नेपालसंग ब्यापार घाटा भएका कैयो मुलुकहरुसंग दोहोरो कर सम्वन्धि दुइ पक्षिय सम्झौता भै दिए विदेशमा कमाएर नेपालमा उद्योग ब्यबसायमा लगानी गर्न चाहने नेपाली डायेस्पोरा समुदायको लाखौं करोडौं डलर बराबर को रकम बचत हुन्थ्यो र त्यो रकम ढिलो चाडो नेपाल मै आउथ्यो/ कर प्रणाली डिजीटाइजड हुने हो भने कर तोक्ने, असुल गर्ने, कर लेने तरिका सरल हुने हो भने र राज्यको ढुकुटी सहि ठाउमा सुसासन युक्त तरिकाले खर्च हुन्छ भन्ने बिस्वास नेपालीजनतामा जगाउन सक्ने हो भने नेपालीले दुख गरेर बिदेशमा कमाएको पैसा बिदेसी भुमिमा भन्दा नेपाली भुमी मै लगानी र खर्च हुने थियो/ त्यसकोलागि डायेस्पोरा र निजिक्षेत्र मैत्री आर्थिक र मौद्रिक नीति र कानुन हुनु पर्दछ/ जुन अहिले छैन/

.गोल्डेन भिसा मार्फत आर्थिक लगानी: देशको आर्थिक सुधारकोलागि कैयौं मुलुकहरुले गोल्डेन भिसा दिएर बिदेशी श्रम र लगानी भित्र्याउन सफल भएका कैयो उदाहरणहरु छन्/ नेपालले अमेरिका, क्यानाडा, अस्ट्रेलिया, पोर्तुगल, माल्टा, टर्की, स्पेन र ग्रीस जस्ता देशले अगाडी सारेका गोल्डेन भिसा लगायतका प्रभावकारी भिसा नीति र बिधिबाट धेरै कुरा सिक्न पर्नेमा मुलुक फिजीको दिशामा जान्छ भन्ने कृतिम भय खडा गरेर गोल्डेन भिसा, भिसा अन एराइभल, बिसिनेस भिसा जस्ता सफल बिधि लागु गर्न सकिएको छैन/

.डायस्पोरा समुदायहरुको पुनर्मिलन: नेपाली डायेस्पोरा समुदायको त्यो पुस्ता जस्को बाल्यकाल नेपालमा बित्यो, क्यारियर नेपालमै बन्यो, परिस्थितिबस बिदेसिनु पर्यो, राज्यको आर्थिक र मौद्रिक नीति डायेस्पोरा मैत्री बन्ना साथ ति मध्हे अधिकांस व्यक्तिहरु आर्थिक सामाजिक क्रियाकलापमा सक्रीय हुने र कालान्तरमा नेपालमै फर्किन चाहान्छन/ नेपाली डायेस्पोरा समुदायका दोस्रो पुस्ताका नागरिक समेत धेरै व्यक्तिहरु नेपाल फर्किन चाहान्छन/ तर नेपाली डायेस्पोरा समुदायहरुलाइ भगोडा भनेर गालि गर्ने, खिसी तिउदी गर्ने, हेला गर्ने गरिन्छ/ तेस्तै भाष्य निर्माण गरिन्छ र बैदेसिक रोजगारीमा रहेका डायेस्पोरा समुदायहरुको पुनर्मिलन सम्बन्धि नीतिगत बहस, छलफल तथा कानुनी खाका बनाउन ढिला गरिएको छ/

१० .नेपाली डायेस्पोराका लागि छुट्टै संयन्त्र: नेपाली डायेस्पोरा समुदाय र त्यससंग सम्बन्धित सवालहरु यति धेरै छन कि यस्कोलागि संघिय स्तरमा हाल भएको नियमन निकायसंग न त पर्याप्त श्रोत छ, न त बिज्ञता र संरचना नै/ प्रादेसिक तहमा यो बिषयले प्रवेश नै पाएको छैन/ विदेशमा रहेका आफ्ना नागरिकहरु को तथ्यांक राख्ने, डायेस्पोरा समुदायको घर, सम्पत्ती, परिवार, नाता सम्बन्धको अभिलेख अध्यावधिक राख्ने, स्थानीय रुपमा नीति नियम बनाउने कामको संरचना, कर्मचारी र श्रोतको अभाब छ/

११.अर्थ बिधेयक, नेपाली डायेस्पोराका लागि कानुनि संयन्त्र र विज्ञहरुको राय :

१२.डायेस्पोरा समबन्धि कतिपय सवालहरु अर्थ बिधेयक मार्फत तत्कालै समाधान गर्न सकिने खालका छन्/ दिर्घकालिन महत्वका बिषयमा तिनै तहका सरकारका प्रतिनिधि, बहुसरोकारवाला संघ संगठनहरु र नेपाली डायेस्पोरा समुदायका प्रतिनिधिहरु र विज्ञहरुको संयन्त्रनै छैन/

१३ .नेपाली डायेस्पोराका लागि लगानीको मोडेल: माथि उल्लेखित बिषयहरु सम्बोधन हुनासाथ पब्लिक-प्राइभेट-डायेस्पोरा-पार्टनरसिप (PPDP) मोडेलमा सडक, यरपोर्ट, अस्पताल, IT, पर्यटन, प्राबिधिक तथा ब्यबसायिक शिक्षाका क्षेत्रमा धेरै परियोजना तथा उधोग ब्यबसाय संचालन गर्न सकिन्छ/ यस्मा लाखौं नेपाली डायेस्पोराहरु निसन्देहरुपमा सहभागी हुन्छन/ तर नेपाली डायेस्पोरामैत्री कानुन र संयन्त्रको अभाबमा पब्लिक-प्राइभेट-डायेस्पोरा-पार्टनरसिप (PPDP) मोडेलमा लगानी अत्यन्त न्युन छ/

क्रमश …..

तस्बिर : गोरखापत्र दैनिक,अनलाइनबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *