दिल्लीमा ककरोच पार्टीको विरोध जारी, भारतका अन्य सहर र लण्डनमा पनि पदर्शन
मध्य दिल्लीमा इन्टरनेट सेवा बन्द गरिएको छ । आन्दोलनकारी मागि निषेधाज्ञा तोकिएको छ ।
काठमाडौं,५ साउन।
भारतको राजधानी दिल्लीमा युवाहरुको विरोध मंगलबार पनि जारी छ । भारतीय संचार माध्यमहरुका अनुसार प्रहरी दमन, लाठि चार्ज, मध्य दिल्लीमा इन्टरनेट बन्द जस्ता सरकारी हरकत विरुद्ध सोमबार राती देखिनै आन्दोलन सुरु भएको छ ।
दिनभरीको अशान्त पछि जुलाई २० को रात दिल्लीको जन्तरमन्तरमा ककरोच जनता पार्टी (ऋव्ए०को आन्दोलन पुनः सुरु भएको समाचारमा जनाइएको छ । मनसुन सत्रको पहिलो दिनमा आयोजित विरोध प्रदर्शन, दिल्ली प्रहरीले लगाएको द्यल्क्क् को धारा १६३ अन्तर्गत निषेधाज्ञा, लाठीचार्ज, अश्रुग्यास र मध्य दिल्लीमा इन्टरनेट सेवा पूर्ण बन्द गरिएको छ ।
ऋव्ए का सौरभ दास र आशुतोष रान्काले केन्द्रीय स्वास्थ्य मन्त्री जे।पी। नड्डालाई भेटेर दुवै पक्षबीच वार्ता प्रारम्भ भएपनि सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
वातावरणविद् सोनम वाङचुकको २३ औं दिनसम्म पनि विरोध जारी राख्ने बताएका छन्।विभिन्न भारतीय शहरहरूमा दिल्लीका प्रदर्शनकारीहरूसँग ऐक्यबद्धतामा विरोध प्रदर्शन भैरहेका छन्।
प्रश्नपत्र चुहावट विरुद्ध सुरु भएको आन्दोलनमा सोमबार ५० हजार बढीको सहभागिता रहेको थियो । विरोध प्रदर्शन भारत अन्य सहर र भारत बाहिर लन्डनमा पनि भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् । आन्दोलनकारीहरु मनसुनको वर्षातबीच पाल टाँगेर अनवरत धर्नामा बसेका छन् ।
तस्बिर : पिटिआई, भारत ।
