काठमाडौं,४साउन ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा मनोनयनमा परेका १० सूची सार्वजनिक गरेको उल्लेख छ ।

उत्कृष्ट १० कृति र सर्जक

अज्ञान —केशवराज ज्ञवाली
इथा —केशव दाहाल
उत्कर्ष —ललित विष्ट
नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास —रोशनकुमार झा
नेपाल समुदायका परम्परागत मृत्युगीत —वीणा जोशी,राजभण्डारी
परिधि —उमा सुवेदी
महायुग —सीमा आभास
सलह —श्रवण मुकारुङ०,
स्वप्नस्पर्श —डा नवराज केसी०,
हिउँद —नदीशा