काठमाडौं ७ अशोज ।

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर केन्द्रीय कार्यालय एवं सातै प्रदेशका प्रदेश कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा बैंकका कर्मचारी तथा शुभेच्छुक सहीत ४सय ६३ जनाले रक्तदान गरेका छन् ।
केन्द्रीय कार्यालय कमलपोखरी, कोशीको विराटनगर, मधेशको वीरगंज, गण्डकीको पोखरा, लुम्बिनीको बुटबल, कर्णालीको सुर्खेत तथा सुदुरपश्चिमको धनगढी कार्यालयहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले मानवजीवन रक्षाको लागि आवश्यक रगत संकलन गर्न पाएकोमा अत्यन्तै खुसि लागेको बताए । मानन्धरले आगामी दिनहरुमा पनि सामाजिक सेवाका क्षेत्रमा काम गर्दे जाने प्रतिवद्धता व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *