कर्मवीर नरनाथ महाकाव्यको लोकार्पण
काठमाडौं,२६ वैशाख ।
कर्मवीर नरनाथ महाकाव्ये शनिबार एक कार्यक्रमकाबीच लाकार्पण गरिएको छ ।
काव्यकार भानुभक्त सुवेदीले कृतिको रचना गरेका हुन् । कर्मवीर नरनाथ महाकाव्यमा
कीर्तिशेष नरनाथ पोखरेलका जीवनसम्बद्ध घटना, उनले समाज परिवर्तन र शैक्षिक जागरणमा पुर्याएका योगदानहरुका विवरणहरु साहित्यिक शैलीमा प्रस्तुत गरिएका छन् ।
महाकाव्यकार चन्द्रप्रकाश न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्यौपाने लगायतका विशिष्ठहरुले कृतिको लोकार्पण गरे ।
पोखरेल राष्ट्रिय प्रतिष्ठान प्रतिष्ठानका अध्यक्ष प्रकाश पोखरेलको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा महाकवि चन्द्रप्रकाश न्यौपाने, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व गृहसचिव पद्मप्रसाद पोखरेल, शिक्षक सेवा आयोगका पूर्व सदस्य सिताराम पोखरेल लगायत साहित्यिक जीवनका विशिष्ठ व्यक्तित्वहरु,
प्रतिष्ठानका सदस्यहरु लगायतको बाक्लो उपस्थिति थियो ।
नरनाथ पोेखरेलको जीवनकथालाई नायककोे रुपमा स्थापित गरि भानुभक्त कुभिण्डेलीले महाकाव्य रचना गरेका हुन् । प्रतिष्ठानका अनुसार महाकाव्यकोे प्रकाशन तथा कार्यक्रमक आयोजना पोखरेल राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष सीताराम पोखरेलले गरेका हुन्।कार्यक्रम संचालन राधिका रेग्मीले गरेकी थिइन ।

