नयाँ वर्ष उत्वस : घुमफिर , धर्मकर्म, मेलाजात्रा

दक्षिणकाली मन्दिरमा दर्शनार्थीको घुइँचो
नयाँ वर्षको अवसरमा दक्षिणकाली मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिरः प्रदीपराज वन्त/रासस

ताल बाराहीमा भक्तजनको चहलपहल
नयाँ वर्षको पहिलो दिन पोखराको फेवातालमाअवस्थित ताल बाराही मन्दिरमा भक्तजनको चहलपहल । तस्बिर: राम थापा/रासस

देवघाटमा भक्तजन
तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल बेणीसङ्गममा स्नान गरी पूजा–आराधना गर्न आएका भक्तजन । नयाँ वर्ष अर्थात् वैशाख १ गते यहाँ स्नान गरी पूजा–आराधना तथा दान गरे वर्षभरि आइपर्ने सङ्कट समाधान हुने, वर्षभरि गरिने काम राम्रो हुने हुने धार्मिक विश्वासका साथ भक्तजन यहाँ आउने गर्दछन् । तस्बिरः सनद अधिकारी/रासस

जनकपुरधाममा भक्तजनको भीड
नयाँ वर्षको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड । तस्बिरः अजयकुमार साह/रासस
कभर तस्बिरः सिरहाको प्रसिद्ध सलहेश फूलवारीस्थित हारमको रूखमा फुलेको सुनाखरी फूल। तस्बिरः सुदीप राउत/रासस
