युद्धमा ‘उर्जा कार्ड’ को प्रयोग जसरी जुनरुपमा युद्धका पक्षधरले गरिरहेका छन् त्यसले इन्धनको मूल्य तत्काल नघट्ने संकेत देखाउँछ । इन्धनको मूल्य बढ्नु भनेको यातायात,औधोगिक उत्पादन लगायत सबै थोकको मूल्य बढ्नु हो । अर्थात, महँगीलाई निम्ता दिनु जस्तै हो ।

काठमाडौं, ८ चैत :
मध्यपूर्वको युद्ध चौथो सातामा प्रवेश गरिरहँदा युद्धको केन्द्रमा उर्जा पूर्वाधारहरु पर्ने खतराहरु बढेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टा भित्र स्ट्रेट अर्फ हर्मुज पूर्णरुपमा खोल्न चेतावनी दिएका छन् ।
उनले सामाजिक संजालमा कुनै धम्की बिना इरानले २४ घण्टा भित्र स्ट्रेटअफ हर्मुज नखोलेमा अमेरिकाले इरानको धेरै पावरप्लाण्टहरुमा आक्रमण गर्ने छ, सबै भन्दा पहिला सबै भन्दा ठूलो प्लाण्टबाट सुरुवात हुने छ भनेका छन् ।

If Iran doesn’t FULLY OPEN, WITHOUT THREAT, the Strait of Hormuz, within 48 HOURS from this exact point in time, the United States of America will hit and obliterate their various POWER PLANTS, STARTING WITH THE BIGGEST ONE FIRST!

राष्ट्रपतिको यो चेतावनीको प्रतिउत्तरमा इरानले अमेरिकाले इरानका उर्जा पूर्वाधारमा आक्रमण गरेमा अमेरिकाका मित्र राष्ट्रका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ ।
मार्च १८ मा इजरेलले इरानको साउथपर्स इन्धनप्लाण्टमा आक्रमण गरेपछि इरानले खाडीका सबैजसो देशका उर्जा पूर्वाधरमा आक्रमण गरेको छ । ट्रम्पको चेतावनी र इरानको प्रतिउत्तर पछि खाडी राष्ट्रका उर्जा पूर्वाधार थप निशानामा पर्ने त होइनन् भन्ने आंशका बढाएको छ ।

ट्रम्पको ४८ घण्टे अल्टिमेटम, इरानको तत्कालको प्रतिक्रिया हर्मुजसँग सम्बन्धित छन् । हर्मुजको शान्ति इन्धनको पारवहनसँग सम्बन्धित छ । युद्धमा प्रयोग भएको ‘उर्जा कार्ड’ले समाधान ल्याउँने हो वा युद्धलाई नयाँ मोड दिने हो ? संभावना दुबै छन् ।

स्ट्रेटअफ हर्मुज इरानको उत्तर र ओमन र युनाइटेड अरव इमिरेट्सको दक्षिणमा पर्ने समुन्द्री मार्ग हो । १०४ किलोमीटर लम्बाईको साँगुरो भागले गल्फ र अरवियन समुन्द्रलाई जोडदछन् । यसको चौडाई गल्फ तर्फ करिव ५० किलोमीटर छ भने अरेविया तर्फ ३३ किलोमीटर छ ।


यो नाका भएर दैनिक १०० भन्दा बढी पानी जहाजहरु जसमा अधिकांश इन्धन बोकेर यताउता गर्दथे । इरान माथि अमेरिका, इजरेलको आक्रमण पछि इरानले यो समुन्द्रीनाकामा कब्जा जमाएको छ । त्यहाँबाट पारवहन गर्ने जहाजहरु माथि आक्रमण गरेपछि नाका ठप्प प्राय छ । त्यो नाका हुँदै खाडीको इन्धन खास गरेर एशियाली देशहरुमा आयात हुन्थ्यो । विश्वको करिव २० प्रतिशत इन्छन्, त्यही नाका हुँदै पारवहन हुने गरेको थियो ।
इरानले हर्मुज भएर पारवहन नगर्न चेतावनी दिएको स्थितिमा हर्मुज के गर्ने भन्नेबारे अमेरिका, युरोपियन युनियन, बेलायत, चिन र रुस समेत कुनै न कुनै रुपमा तानिएका छन्, यसबेला । अमेरिकन राष्ट्रपति ट्रम्पले युरोपियन युनियन र बेलायतालाई हर्मुज खोल्न सैन्य कारवाहीमा उर्तन आग्रह गरेका थिए । ट्रम्पको आग्रहलाई युरोप र बेलायतले दुबैले अस्वीकार गरेका थिए । ट्रम्पले आफ्नो स्वभावहरु अनुसार टिप्पणी गरेका थिए — हामीलाई चाहिने होइन, जसलाई चाहिने हो उनीहरुनै अग्रसर हुनुपर्दछ ।यसबीच अमेरिका रुस र चिनसँग हर्मुजबारे कुटनीतिक वार्ताहरु भएको समाचारहरु आएका छन् । त्यस्तै इरानको इन्धन माथिको प्रतिवन्दलाई एक महिनाका लागि छुट दिने घोषणा पनि गरेका थिए ट्रम्पले ।
यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुजको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताएका छन् ।
पेट्राृलियमको पारवहनलाई सुरुचा गर्ने चौतर्फि प्रयासहरुबीच ट्रम्पबाट आएको पछिल्लो समयसीमा सहितको चेतावनीले कस्तो परिणाम ल्याउने हो ? अन्यौलको अवस्था छ । यो चुनौतीले समाधान दिने हो वा युद्धलाई झन उर्जा दिने हो ?
२८ फ्रेबुवरीमा युद्ध सुरु भएपछि अहिलेसम्म इरानको इन्धन पूर्वाधारमा खास गरेर इजरेलले आक्रमण गरेको छ । इजरेलको आक्रमणको निशानमा भने खाडी राष्ट्रहरु परेका छन् । इरानले अमेरिकीसँग सामरिक, आर्थिक, कुटनीतिक हिसावले नजिकको सम्बन्ध रहेका खाडीका धेरै उर्जा पूर्वाधारमा आक्रमण गरेको छ ।अहिलेसम्म ९ वटा देशका ३९ वटा पूर्वाधारहरुमा आक्रमण भएका छन् । बम विस्फोटबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा सुरक्षानै प्रमुख चुनौती बनेको छ ।
अहिलेसम्म इरान, ओमन, युनाइटेड अरब इमिरेटस, कतार, कुबेत, साउदी अरेविया, इराक, इजरेलका उर्जा पूर्वाधारमा आक्रमण भएर क्षती भएका छन् । इन्धन उत्पादन र वितरणको श्रृखलामा अवरोध आएका छन् ।
१८ मार्चमा इजरेलले इरानको साउथ पर्स ग्यास फिल्डमा गरेको आक्रमणको प्रतिशोधमा इरानले कतारको रास लाफान इन्धन प्रशोधन केन्द्रमा आक्रमण गर्यो । विश्वकै सबै भन्दा ठुलो ग्यासलाई तरल बनाउने रास लाफन क्षतिग्रस्त बनेको छ । यसको पुर्ननिर्माण सुरु नै भएको छैन । सुरक्षाको अवस्था आएपछि बनाउन थाल्ने हो भने पनि ५ वर्ष लाग्ने बताइदैं छ ।
एशियाली देशहरुमा खास गरेर खाडीबाट आयात हुने इन्धन प्रयोग हुन्छ । खाडीका इन्धन प्रधोधन केन्द्रहरु जो सचालनमा छन् तिनको उत्पादन बजारमा आउँन पाएको छैन । जो क्षतिग्रस बनेर उत्पादन बन्द गरेका तिनले कहिलेदेखी उत्पादन थाल्ने त्यो पनि टुंगो छैन ।
युद्ध सुरु हुनु अघि पेट्रोलको मुल्य ७० अमेरिकी डलर प्रति ब्यारेल थियो । प्रतिव्यारेल १२० अमेरिकी डलर पुगेर अहिले १०७ —११२ डलरको हाराहारीमा कायम छ । एक ब्यारेल करिब १५९ लिटर हुन्छ ।
युद्धमा ‘उर्जा कार्ड’ को प्रयोग जसरी जुनरुपमा युद्धका पक्षधरले गरिरहेका छन् त्यसले इन्धनको मूल्य तत्काल नघट्ने संकेत देखाउँछ । इन्धनको मूल्य बढ्नु भनेको यातायात,औधोगिक उत्पादन लगायत सबै थोकको मूल्य बढ्नु हो । अर्थात, महँगीलाई निम्ता दिनु जस्तै हो ।
अमेरिका, इजरेलको विश्लेषणमा इरान सामरिक हिसावले कमजोर भइसकेको छ । यस्तै प्रचार गर्देछन् उनीहरु ।उनीहरुको विश्लेषण वास्तविक हो भने पछिल्ला घटनाक्रमहरुबीच हर्मुज सुचारु हुनसक्ने देखिन्छ । इन्धनको मूल्य बढ्न हुन्न भन्ने मान्यतामा अमेरिका लगायतका सबैजसो देश छन् ।
ट्रम्पको ४८ घण्टे अल्टिमेटम, इरानको तत्कालको प्रतिक्रिया हर्मुजसँग सम्बन्धित छन् । हर्मुजको शान्ति इन्धनको पारवहनसँग सम्बन्धित छ । युद्धमा प्रयोग भएको ‘उर्जा कार्ड’ले समाधान ल्याउँने हो वा युद्धलाई नयाँ मोड दिने हो ? संभावना दुबै छन् । जित्नै पर्ने मनोविज्ञानबाट निर्देशित अमेरिका इजरेल र हार्न नहुने जेहादी मानसिकताको इरानबीचको युद्ध कहिले कसरी पटाक्षेप हुने हो ? अन्यौलग्रस्त र अनिश्चित समयमाअनुमान गर्न सहज छैन ।

तस्बिर : कभर, रासस, टेक्स : बिबिसीबाट साभार