सार्वजनिक बिदामा बैंकिङ्ग सेवा दिन राष्ट्रको निर्देशन
सङ्लोन्यूज
काठमाडौं, १८ फागुन ।
नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको माग अनुसार सार्वजनिक बिदाका दिनहरुमा तोकिएको बैंकिङ्ग सेवा दिन बैंक, विक्तिय संस्थाहरुलाई निर्देशन गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना प्रकाशीत गर्दे सेवा उपलब्ध गराउन भनेको हो ।
सरकारले १९ देखि २२ गतेसम्म निर्वाचनसँग सम्बन्धित सार्वजनिक विदा दिएको तथा १८ गते काठमाडौं उपत्यका तथा पहाडि क्षेत्र र १९ गते मधेशमा फागु उत्सवको विदा छ ।
चुनावको मुखमा लगातारका बिदाको अवस्थामा निर्वाचन आयोगले बैकिङ्ग सेवा दिन आग्रह गरेको बुझिन्छ । राष्ट्र बैंकले दुई बुँदामा कस्तो कस्तो कारोबारका लागि बैंकिङ्ग सेवा संचालन गर्ने भन्ने तोकेको छ ।
१. सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्धारा भुक्तानी व्यवस्था र राजस्व दाखिला ।
२. निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता संचालन गर्ने बैंक तथा वित्तिय संस्थाहरुद्धारा राजनीतिक दल तथा उमेदवारहरुको नगद वा चेक तथा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानी लगायतका बैंकिङ्ग सेवा ।
राष्ट्र बैंकको सूचना
