पाइराईट  तत्व अक्सिजनसँग मिलेपछि पाइराइट अक्साइडमा रुपान्तरण हुन्छ । रुपान्तरण हुने क्रममा ताप उत्पन्न हुने हुन्छ र त्यही तापका कारण कार्बनजन्य चट्टान सल्किएपछि धुँवा आएको देखिएको अध्यनमा संलग्न विज्ञको भनाई छ ।

काठमाडौ,२ अशोज ।

नवलपुरको हुप्सेकोटमा निस्किरहेको धुँवा, पाइराइट तत्व अक्सिजनसँग मिसिएपछि ताप उत्पन्न हुने र त्यो तापले कार्बनयुक्त चट्टान सल्काए पछिधुँवा निस्किएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
खानी तथा भूगर्भ विभाग र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विज्ञहरुको टोलीले स्थलगत अध्ययन पछि उनीहरुले यस्तो प्रारम्भिक आँकलन गरेका हुन् । पाइराईट भन्ने तत्व अक्सिजनसँग मिलेपछि पाइराइट अक्साइडमा रुपान्तरण हुन्छ । रुपान्तरण हुने क्रममा ताप उत्पन्न हुने हुन्छ र त्यही तापका कारण कार्बनजन्य चट्टान सल्किएपछि धुँवा आएको देखिएको अध्यनमा संलग्न विज्ञको भनाई छ । त्यसरी निस्किएको तापले कार्वनयुक्त चट्टान सल्काएपछि घुँवा निस्किएको खानी विभाग पेट्रोलियम अन्वेषण शाखाका भूगर्भविद प्रकाश लुईटेलले बताए ।
लुईटेलका अनुसार चैतमा पहिरो गएको र पहिरो गएपछि जमिनमुनि रहेको पाइराइट सतहमा आएको हो । ‘सतहमा आएपछि पाइराइट अक्सिजनसँग रासायनिक प्रतिक्रिया भएर पाइराइट अक्साइई बन्यो, त्यस्तो बेला ताप निस्कन्छ, त्यो तापले त्यहाँ भएको कार्बोनियस चट्टानलाई सल्कायो, सल्किन थालेपछि धुवा निस्किएको हो’ लुईटेलले भने ‘हामीले त्यहाँबाट स्याम्पलहरु लिएर आएका छौं, प्रयोगशाला परीक्षण पछि अन्तिम प्रतिवेदन तयार हुन्छ ।’
लुईटेलका अनुसार त्यहाँ कार्बनयुक्त चट्टान कोइला बनिनसकेको अवस्थामा छ । जसलाई कार्बाेनियस सेल भनिन्छ, भौगर्भिक भाषामा , त्यो अलिक नरम हुन्छ र छिद्रहरुमा चिस्यान Moisture हुन्छ । तापले छिद्रहरुमा रहेको पानीलाई वाफकोरुपमा हावामा फैलाउँछन् । पाइराईट फलाम र सल्फरतत्वले बनेको हुन्छ ।
खानी विभाग तथा नास्टका विज्ञहरुले गरेको स्थलगत अध्ययन पछि पहिरो गएपछि जमिन मुनि दबिएको पाइराइट जमिनको सतहमा आएको हो । जमिनको सतहमा आएपछि पाइराईले अक्सिजन तथा कार्बोनियससेलमा रहेको चिसोपन पायो र रासायनिय प्रतिक्रिया गर्न थाल्यो, त्यस्तो अवस्थामा ताप निस्किन्छ जसलाई इग्जोथर्मल प्रक्रिया भनिन्छ । यसरी निस्किएको तापले त्यहाँ रहेको कार्बाेनियस चट्टानलाई वाल्न थाल्यो र त्यसैबाट धुँवा निस्किएको निष्कर्षमा पुगेका उनीहरु पुगेका छन् ।
खानी विभागका भूगर्भविदहरु प्रकाश लुइटेल, मणि खनाल, शशि तामाङ्ग तथा नास्टबाट दीनबन्धु पराजुली अध्ययन टोलीमा थिए । उनीहरुले त्यहाँबाट पानी, माटो, चट्टानहरुको स्याम्पल लिएर आएका छन् । केही ग्यासको परीक्षण स्थलगतरुपमै गरिएको छ । लुइटेलका अनुसार करिव एक सातामा स्याम्पलहरुको परीक्षण गरेर अन्तिम रिपोर्ट निकाल्न सकिन्छ ।
कहिलेसम्म धुँवा निस्किरहन्छ त ? लुईटेलका अनुसार, कार्बनयुत्त चट्टान प्राप्त हुन्जेल सल्फरले बल्न पाउँने र त्यसपछि धुवाँ निस्कने प्रक्रिया बन्द हुनसक्छ । उनका अनुसार चैतमा करिव ५०० वर्ग मीटरको पहिरो गएको थियो र मुख्य पहिरोकोबीचबाट सानासान पहिरा गएका छन्, अहिले त्यहीँबाट धुँवा निस्किएको हो । करिव २०० वर्गमीटरको क्षेत्रमा ७, ८ स्थानबाट धुँवा निस्किरहेको अवस्था छ अहिले ।
विज्ञ टोलीले स्थानीयलाई धुँवा आइरहेको स्थानमा गएर धुँवा नसुघ्न तथा पानी प्रयोग नगर्न सुझाएका छन् । उनले धुवाँ आइरहेको स्थानमा निकै ताप रहेको बताए । आगो बल्दा कार्वन अक्साइड, कार्वन मोनोअक्साइड सामान्यतथा निस्कन्छ । त्योसँगसँगै पाइराइटमा हुने सल्फरका कारण सुल्फुरिक ग्यास निस्किने हुन्छ, जुन स्वास्थका लागि खराव मानिन्छ ।
लुईटेलले धुँवा निस्किरहेको स्थानबाट ज्वालामुखी फूट्ने कुनै पनि संभावना नरहेको औंल्याए । धौलादी फलाम खानीसँग यसको नाता पनि देखिदैन । कारण, दुई स्थानमा रहेका चट्टानको निर्माण सयम र प्रकृतिनै फरक फरक छ । धुँवा निस्किएको कार्बाेनियस चट्टान भूगर्भको भाषामा कान्छो चट्टान हो, फलामखानी भएको ठाउँमा रहेको क्वार्जाइटको तुलनामा ।