शिक्षा क्षेत्रकी अग्रणी विद्या लिम्बुको निधन, भोली अन्तेष्ठी गरिने
काठमाडौं, २६ भदौ।
लिटिल एन्जेल्स् स्कूलकी सह संस्थापक विद्या लिम्बुको निधन भएको छ । शुक्रबार साँझ स्ट्रोक भएपछि उनलाई उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको थियो । अस्पतालमै रातको १०ः५० बजे निधन भएको भएको थियो ।
७८ वर्षिय लिम्बुका श्रीमान्,एक छोरा, एक छोरी छन् ।
स्कुलका प्रिन्सिपल, मुकुन्दराज शर्माका अनुसार, भोली ११ बजेदेखी ३ बजेसम्म लिटिल एन्जेल्स् स्कूल प्राङ्गढमा लिम्बुको पार्थिक राख्ने र अपराह् पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । शर्माले भनेका छन् ‘यस विद्यालयका सह( संस्थापक, शिक्षा क्षेत्रकी अग्रणी व्यक्तित्व तथा समस्त शिक्षक कर्मचारीहरूकी ममतामयी आमातुल्य अभिभावक आदरणीय विद्या लिम्बूको २०८३ भाद्र २६ गते बेलुकी दुस्खद् निधन भएको खबरले हामी सबैजना मर्माहत भएका छौँ।
ईश्वरले उहाँलाई बैकुण्ठमा बास दिउन् र उहाँको आत्माले शान्ति पाओस्‘ ।’
त्यस्तै, स्कूल परिवारका राजेश श्रेष्ठले भनेका छन् ‘ लिटिल एन्जेल्स् स्कूल,हात्तिवन,ललितपुरकी संस्थापिका अत्यन्त आदरणीय,शिक्षासेवी,अजश्र प्रेरणाकी श्रोत,हामी सबैको अभिभावक,ममतामयी श्रीमती बिद्या लिम्बूज्यूको मिति २०८३र०५र२६ राति १०।५० बजे ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खबरले हामी मर्माहत भएका छौ १’

