पीडाको घडीमा कसैले दिएको सानो साथले पनि पीडित मनमा ठूलो भरोसा जगाउन सक्छ। यस सहयोगले ‘तपाईंहरू एक्लै हुनुहुन्न, दुःखमा हामी पनि तपाईंहरूसँगै छौँ’ भन्ने मानवीय सन्देश दिएको स्कुलले  उल्लेख गरेको   छ ।

काठमाडौं २१ भदौ।
भक्तपुुरको एभरेष्ट इङ्लिस स्कूल परिवारले भोटेकोशी बाढीको प्रलयबाट पीडित परिवारजनमा सहयोग पुगोस भन्ने कामनासहित ९ लाख बढी रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । स्कूलले बाढीपीडितहरुको सहयोगार्थ राहत संकलन गरेको थियो । स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीबाट रु.४ लाख ५२ हजार ६ सय ५२ सङ्कलन भएको भएको थियो । विद्यालय व्यवस्थापनले सोही बराबरको रु. ४ लाख ५२ हजार ६ सय ५२ सहयोग थपेपछि राहतका लागि जम्मा रु.९ लाख ५ हजार ३ सय ४ रकम विद्यालयले राहत कोष मा जम्मा गरेको जनाएको छ।

राहतका लागि सङ्कलित उक्त रकम जिल्ला प्याब्सन, भक्तपुरमार्फत केन्द्रीय प्याब्सन हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। आर्थिक सहयोगको यो रकम विपत्तिले पुर्‍याएको सम्पूर्ण क्षति पूर्ति गर्न पर्याप्त नहुन सक्छ। तर, पीडाको घडीमा कसैले दिएको सानो साथले पनि पीडित मनमा ठूलो भरोसा जगाउन सक्छ। यस सहयोगले ‘तपाईंहरू एक्लै हुनुहुन्न, दुःखमा हामी पनि तपाईंहरूसँगै छौँ’ भन्ने मानवीय सन्देश दिएको स्कुलले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

विपत्तिको घडीमा देखाइएको सहयोग केवल रकममा मापन हुँदैनस त्यसमा जोडिएको सद्भाव, सहानुभूति र मानवीय भावना अझ महत्वपूर्ण हुन्छ। पीडितका लागि बढाइएको एउटा हात, दिएको एउटा भरोशा र देखाइएको एउटा आत्मीयताले निराशाबीच पनि नयाँ आशाको उज्यालो दिन सक्छ। विपत्तिमा परेकालाई सहयोग गर्नु नै सच्चा मानवता हो।

गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीले कतिपय परिवारको घरबास उजाड्यो, जीवनभरको कमाइ बगायो र धेरै परिवारलाई असह्य पीडा तथा अभावबीच जीवन बिताउन बाध्य बनायो। विपत्तिमा परेका परिवारका लागि अहिलेको समय केवल राहतको प्रतीक्षा होइन, मानवीय साथ र भरोसाको खोजीको समय पनि हो।

यही संवेदनशील अवस्थालाई आत्मसात् गर्दै एभरेस्ट इङ्लिस स्कुलले बाढीपीडितको सहयोगार्थ स्वेच्छिक राहत सङ्कलन अभियान सञ्चालन गरेको थियो। यस अभियानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीबाट रु. ४ लाख ५२ हजार ६ सय ५२ सङ्कलन भएको हो । विद्यालयले पनि सोही बराबरको रु. ४ लाख ५२ हजार ६ सय ५२ सहयोग थपेपछि राहतका लागि जम्मा रु. ९ लाख ५ हजार ३ सय ४ रकम विद्यालयले राहत कोष मा जम्मा गरेको जनाएको छ।

राहतका लागि सङ्कलित उक्त रकम जिल्ला प्याब्सन, भक्तपुरमार्फत केन्द्रीय प्याब्सन हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। आर्थिक सहयोगको यो रकम विपत्तिले पुर्‍याएको सम्पूर्ण क्षति पूर्ति गर्न पर्याप्त नहुन सक्छ। तर, पीडाको घडीमा कसैले दिएको सानो साथले पनि पीडित मनमा ठूलो भरोसा जगाउन सक्छ। यस सहयोगले ‘तपाईंहरू एक्लै हुनुहुन्न, दुःखमा हामी पनि तपाईंहरूसँगै छौँ’ भन्ने मानवीय सन्देश दिएको छ।

‘विपत्तिको घडीमा देखाइएको सहयोग केवल रकममा मापन हुँदैनस त्यसमा जोडिएको सद्भाव, सहानुभूति र मानवीय भावना अझ महत्वपूर्ण हुन्छ। पीडितका लागि बढाइएको एउटा हात, दिएको एउटा भरोशा र देखाइएको एउटा आत्मीयताले निराशाबीच पनि नयाँ आशाको उज्यालो दिन सक्छ। विपत्तिमा परेकालाई सहयोग गर्नु नै सच्चा मानवता हो’ — स्कुलले भनेका छ ।