एमालेका किरणलाई मुख्यमन्त्री बनाउन त्याग गरेको राप्रपा आफै चक्रब्यूहमा परेको छ । किरणलाई कमाण्ड गर्ने राजनीतिक संयन्त्र गठन लगायतका ६ बुँदे सहमति गरेर पछि राप्रपा एमाले, नेकपा समीकरणमा प्रव्रेश गरेको छ ।

काठमाडौं,९ भदौ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रतिपक्षी विहीन संसदबाट विश्वासको मत प्राप्त गरेका छन ्। १०४ सदस्सीय बागमती प्रदेशसभामा एमालेका २४, नेकपाका २६ र राप्रपाका १२ मध्ये ७ जनाको समर्थनमा किरणले ५७ सांसदको विश्वास प्राप्त गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ३६, नेपाल मजुदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टीका २ तथा राप्रपाका ५ जना समेत ४६ जनाले विश्वासको मत लिने संसद बैंठक बहिस्कार गरेका छन् ।
सामान्यतया संसदीय राजनीतिमा प्रमुख कार्यकारीले विश्वासको मत लिँदा सामान्य शिष्टाचार राख्दै मत लिएपछि बधाई दिने प्रचलन हुन्छ । तर, थापाको हकमा त्यस्तो अवसर जुरेन । राप्रपाको केन्द्रीय नीति विपरित संसदीय दलका नेता उद्धव थापाले एमाले नेकपा समीकरणमा सहयोग गरेका हुन् । थापाको यो कदमलाई लिएर राप्रपाको केन्द्रीयतहमा तीव्र असन्तुष्ठिमात्र छैन, थापा लगाएत मन्त्री बनेका तीनजनालाई पार्टी सदस्यताबाट निस्कासन गरेको औपचारिक पत्राचार राप्रपाले बागमती प्रदेश संसदमा गरिसकेको छ । यता, उच्च अदालत हेटौडामा राप्रपाका संसदीय दलका नेता एवं मन्त्री बनेका माथि पार्टीले चलाएको कारवाही सम्बन्धमा मुद्धा परेको छ । जसको सुनुवाई भोली हुँदैछ । १२ मध्ये ७ जना खुलेर सत्ता समीकरणमा संलग्न भएको अवस्थामा राप्रपा केन्द्र र प्रदेशको राजनीति पेचिलोमात्र बनेको छैन, औपचारिकरुपमा विभाजनको हुने देखिदैंछ ।
विश्वासको मतको पक्षमा खुलेर भाग लिने राप्रपाका सांसदहरुमा संसदीय दलका उद्धव थापा, मन्त्रीहरु राजु विष्ट, गिरबहादुर तामाङ्ग र राजेन्द्र प्रजापती तथा सांसदहरु डम्बर तामाङ्ग, नूरज बज्राचार्य र मोनिका श्रेष्ठ छन् ।
प्रमुख प्रतिपक्षी लगायतका प्रतिपक्षीहरुले यही अदालती कारण देखाएर, अदालतको फैसला पछिमात्र विश्वासको मत लिने कारबाही अगाडि बढाउन आग्रह गर्दे त्यसो नभएर बहिस्कार गर्ने जनाउ दिएका थिए ।
विश्वासको मतको संसदीय कारबाही अघि आजै एमाले, नेकपा र राप्रपाबीच ६ बुँदै सहमति भएको छ । थापाले हिजो विश्वासको मत लिने कार्यक्रम राखेपनि समीकरणको सहयात्री नेकपाका ६ जना सांसदले असहमति जनाउँदै राजधानी काठमाडौंमा बसेका थिए । सोमबार राती विश्वासको मत लिन राजनीतिक माहौल नबनेपछि बैंठक स्थगित भएको थियो ।
एमाले, नेकपा र राप्रपा थापा पक्षबीच आज भएको ६ बुँदे सहमति गरिएको छ । ६ बुँदा यस प्रकार छन् :
१. नेपालको संविधान, २०७२ ले अंगिकार गरेको मूल मान्यताहरुलाई अबलम्बन गर्दे समृद्ध बागमती प्रदेश निर्माणमा साझा प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. सरकार गठनका सम्बन्धमा सत्ता साझेदार दलहरुको दलिय हैसियतको आधारमा साविक ८ मन्त्रालय नबढाउने गरी साझेदारी गरिने छ । प्रदेशसभाको रिक्त सभामुख पदमा नेकपाबाट निर्वाचन गरिने छ ।
३. प्रदेशसभा संचालन सम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरी आगामी सात दिन भित्र सार्वजनिक गर्न नेकपाबाट तीन, एमालेबाट २ र राप्रपाबाट २ जना गरी सात सदस्सीय समिति गठन गरिने छ । समिति निम्म अनुसार हुने छ भन्दै नेकपाका रत्न ढकाल, उर्मिला लामाा र लक्ष्मण लम्साल तोकिएका छन् । त्यस्तै एमालेबाट डा. दिनेश देवकोटा र केशवप्रसाद पोखरेल छन्, राप्रपाका को को हुने उनीहरुको नाम समावेश छैन ।
४. सुरुमा नेकपाको नेतृत्वमा सरकार संचालन सयन्त्र गठन गरिने छ । संयन्त्रले सरकार सचालनका सम्बन्धमा आवश्वक सल्लाह, सुझाव र समन्वय प्रदान गर्ने छ ।
५. मन्त्रिपरिषदलाई महिला सहभागिता सहित सहभागि गराइने छ ।
किरणले विश्वासको मत त प्राप्त गरेका छन् ।
६. मन्त्रिपरिषदको मर्यादाक्रममा मुख्यमन्त्री पछि नेकपाको तर्फबाट र तेश्रोमा राप्रपाबाट रहेने व्यवस्था गरिने छ ।
सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपा दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन् ।