इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डहरूले २०८० बैशाख १ गते देखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउनु पर्ने छ । क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको र यसैले विषयगत मुल्यांकनकर्ताहरुको मनोनयन गर्दे विजेताहरूको चयन गर्ने छ ।

काठमाडौं, ९ भदौ।

नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति कृति अवार्ड्स २०८३’ का लागि आवेदन खुला भएको छ ।
यस पटक ‘कृति अवार्ड्स ’ कार्यक्रमको प्रायोजन ‘रेडबुल ईनर्जी ड्रिक्सले मुख्य प्रायोजन गरेको छ । अर्वाडको नाम रेडबुल १३ औं कृति कृति अवार्ड २०८३ राखिएको छ ।

 

‘कृति अवार्ड्स ’ नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्ने सम्मानित अवार्ड हो । १३ औं संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएको आनका महासचिव कृष्ण प्रसाद घिमिरे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख ।

विज्ञप्तिमा यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ । यस बर्ष डिजिटल, ईभेन्टस् र ईन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्र सहित २४ वटा नयाँ विधा समावेश गरिएको जनाइएको छ ।
अवार्ड छनौटमा प्राज्ञिक व्यक्तित्व छनौट गरिएको छ । काठमाण्डौं विश्वबिद्यालय ब्यबस्थापन संकायका डिन प्रा. डा. बिजय के.सी.को अध्यक्षतामा वरीष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केटिंग विज्ञ रबिन्द्रमान श्रेष्ठ छनौट समितिमा छन् । क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको र यसैले विषयगत मुल्यांकनकर्ताहरुको मनोनयन गरी विजेताहरूको चयन गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन संघ नेपाल (आन)का अनुसार यस वर्ष मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ । सूचनामा इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डहरूले २०८० बैशाख १ गते देखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नुपर्ने छ ।
कृति अवार्ड्स आयोजनाको बारेमा घोषणा गर्दै आनका अध्यक्ष सुदिप थापाले यस पटक धेरै विधाहरुलाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए । ‘कृति अवार्ड्सले शुरुवातदेखिनै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्धन गर्दै आएको छ’ थापाले भने ‘यस पटक यसलाई थप विधाहरुमा बिस्तार गरिएको छ । यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ ।’

यस वर्षको अवार्ड घोषणा कार्यक्रममा नेपाल मिडिया सोसाईटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिंग एशोसियसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सह आयोजकका रुपमा सहयोगी भएका छ । त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको बिज्ञापन बोर्डले ईन्डोर्समेन्ट सहित सम्बन्धन मान्यता प्रदान गरेका छन् ।

नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । कृति अवार्ड्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने र विज्ञापन बजारलाई थप बिस्तार गर्न योगदान गर्ने अपेक्षा गरिएको छ ।