एसइई परीक्षा आजदेखी सुरु,५ लाख बढी विद्यार्थी सहभागी हुँदै
महिना दिन भित्र रिजल्ट प्रकाशन गर्न मन्त्रालयको निर्देशन काठमाडौं, चैत १९ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को परीक्षा बिहिबारदेखी सुरु भएको छ । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी हुने भएका छन्।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन् । परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको छन् ।
यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाच्ने र एक महिना भित्रमा नतिजा सार्वजनिक हुने भनिदै छ । गत वर्ष परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन आएको थियो।
गत वर्ष चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार १३ गते सार्वजनिक भएको थियो। त्यतिबेला एसइई सकिनेबित्तिकै शिक्षक आन्दोलनका कारण एक महिनापछि मात्रै उत्तरपुस्तिका परीक्षण सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण तीन महिना लागेको देखिए पनि नतिजा प्रकाशनसँग सम्बन्धित कामका लागि दुई महिना लागेको थियो।
एक महिनाभित्र नतिजा प्रकाशनका लागि परीक्षा सञ्चालन भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने व्यवस्था मिलाइने भएको छ ।भौगोलिक र अन्य प्राविधिक जटिलता भएमा वैकल्पिक व्यवस्था गर्ने योजना छ ।
तस्बिर : The Rising Nepal
