काठमाडौं, १३ पुस ।

सिंहदरवार र सर्वोच्च अदालत जलाउनेहरु मिलेछन् । राम्रो भयो, अब यसको राप र तापले काठमाडौंको जाडो भाग्ने छ । हिटर वा दाउरा बाल्नु पर्ने छैन । खरानी छदैँ छ, खेतबारीमा हालिदिए पछि अन्न उत्पादनमा केयौं गुणाले वृद्धि हुने छ । यसले गर्दा खाध्यान्यमा आत्म निर्भर भै नेपालमा गरिबी निवारण त हुने नै भयो । जलेर बाकिँ रहेका कवाडी सामानहरुको निर्यात गरेर ब्यापार घाटामा कमि आउने नै छ । उद्योगी ब्यापारीहरु बोर्डर पारिगइ उद्योग ब्यापार गर्ने वातावरण बन्ने छ, तेसो भएपछि चन्दा आतंक पनि स्वतह बन्द हुने नै भयो । नयाँ बन्ने सिंहदरबारमा देश जलाउन र चलाउन सक्ने नयाँ अनुहार आएपछि सुसासन त २,४ दिनमै ढोकैमा आउनेछ । संसद भवन जलाउनेहरुसंग चुनावी गठबन्धन गरेकोले दुइ तिहाइ बहुमत प्राप्त संसद्को पहिलो निर्णयले प्रदेसिक संरचना खारेजी हुनेछ । त्यसपछिको नयाँनेपाल राजा सहितको एक सवल लोकतान्त्रिक देशको रुपमा चिनिने छ। स्वदेश र विदेशमा भएका सबै नेपालीहरुले सुशासन र सुखको अनुभूति गर्ने छन् । सबैलाई ज्ञान भया । सबैतिर लोभलाभ ।
नोट :मुलुकमा भैरहेका एकपछि अर्को निर्णयहरुबीच कर्के नजरलाई फुरेका यी पङ्ती कोही कसैप्रति लक्षीत छैनन्, कसैसँग मिल्न गए, त्यो संयोगमात्र हुने छ ।

तस्बिर : सामाजिक संजाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *