पुरानो पार्टी र नेताहरुप्रतिको  क्रोध र उकुस मुकुस पोख्ने माध्यमको रुपमा देश पुरै घन्टीमय भयो।

डा.भरत कुमार पोखरेल

म राजनैतिक विश्लेशक होइन, न त म  मनोवैज्ञानिक विज्ञ नै हो तर कतिपय घटना परिघटनाहरुलाई मनोवैज्ञानिक हिसाबले हेर्न रुचाउने एउटा सचेत नागरिक हुँ । घन्टीको पक्षमा यतिका मानिसहरु किन उर्लिए होलान ? गणतन्त्र, समावेसिता र लोकतन्त्रकोलागि आफ्नो जीवन भरि लडेका पुराना नेता तथा पार्टीहरु किन यति साह्रो तिरस्कृत भए ? त्यत्रो त्याग गरेका नेताहरु प्रति किन जनताहरुको मोह भंग भयो होला ? म लगायत धेरैलाइ खुल्दुली हुनु स्वभाविकै हो ।

राजनैतिक विश्लेशकहरुका अनुसार देश घन्टीमय हुनुको पछाडी केहि बर्षदेखिको अस्वस्थ राजनैतिक सस्कृति र खिचातानीमा पुराना पार्टी र नेताहरुको झेली खेल जिम्मेवार छ । तथाकथित वामपन्थी पार्टी र बुद्धिजिबीहरुले यसको मुख्य कारण बाहय भनेता पनि यो हुनुमा मुख्यगरी आन्तरिक कारण नै जिम्मेवार छन् । राजा हटाएपछि नेताहरुको राजा जस्तो रवाफी ठालुपन आफुमा हुनु, अपारदर्शी कार्यसैली हावी हुनु, कर्मचारी तन्त्रलाइ दलियकरण गरेर छाडा छोड्नु, नागरिकहरुलाई पक्षपाती व्यबहार गर्नु, सामन्ती र अधिनायकवादी सस्कार अवलम्बन गर्नु, भ्रस्टाचार, नातावाद, कृपावाद नरोकिनु, थिति बसाली सुशासन कायम गर्न असफल भएकोमा जिम्मेवारीवोध नहुनु, नागरिकका सरोकारका प्रश्नहरुको जवाफदेहीता भन्दा छुद्र तथा ओठे जवाफ फर्काइ समाजमा रिस र द्वेष फैल्याउनु आदि आदिलाइ मुख्य कारक तत्व ठानेका छन । राजनैतिक बाहेक यसका मनोवैज्ञानिक कारणहरु पनि छन् । सानो बिवेचना  गरौं ।

पार्टी र नेताहरुले दिएका आस्वासन र डेलिभरीबीचको खाडलले आम जनता विशेषगरि युवाहरु सन्तुष्ट थिएनन् । संघीयता आएपछि आशावादी भएका जनताहरुले अपेक्षित परिणाम नदेखेपछि जनताहरुमा शासनसत्ता प्रति बिस्तारै नकारात्मक भावनाहरू पैदा हुदैँ गएका थिए।

निराशा विस्तारै क्रोध (anger) मा रूपान्तरण भयो, विशेषगरी नागरिकहरुले आफूहरुको मतको वास्ता नभएको र अवसर गुमाएकोमात्र नभई हाम्रालाई काखा र राम्रालाई पाखा गरे पछि अन्याय भएको अनुभव गरे ।

यस्ता नकारात्मक भावनाहरू प्रायः एक्लै उत्पन्न हुँदैनन् । एउटा भावनाले अर्को भावनालाई जन्म दिँदै मनोभावनाको लामो शृङ्खला सिर्जना गर्छ । त्यहि भयो । जब आम नागरिकहरुले नेता तथा पार्टीहरुले दिएका आश्वासन र आफुले अपेक्षा गरेका आकांक्षाहरु प्राप्त गर्न सकेनन् । काँग्रेस वा माओवादीलाई बहुमत दिदा होस् वा वामपन्थीहरुलाई दुइ तिहाइ दिँदा होस् उनीहरु कुकुर बिराला झैँ झगडा गर्नमै व्यस्थ रहे र जनताहरुले पटक–पटक धोका पाएको महसुस गरे, त्यहाँबाट निराशा (frustration)  उत्पन्न भयो। यही निराशा विस्तारै क्रोध (anger) मा रूपान्तरण भयो, विशेषगरी नागरिकहरुले आफूहरुको मतको वास्ता नभएको र अवसर गुमाएकोमात्र नभई हाम्रालाई काखा र राम्रालाई पाखा गरे पछि अन्याय भएको अनुभव गरे । त्यसपछि क्रोधले मनभित्र डर, त्रास,भय (fear)  र आक्रोसको भावना जाग्दै आयो, नागरिकहरुले भविष्यप्रति अनिश्चितता र असुरक्षाको महसुस गर्न थाले। यसले चिन्ता (anxiety)  र निरन्तर तनाव (stress)  बढाउँदै लग्यो ।

 समयसँगै जब आम नागरिकहरुले अवसर गुमेको, खोजेको चिज नपाएको, नेतासँग सम्बन्ध चिसिएको वा आशा पुरा नभएको महसुस गरे । त्यसले नागरिकहरुको मनमा अब नेपालमा भविस्य छैन, रोजगारी पाउने स्थिति पनि छैन, विदेश नगइ अरु उपाय छैन, देशमा बस्दा सुखका भन्दा झन् दुखका दिन आउने भए भन्ने भन्ने सोचले नागरिकहरुलाई दुखि (sadness)  बनाउदै लग्यो । हरेक जसो नागरिकको मन बेचैन हुन थाल्यो।  यस्तो अवस्था लामो समयसम्म रहेपछि आफुले भोट दिएका वा भरोसा गरेकालाई किन सहयोग गरेंछु भन्ने भावनाले मनमा पश्चाताप, (regret)  ग्लानी , रीस आदि भावनाहरु जन्मायो । जहाँ नागरिकहरुले नेता र पार्टीहरुलाई मात्र हैन, बाहिर नभने पनि, भित्रभित्रै आफू नै असफल भएको र आफु गलत पार्टी र नेताको पछि लागेछु भन्न थाले।

विगतमा आफुले भोट दिएर होस् वा समर्थन गरेर गल्ती गरेको सम्झँदा भित्र भित्रै आफुलाई झन् बढि अपराधबोध (guilt) भएको विचारले थिच्न थाल्यो । एकातिर, पार्टीकै कार्यकर्ता र आम नागरिकहरुमा त्यस्तो अपराधबोध, ग्लानि (guilt)  को भावना थप गहिरो हुन थाल्यो भने अर्कोतर्फ, आफु नै असफल भएको र गल्ति गरेको अपराधबोधको भावना नागरिकहरुमा झन् झन् गहिरो हुदै जानु र आफु सरहका नाता गोता, इस्टमित्र, नेता, कर्मचारी, उद्योगी व्यापारी साथीहरुले प्राप्त गरेको सफलता वा अवसर देख्दा तुलनात्मक रुपले कम मौका पाएका र अन्यायमा परेका न्याय नपाएका आम नागरिक, उद्योगी, व्यापारी किसान र मजदुर वर्गमा आशा भन्दा रिस, ईर्ष्या वा डाह (jealousy/envy) ,दिक्कलाग्दो, निराशजनक अबस्था पैदा भयो, जसले उनीहरुको मनमा झन् बढि असन्तोष बढायो। यी सबै ढुखी हुने नकारात्मक भावनाहरू एक पछि अर्को गरि जम्मा हुँदै थुप्रिदै जाँदा भरोसा गरेका पुराना नेता र पार्टीहरुप्रति घृणा (hatred) र ति नेता र पार्टीहरुले गरेका वाचा प्रति गहिरो तहको अस्वीकार र तिरस्कारको भावना विकसित भयो।

आम नागरिकका यी भावनाहरूलाई कांग्रेस, एमाले, माओवादी, मधेशवादी, राजावादी र चुनाव बहिस्कारवादी कसैले पनि समयमै बुझ्न र सम्हाल्न सकेनन । ती भावनाहरु अन्ततः घृणा (disgust) र ति नेता र पार्टीहरुले गरेका बाचा प्रति गहिरो तहको अस्वीकार र तिरस्कारको भावना विकसित भयो। आम नागरिकका यी भावनाहरूलाई कांग्रेस, एमाले, माओबादी, मधेशबादी, राजाबादी र चुनाब बहिस्कारबादी कसैले पनि समयमै बुझ्न र सम्हाल्न सकेनन/ ती भावनाहरु अन्ततः प्रतिशोध (hatred) मा प्रतिशोध (revenge) मा बिस्फोटको रुपमा परिणत भए, मेहनत गर्ने जागर मर्दै गयो । केहि नागरिकले इमान्दार हुनु भन्दा चाकरी चाप्लुसी गर्नेको प्रगति हुन्छ भन्ने सोच्न थाले । केहि नागरिकले आफुले कति सृजनसिल भएर मेहनतका साथ काम गरें भन्ने कुराबारे समीक्षा गर्नु भन्दा नेता र सत्ताधारी पुराना पार्टीहरुलाई गालि गर्न थाले । केहि नागरिकले वैकल्पिक शक्तिको खोजि पनि गर्न थाले ।

गत ०७९ को आम चुनाव र स्थानीय चुनावमा केहि सहरहरुको चुनावी परिणाम त्यसको झिल्कोको रुपमा देखियो । बालेन, हर्क, गोपी जस्ता पात्रहरुको उदय भयो । त्यस पनि पुराना नेता र पार्टीहरुले नजर अन्दाज गरे।  नानी मैया र ६४को माओवादी हुन् भनि खिसी टिउडी गर्दै सचेत आमनागरिकले दिएको संदेश ठुला पार्टीका ठुला भनिने नेताहरुले सुनेको नसुनै गरे । आम नागरिकहरु ति नेताहरुको पारा देखेर आजित भैसकेका थिए ।

हरेक व्यक्तिको हातमा भएको मोबाइल र अल्गोरिदममा दैनिक ३, ४ घण्टा बस्ने जो सुकैलाई सामाजिक संजाल बन्द गर्ने भदौको सरकारको निर्णयले थप आक्रोस पैदा गर्यो । युवाहरुले त्यो आक्रोस, घृणा र प्रतिशोधको भावनालाई सडकमा पोख्ने विचार गरे । दुर्भाग्यवस भदौ २३ र २४ को घटना घट्यो । यसको  भौतिक र आर्थिक नोक्सानीको हिसाब किताब त भैरहेको होला तर त्यसको मनोवैज्ञानिक र भावनात्मक नोक्सानी त कति भयो कति सोचन, कल्पना पनि गर्न सकिन्न । त्यो नेता र पार्टीहरु प्रतिको क्रोध, निराशा, डर, त्रास, भय, आक्रोस, आफु, आफ्ना विदेशमा भएका छोराछोरीहरु र देश प्रतिको चिन्ताले निरन्तर तनाव, अपराधवोध, रिस, ईर्ष्या, डाह, र अन्त्यमा घृणा (hatred)  र  प्रतिशोध (revenge) आम नागरिक, घर घरमा निराशा, आवेस, आक्रोश, पैदा गर्यो त्यो उकुस मुकुसले बिष्फोटक रुप लियो ।

गगन विश्वले घृणा र प्रतिशोधको बिष्फोटक रुपको आँकलन गरे, यस्तो किन भयो होला भन्ने कुराको अनुभूति गरे, आम जनतासँग क्षमा मागे, पार्टीलाइ रुपान्तरण गर्न पहल पनि गरे तर देउवाले धोका दिएका पार्टी पङती ,शुभचिन्तक र आम जनताहरुले उनीहरुलाई क्षमा गरेनन् । उनीहरुले गरेका बाचाहरु सुनेनन्, सुन्नेले पत्याएनन् र भोट दिएनन् ।

त्यो रुपलाई ओलीले चिन्न सकेनन् ।  प्रचण्ड र अरुहरुले २३ मा र २४ मा बितण्डा गर्नेलाई गालीगलोज गरेर पानी माथिको ओभानो हुन खोजे। जनताले उनीहरुको कुरा पत्याएनन् । गगन विश्वले घृणा र प्रतिशोधको बिष्फोटक रुपको आँकलन गरे, यस्तो किन भयो होला भन्ने कुराको अनुभूति गरे, आम जनतासँग क्षमा मागे, पार्टीलाइ रुपान्तरण गर्न पहल पनि गरे तर देउवाले धोका दिएका पार्टी पङती, शुभचिन्तक र आम जनताहरुले उनीहरुलाई क्षमा गरेनन् । उनीहरुले गरेका बाचाहरु सुनेनन्, सुन्नेले पत्याएनन् र भोट दिएनन् । पुरानो पार्टी र नेताहरुप्रतिको त्यो क्रोध र उकुस मुकुस पोख्ने माध्यमको रुपमा देश पुरै घन्टीमय भयो।

सुन्ने र मनन् गर्नेलाई यो चुनावको परिणामको महत्वपूर्ण सन्देश के होला ?  नकारात्मक भावनाहरूलाई लामो समयसम्म मनमा बस्न दिनु भनेको घृणा (hatred) र प्रतिशोध (revenge) लाइ निम्त्याउनु हो । यस्ता नकारात्मक भावनाहरूलाई समयमै बुझिएन, आत्मचिन्तन,  समानुभुती, सहानुभूति, संवाद र सकारात्मक सोच,मार्फत रूपान्तरण गर्न सकिएन भने क्रोधलाई साहस र न्यायप्रतिको प्रतिवद्धतामा, निराशालाई नयाँ प्रयास र सिर्जनशीलतामा र क्रोधलाई सकारात्मक सोच र पुनर्निर्माणको लागि चाहिने सिर्जनशील शक्तिमा बदल्न सकिएन भने पछि त्यो जनताको क्रोध र उकुस मुकुस पोख्ने माध्यम चुनाव नभएर अरुनै पनि हुन सक्दछ । यसैले, भावनाहरूलाई दबाएर होइन, शुनेर, न्याय दिएर, घोषणापत्रमा लेखेका कुरा लागु गरेर सकारात्मक दिशातर्फ रूपान्तरण गरेर मात्रै व्यक्ति, समाज देशलाई रचनात्मक र उज्यालो भविष्यतर्फ अघि बढाउन सकिन्छ। यसको लागि रास्वपा ले सुवर्ण अवसर पाएको छ।  यसको वाचापत्रको पहिलो बुँदा दलितको पक्ष्यमा काम गर्नेबाट सुरु भएर र अन्तिम तथा १०० यौ बुदामा भने झैँ नम्रता, सेवा, जवाफदेहिता, समान र परिश्रम गर्ने , रास्वपा को वाचा पुरा गर्न रबि, बालेन, स्वर्णिम र स्वतन्त्र पार्टीलाइ जनताले त शक्ति दिए, अब पशुपतिनाथ र सरस्वति माताले शक्ति, वुद्धि, विवेक र ज्ञान दिउन। हेरौँ त्यो शक्ति र ज्ञान व्यबहारमा उतार्न उहाँहरु कत्ति संयम र सक्षम देखिनु हुन्छ । समयले बताउने छ । हामी नागरिकहरुले  नागरिकहरुको आवाज सुनिने विश्वासका साथ  खबरदारी  सहितको उहाँहरुलाई शुभ कामना दिनु पर्दछ ।

डा. भरत कुमार पोखरेल विकास, विज्ञान र सुशासन विषयमा कलम चलाउँछन् ।