फ्रान्समा प्रदर्शन उग्र: भिडन्त, आगजनी र लुटपाटपछि बाह्र सय भन्दा बढी पक्राउ
आन्दोलन खास गरी विद्यालयहरूमा शिक्षकको अभाव र जीर्ण भवनको विरोधमा १५ देखि १८ वर्षका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेका थिए। तर शनिबारको प्रदर्शनमा ट्रेड युनियनहरू र सन् २०१८ देखि महँगीविरुद्ध आन्दोलित ‘येलो भेस्ट’ समूहसमेत सहभागी भएपछि प्रदर्शनले ठुलो रूप लिएको हो।
एजेन्सी,१ कात्तिक ।
विद्यालयहरूमा देखिएका समस्या, पूर्वाधारको दुरावस्था र बढ्दो महँगीको विरोधमा फ्रान्सभर सुरु भएको विरोध प्रदर्शन पछिल्लो समय तीव्र र हिंस्रक बनेको छ। फ्रान्स सरकारका अनुसार देशव्यापी प्रदर्शनका क्रममा करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएका थिए।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि देशभरबाट कम्तीमा १,२०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबिच व्यापक झडप, आगजनी र लुटपाटका घटनाहरू घटेका छन्।

राजधानी पेरिसमा दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको मुख्य र्याली साँझपख हिंसात्मक बनेको थियो। प्रदर्शनकारीहरूले सडकमा आगो बाल्नुका साथै प्लास द ला रिपब्लिक जस्ता प्रमुख क्षेत्रहरूमा गाडीहरू जलाएका थिए, जसलाई नियन्त्रणमा लिन दङ्गा नियन्त्रण प्रहरीले अश्रुग्याँस र वाटर क्यानन प्रयोग गर्नुपरेको थियो। पेरिसका पसलहरूमा तोडफोड गरी सामान लुटपाट गरिनुका साथै रेस्टुरेन्टहरूमा समेत आगो लगाइएको थियो।
पेरिस बाहेक लिमोज सहरको ऐतिहासिक नगरभवनमा ठुलो आगजनी हुँदा छतको केही भाग भत्किएको छ भने लियोनको चर्चित पर्यटकीय सूचना केन्द्र र लिलस्थित एप्पल स्टोरमा तोडफोड र लुटपाट भएको छ। यस्तै सेन्ट-एटियनमा भएको झडपका क्रममा ग्रिनेड विस्फोट भई एक युवाले हात गुमाएका छन्।
राजनीतिक क्षेत्रमा पनि यस घटनालाई लिएर तीव्र आरोप-प्रत्यारोप सुरु भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले सार्वजनिक सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा तोडफोड तथा लुटपाट गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
यो आन्दोलन खास गरी विद्यालयहरूमा शिक्षकको अभाव र जीर्ण भवनको विरोधमा १५ देखि १८ वर्षका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेका थिए। तर शनिबारको प्रदर्शनमा ट्रेड युनियनहरू र सन् २०१८ देखि महँगीविरुद्ध आन्दोलित ‘येलो भेस्ट’ समूहसमेत सहभागी भएपछि प्रदर्शनले ठुलो रूप लिएको हो। प्रदर्शनका क्रममा १५० भन्दा बढी प्रहरी अधिकारी घाइते भएको जानकारी दिँदै फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले केही समूहले आगामी राष्ट्रपति निर्वाचनका लागि हिंसालाई पूर्वाअभ्यासका रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छ।
राजनीतिक क्षेत्रमा पनि यस घटनालाई लिएर तीव्र आरोप-प्रत्यारोप सुरु भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले सार्वजनिक सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा तोडफोड तथा लुटपाट गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। दक्षिणपन्थी नेत्री मारिन ले पेनले विद्यार्थीका जायज मागलाई उग्र वामपन्थीहरूले बन्धक बनाएर हिंसा भड्काएको आरोप लगाएक छन् भने उग्र-वामपन्थी नेता जाँ-लुक मेलान्चोनले लुटपाट र आगजनीको निन्दा गर्दै प्रहरीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको दाबी गरेका छन्। सरकारले ३ हजार अतिरिक्त शिक्षक परिचालन गर्ने आश्वासन दिए तापनि प्रदर्शन थप उग्र बन्दै गएको छ।

