एकै वर्षमा तिनओटा हिममण्डलीय बाढी आउनु संयोग मात्र हो कि मानव सृजित जलवायु परिवर्तनको कारणले चिसो वातावरण क्षेत्रले भूहलचल  सहनसक्ने सीमा तोडिन गई यस्ता विध्वंशात्मक बाढीको नियमितता (Regularity) हुन गएको हो एकिन गर्न जरुरी छ।

नेपालमा हालका वर्षहरुमा हिममण्डलीय (चिसो वातावरण भएको क्षेत्र)मा विनासकारी बाढीका घटनाहरु बारम्बार देखा पर्न थालेका छन्। सन् २०१२ मा सेती नदीमा करिब ४०००—५००० मिटर उचाईमा भएको हिमपहिरोले पोखरामा निकै नोक्सान गर्यो।

सन् २०१६ मा चीनबाट हिमताल विस्फोट (४५००—५०००)मिटर भई आएको बाढीले मितेरी पुलसँगै तातोपानी कोदारी लिपिङ बस्तीका धेरै घरहरु भत्कायो र केही बगाएर लग्यो। मितेरी पुल बिग्रिएकाले नेपाल—चीन व्यापार बन्द भयो। माथिल्लो भोटेकोसी विद्युत आयोजनाको बाँध, विद्युतगृह तथा सडकमा क्षति पु¥यायो।

सन् २०२१ मा मेलम्चीमा ठूलो बाढि आयो । मेलम्ची खानेपानी आयोजनाको बाँध र विद्यृतगृह तथा पुल र सडकमा क्षति पु¥यायो। तल्लो तटिय क्षेत्रका बस्तीहरुका घर, गोठ, पुल सडक आदि विगार्यो । त्यहीँ साल चामेमा (३०००—५०००)मिटरबाट आएको ग्रेगानसहितको बाढी (Debris flow), घरहरु, पुल र सडक भत्कायो। त्यसैगरी सन् २०२३ मा मुस्ताङ्ग जिल्लाको कागबेनीमा ३०००—४००० मिटरको उचाईबाट आएको बाढीले थामेमा घरहरु, बाटो र विद्युत आयोजनालाई क्षति पु¥यायो।

गत साल सन् २०२५ मा चीनमा रहेको पुरेपु हिमताल फुटी भोटेकाशी त्रिशुलीमा आएको बाढीले धेरै जलविद्युत आयोजनाहरुको बाध र विद्युतगृहमा क्षति पु¥याएको थियो । विद्युत सबस्टेशन, ट्रान्समिसन लाइनहरु बिगारेकोले उत्पादन गरिएको बिजुली उपभोत्ता सामु पु¥याउन कठिन भएको थियो । चीनबाट आयात गरिएका विभिन्न किसिमका गाडीहरु, मालसामान ओसारपसार गर्ने ट्याङ्गहरु बगाएको थियो । रसुवानाकाबाट हुने व्यापार पूर्णरुपमा बन्द भएको थियो । त्यसले गर्दा सरकारलाई व्यापारबाट हुने आम्दानी रोकिएको थियो । एक अध्ययनले देखाए अनुसार २०२५को सो बाढीले झण्डै १२० मिलियन डलर बराबरको नोक्सान गरेको थियो ।

नेपालले यस वर्ष भित्र तिनवटा हिममण्डलीय ३०००—५५०० मिटर विध्वशकारी बाढीका घटना व्यहोर्नुपर्यो। भाद्र १० मा नेपालमा पर्ने छोन्चेन खोलाको शिरमा हिमपहिरोको कारणले हिमनदी भत्किएर आएको बाढीले धेरै धनजनको क्षति पु¥यायो। यसको केही दिन पछि चामेमा ग्रेगानसहितको बाढी (Debris flow) आई मस्याङदी नदी थुन्यो र पुल सडक र घरहरुमा क्षति पु¥यायो। हालसालै बुढिगण्डकी नदीमा लेदोसहितका ठूल्ठूला ढुंगा बगाउँदै आएर तिनवटा विद्युत आयोजना, ४५ घर, ३४ गोठ, चार पुल र विभिन्न ठाउँमा सडकलाई क्षति पु¥यायो।

बाढीको जोखिमसँगको बढी अभिमुखता(Exposure)अर्थात बाढीको जोखिम युक्त स्थानहरुमा घर/बस्ती निर्माण, पूर्वाधारहरु जस्तै जलविद्युत, सडक, पुल, पुलेसाहरु एवं बस्तीहरुको विकासमा स्थान विशेषकf] जोखिमतालाई ध्यान दिई बाढी जोखिमयुक्त ठाउँमा लगानी गर्न हतोत्साहीत गरिनु पर्दछ।

पहिला पनि यस्ता बाढीहरु नआएका होइनन्। विभिन्न समय र स्थानहरुको अन्तरालमा यस्ता बाढीहरु आउँथे। तर, अहिले एकै वर्षमा तिनओटा हिममण्डलीय बाढी आउनु संयोग मात्र हो कि मानव सृजित जलवायु परिवर्तनको कारणले चिसो वातावरण क्षेत्रले भूहलचल  सहनसक्ने सीमा तोडिन गई यस्ता विध्वंशात्मक बाढीको नियमितता (Regularity) हुन गएको हो एकिन गर्न जरुरी छ। संयोगमात्र भए एक वर्षमात्र ठूलो नोक्सानी हुने तर नियमिता हो भने त्यस्ता घटनाहरु बारम्बार दोहोरिन गई हानीनोक्सानी बढ्दैजाने र विकासमा नकारात्मक प्रभाव पर्न सक्दछ।

भूमण्डलीय क्षेत्र वा चिसो वातावरण भएको क्षेत्रमा वातावरणीय हलचल ल्याउने मुख्य कारण भनेको हिउँ, बरफ र तुषारो हुन् । यिनिहरुको तापक्रमसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । नेपालले भोगी रहेको तापक्रमको वृद्धि शुन्य दशमलव शुन्य ५६ (०.०५६)डिग्रि सेल्सियस छ । उच्च पहाडी भागमा तापक्रमको वृद्धिदर तुलानात्मकरुपमा धेरै छ।यसरी बढ्दो तापक्रमको कारणले काठको घना जङ्गल वार्षिकरुपमा करिब २.६ मिटर, वृक्ष रेखा २.५ मिटर, हिम रेखा ३.१४ मिटर, जमेको जमिनको भाग (Permafrost) २.३ मिटर माथी सर्दे गरेको कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसैगरी हिमनदी १०, १५ मिटरले पछाडी हट्दै गएको र हिमतालहरुले ढाकेको क्षेत्रफल बढ्दै गएको छ।

यी तथ्यहरुले के देखाउँछ भने मानव निर्मित जलवायु परिवर्तनले चिसो वातावरणमा विभिन्न किसिमका हलचलहरु ल्याइरहेका छन्। जलवायु परिवर्तनले गर्दा भएका यस्ता हलचलहरु सहन गर्नसक्ने सिमा पार गरेको र यस्ता घटनाहरु नियमिततामा परिवर्तन भएका त होइनन् ? यस सम्बन्धमा व्यापक संवाद र छलफल हुनुको साथै प्रमाण जुटाई विश्लेषण गरिनु पर्दछ ।

यस्ता बाढीबाट हानी नोक्सानी बढ्नुको कारण बाढीको जोखिमसँगको बढी अभिमुखता(Exposure)अर्थात बाढीको जोखिम युक्त स्थानहरुमा घर/बस्ती निर्माण, पूर्वाधारहरु जस्तै जलविद्युत, सडक, पुल, पुलेसाहरु एवं बस्तीहरुको विकासमा स्थान विशेषकf] जोखिमतालाई ध्यान दिई बाढी जोखिमयुक्त ठाउँमा लगानी गर्न हतोत्साहीत गरिनु पर्दछ।

नोट : तापक्रम ग्राफ भूगर्भविद रञ्जनकुमार दाहालको सामाजिक सञ्जालबाट ।