काठमाडौं, २७ असोज ।
आज नवरात्रको तेश्रो दिन दुर्गादेवीको चन्द्रघण्टा स्वरुपको पुजा आराधना गरिन्छ। शिरमा अर्धचन्द्र धारणा गर्ने र शिरको स्वरुप घण्टाजस्तो भएकोले चन्द्रघण्टा भनिएको हो ।
सुनको जस्तो पहेलो देदीप्यमान शरिर भएकी, दशवटा भुजा भएकी सिंहमा सवार हुने चन्द्रघण्टा युद्ध मुन्द्रामा हुन्छिन् ।देवीले यो स्वरुपमा दानवमा भएको अत्याचारी, दानवी र राक्षसी प्रवृतीलाई विनास गर्ने गर्छिन।
सधै युद्धाभिलासी देखिए पनि देवीलाई साधकहरुले करुणामयी मातृरुपाको रुपमा पाउँछन्। सङ्गित क्षेत्रका साधकहरुका लागि अलौकिक स्वर, ज्ञान र सफलता प्राप्त गर्न देवीको चन्द्रघण्टा स्वरुप लाभकारी मानिन्छ।
चन्द्रघण्टा देवीको ध्यान मन्त्र
पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैयुता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

पचाङ्ग, ग्रहगोचर : देवी पक्ष तृतिया

२०८३ साल अशोज २७ गते मंगलवार । अशोज शुक्लपक्ष , तृतिया तिथि । सन् २०२६ अक्टुवर १३ । नेपाल संवत ११४६। शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । शरद ऋुतु ।

सूर्य : ६ः०३ मा उदय १७ः३५ मा अस्त
चन्द्र : तुला राशीमा
तिथिः तृतिया
नक्षत्रः विशाखा नक्षत्र
योग : प्रीति
करण : तैतिल ९ः४४ पछि गर
ब्रह्म मुहुर्तः ०४ः२३—०५ः१३ बिहान
अभिजित मुहुर्त :११ः२७—१२ः१३
राहुकाल : १४ः४३— १६ः१० सम्म

ग्रहगोचर
सूर्यः कन्या राशी चित्रा नक्षत्र
चन्द्र:  तुला राशी विशाखा नक्षत्र
मंगलः कर्कट राशी पुष्य नक्षत्र
बुधः तुला राशी विशाखा नक्षत्र
बृहस्पतिः कर्कट राशी अश्लेषा नक्षत्र
शुक्रःतुला राशी स्वाती नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपद नक्षत्र
राहुः कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र