उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

काठमाडौैं, २६ अशोज ।

नेपाली कांग्रेसको महत्वपूर्ण कार्यकारी पदमा प्रदीप पौडेल र उदय शमसेर राणा विजयी भएका छन् । १५ औं महाधिवेशनको चुनावी प्रतिस्पर्धामा रहेका ८ जनालाई पछि पार्दे उनीहरु निर्वाचित भएका हुन् ।
प्रदीप विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् । उनले दोश्रो पटक महामन्त्रीको जिम्मेवारी पाएका छन् । महिला महामन्त्रीमा डिला संग्रौला पन्त निर्वाचित भएकी छन् ।
पछिल्लो परिणाम अनुसार उपसभापति दुई खुला पदमा चन्द्रकान्त भण्डारी र इं.मधु आचार्य निर्वाचित भएका छन् । समावेशी उपसभापति पदमा विनोद चौधरी निर्वाचित भएका छन् । उससभापित महिलामा यसअघिनै पुष्पा भुसाल सर्वसम्मत निर्वाचित भएकी थिइन ।
कांग्रेस विधानमा महामन्त्रीलाई केन्द्रीय कार्यालयको सञ्चालन,संगठन परिचालन लगायतका जिम्मेवारीहरु दिइएको छ । विशेष महाधिवेशनबाट पौडेल र गुरुराज धिमिरे महामन्त्रीमा निर्वाचित भएका थिए । धिमिरे विशेष महाधिवेशनका प्रमुख मध्येका हुन् । विशेष अधिवेशनका ‘निमित्त नायक’ को भूमिकामा रहेका घिमिरेलाई १५ महाधिवेशनले चौथा ेस्थान दिएको छ ।
महामन्त्रीको प्रतिस्पर्धामा तेश्रो स्थानमा डा.सुनिल शर्मा आएका छन् । पाचौ स्थानमा नैनसिंह महर, छैठोस् थानमा अमरसिंह पुन, सातौ स्थानमा शंकर तिवारी र आठौं स्थानमा डा.सन्तोष शर्मा आएका छन् । प्रदीपको ४ हजार १९४ मत प्राप्त गरेका छन् । उदय शमसेरले २ हजार ३३० मत पाए । सुनिल शर्माले २ हजार ५१३, नैनसिंह महरले १ हजार १२५, अमरसिंह पुन १ हजार १२५, शंकर तिवारीले १२३ मत र डा. सन्तोष उपाध्यायले ९३ मत पाएका छन् । महामन्त्रीमा प्रदीपले सर्वाधिक शानदार मत पाएका छन् । महामन्त्रीम उदय शमसेर र सुनिल शर्माको मतान्तर निकै कम छ ।
महिला महामन्त्रीमा विशेष अधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित डिला संग्रौला पन्त विजजी भएकी छन् । महालक्ष्मी उपाध्याय डिनालाई १ हजार २ सय ५४ मतले पछि पार्दे डिला निर्वाचित भएकी हुन् । महिला महामन्त्रीको उमेदार रीता खनाल तेश्रो स्थानमा रहिन । महिला महामन्त्रीमा डिलाले ३ हजार ११८ मत प्राप्त गर्दे विज्ञयी भइन, महालक्ष्मी २ हजार ८६४ मत पाएर दोश्रो भइन भने खासमा रणनीति उमेदवारकोरुपमा मैदानमा उत्रिएकी रीता खनाललाई कांग्रेसजन ८०४ मत पाइन ।
कांग्रेसको वरियताका आधारमा दोश्रो पद उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।
चन्द्र भण्डारीले ३ हजार ७३५ तथा इं.मधु आचार्यले २ हजा ३४२ मत पाएर विजयी भएका छन् । खुला प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्र पाण्डेले १ हजार ६७३, धनराज गुरुङ्गले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत पाएका छन् ।
समावेशी एक उपसभापति पदमा ५ जना मैदानमा थिए । विनोद चौधरी १ हजार ७४५ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पधी जीवन परियारले १हजार ६५८ फमुल्ला मंसुरले १ हजार ११४, सिता गुरुङ्गले १ हजार ११२ र रंञ्जित कर्णले ५०६२ मत पाएका छन् ।
खुला उपसभापतिमा इं, मधु आचार्य विशेष अधिवेशनका अगुवा मध्येका हुन् । चन्द्र भण्डारीले भने विशेष अधिवेशनलाई किरानाबाट सहयोग र समर्थन गर्दे आएका नेता हुन् । यता समावेशी उपसभापतिका उमेदवार फर्मल्ला मंसुर विशेष अधिवेशनका पक्षधर हुन् ।