काठमाडौं, २६ असोज । दुर्गापक्षका ९ रातलाई नवरात्र भनिन्छ । यी नवरात्रमा देवीका विभिन्न स्वरुपहरुको पुजा आराधना गर्ने गरिन्छ । आज नवरात्रको दोश्रो दिन  दुर्गादेवीको ब्रह्मचारिणी स्वरुपको पुजा आराधना गरिन्छ ।

ब्रह्मचारिणी देवीले सेतो वस्त्र धारणा गरेकी छन् । उनले दाहिने हातमा जपमाला लिएकी छन् भने बायाँ हातमा कमण्डलु धारणा गरेकी छन् । आश्विन शुक्ल द्धितियाका दिन ब्रह्मचारिणी देवीको दिव्य स्वरुपको ध्यान गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीको ध्यान मन्त्र
दधाना करपद्माध्यामक्षमालाकमण्डलु ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।
सतीदेवीका देहत्याग पछि उनले हिमालयकी छोरी भएर जन्म लिन्छिन । उनको नाउ पार्वती राखिन्छ । उनै पार्वतीले शिवजी पति प्राप्त गर्न कठोर तपस्या गर्छिन । कठोर तपस्या गर्ने भएकोले उनको नाम ब्रह्मचारिणी हो ।
ब्रह्मचारिणीको ध्यान पुजा गर्नाले सदाचार, तप, त्याग वैराग्य, संयम र ऐश्वर्य प्राप्त हुन्छ । सघर्षमय जीवनमा ब्रह्मचारिणी देवीको उपासना श्रेयस्कर मानिन्छ ।

पचाङ्ग, ग्रहगोचर : देवी पक्ष द्धितिया

२०८३ साल अशोज २६ गते सोमवार । अशोज शुक्लपक्ष , द्धितिया तिथि । सन् २०२६ अक्टुवर १२ । नेपाल संवत ११४६ । शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । शरद ऋुतु ।

सूर्य : ६ः०२ मा उदय १७ः३६ मा अस्त
चन्द्र : तुला राशीमा
तिथिः द्धितिया
नक्षत्रः स्वाती नक्षत्र
योग :  विष्कम्भ
करण : वालव ८ः५३ पछि कौलव
ब्रह्म मुहुर्तः ०४ः२३—०५ः१२बिहान
अभिजित मुहुर्त ११ः२७—१२ः१३
राहुकाल : ७ः२९— ८ः ५६ सम्म
ग्रहगोचर
सूर्यः कन्या राशी चित्रा नक्षत्र
चन्द्र : तुला राशी स्वाती नक्षत्र
मंगलः कर्कट राशी पुष्य नक्षत्र
बुधः तुला राशी विशाखा नक्षत्र
बृहस्पतिः कर्कट राशी अश्लेषा नक्षत्र
शुक्रः तुला राशी स्वाती नक्षत्र
शनिः मीन राशी उत्तरभाद्रपद नक्षत्र
राहुः कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र