सूर्यविनायक ५ कटुञ्जे, आफ्नै नयाँ भवनमा, भोलीबाट सेवा सञ्चालन हुने
वडा अध्यक्ष राजकुमार जोशीको नयाँ भवनबाट नयाँ ढंगले काम गर्ने उद्घोष ।
सूर्यविनायक, २५ असोज।
सूर्यविनायक नगरपालिका वडानं ५ को प्रकाशकीय भवन सञ्चालनमा आएको छ । वडा दशै घटस्थापनको साइत पारेर सूर्यविनायकका नगरप्रमुख बासुदेव थापाले एक समारोहमा निर्माण सम्पन्न भएको भवनको शनिबार उद्घाटन गरे ।
नगरप्रमुख थापाले शिलालेख अनावरण तथा भवनको मूलढोकामा रिवन काटेर उद्घाटन गर्ने क्रममा भक्तपुरका निवर्तमान सांसद एंव नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता भट्टराई तिमसिना सहभागि थिए ।
नगरप्रमुख थापाले अनावरण गरेको शिलालेखमा भनिएको छ ‘सूर्यविनायक नगरपालिका वडानं ५ कटुञ्जे, भक्तपुरको नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख श्री वासुदेव थापाद्धारा वडा अध्यक्ष श्री राजकुमार जोशीको उपस्थितिमा भएको समारोहमा सु—सम्पन्न भया ।’
सूर्यविनायकमा आजसम्म भएका २१७ बैंठक र ३० वटा नगरसभा सबै सर्वसम्मतबाट सम्पन्न भएका छन् ।
आधुनिक सेवा, सुविधाले सम्पन्न भवन बाहिरी आवरण परम्परागत नेवारी शैलीमा निर्माण भएको छ । पार्किङ्ग भुईमुनिको तहसहित भवन साँढे चार तला अग्लो छ । वडा अध्यक्ष राजकुमार जोशीका अनुसार भवन २ करोड ९७ लाखमा ठेक्कामा निर्माण भएको हो ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दे नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकाको स्थापनाको प्रारम्भमा ३ वटा भाडाका साँगुरा कोठा र ५ जना कर्मचारीबाट सुरु भएको नगरपालिका आफ्नो नगरप्रमुखको दुई कार्यकालकाबीच उल्लेख्य प्रगती भएको बताए । नगरपालिका र नगरपाकिकाका सबैजसो वडाहरु आफ्नै भवनबाट काम गर्ने वातावरण बनेको थापाको भनाई थियो ।

नगरप्रमुख थापाले नगरपालिका स्थापनाका कठिन दिनहरुबाट गुज्रदै आएको चर्चा गर्दे छोटो अवधिमा नगरमा विकास, निर्माणको काम उल्लेखनीयरुपमा भएको, नगरपालिकामा राजनीतिक आग्रहपूर्वाग्रह राखेर काम नएको स्पष्ट गरे । उनले आउँने नगर नेतृत्वलाई भौतिक विकास, प्रशासनीक संरचना, कानून लगायतका कारणले सहज हुने बताए ।
नगरप्रमुखले नगरपालिकामा प्रारम्भदेखीले विकासका काममा एक्यद्धताको नीति लिएको बताए । उनले भने ‘आजसम्म भएको २१७ बैंठक र ३० वटा नगरसभा सबै सर्वसम्मतबाट सम्पन्न भएका छन् ।’
कार्यक्रम सम्बोधन गर्दे पूर्व सांसद दुर्लभ थापाले आधुनिक भवन पाएर आफू लगायत कटुञ्जेबासी भाग्यमानी भएको चर्चा गरे । थापाले भवन निर्णाय भएपछि जनतालाई सहज, सहुलियत सेवा प्रवाह गर्ने अवसर वडालाई प्राप्त भएको बताए । थापाले कटुञ्जे सूर्यविनायकको प्रमुख केन्द्र भएको बताए । राजनीतिक, साहित्य, प्रशासनीक, प्रहरी लगायतका क्षेत्रमा कटुञ्जेको बेग्लै पहिचान बनेको बताए ।
उपप्रमुख सरिता भट्टराईले कठिन अवस्थाबाट गुज्रदै भवन निर्माण हुन सकेको बताइन । उनले भवन आधुनिक सुविधासहित परम्परागत शैलीमा निर्माण भएको उल्लेख गरिन ।

नगरप्रमुख राजकुमार जोशीले नयाँ भवनबाट प्रशासनीक सेवा प्रारम्भ भएको बताए । उनले भने ‘नयाँ आफ्नै भवन पाएका छौं । भोलीबाट यहीँ भवनबाट वडाको काम हुन्छ ।’ जोशीले नयाँ भवनबाट नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याए । स्थानीयतहका नेतृत्वका सामु समय कम रहेको संकेत गर्दे जोशीले छोटो समयमा प्रतिवद्धता जनाएका योजना, नयाँ बजेटसहित आएका योजना, प्रदेशबाट आउँने कार्यक्रम सम्पन्न गर्नुपर्ने स्थिति रहेको बताए । वडाको टिम सक्रिय भएर लाग्नुपर्ने जोशीको भनाई थियो ।
समारोहमा नगरपालिकाका प्रशासकीय प्रमुख युवराज भट्टराईले वडा भवन निर्माण विभिन्न उल्झनबाट गुज्रदै निमार्ण हुन सकेको बताए । समारोहमा नगरका सबैजसो वडाका वडा अध्यक्षहरुको सहभागिता थियो ।
स्थानीयको बाक्लो उपस्थितिबीच सम्पन्न समारोहमा वडाका कार्यपालिका सदस्य कमला पोखरेले स्वागत मन्तव्य राखेकी थिइन भने वडा सदस्य मनोज थापाले घन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम वडा सचिव सिता दाहालले सञ्चालन गरेकी थिएन ।

