पहिरो झर्ने खोला थुनिने, खुल्ने भैरहेको हुनसक्छ : बाढीग्रस्त क्षेत्रबाट भूगर्भविद भास्कर खतिवडा
क्याम्प खोलाको सतह भन्दा ३० मीटर माथि थियो, त्यो क्याम्प बगाएको छ । यसले माथि शिरानमा केही गतिविधि भैरहेको छ, पहिरो खसिरहेको भन्ने अनुमान छ ।
काठमाडौं, २५ असोज ।
भूगर्भविद भास्कर खतिवडा बुढीगण्डकी जलाधार क्षेत्रमै कार्यरत छन्, बिहान झिसमिसैमै बुढीगण्डकी नदीमा ठूलो बाढी आएको जानकारी पाएपछि उनीहरु सुरक्षित स्थानमा सरेका छन् । छिनछिनमा सामाजिक सञ्जालबाट बाढीबारे सूचना सार्वजनिक गरिरहेका उनै
भास्करसँगको मोबाइलमा भएको कुराकानी ः
माछाखोला आसपासममा ५ः३० बजेको आसपासमा बाढी आयो नदी फेरी रोकियो भन्ने भयो । ६ बजेतिर खोला रोकियो, खोला थुनियो भन्दै केही साथीहरु खोलाबाट माथि आउँनु भयो । खोलामा बाढी आयो, फेरी थुनियो । के देखिन्छ भने खोला बारम्बार थुनिने फेरी थुनिने भैरहेको छ ।
बुढीगण्डकीको क्याम्प ३४१ बगाएको भिडियोबाट खोलामा बाढीको तह निकै माथि आएको देखिन्छ । सुरुमा बाढीको लेभल निकै तल थियो, पछि बाढीको लेभल ह्वात्त बढेको पाइएको छ । क्याम्प खोलाको सतह भन्दा ३० मीटर माथि थियो, त्यो क्याम्प बगाएको छ । यसले माथि शिरानमा केही गतिविधि भैरहेको छ, पहिरो खसिरहेको भन्ने अनुमान छ ।
खोलाले ठूलो परिणाममा लेदो (डेब्रि) ल्याउने थुपार्ने भैरहेको देखिन्छ र त्यही डेब्रि माथिबाट बग्नेक्रम छ । डेब्रि ल्यायो थुपार्यो, डेब्रि माथिबाट फेरी बग्ने क्रम छ ।
अहिले फेरी बुढीगण्डकी थुनिएको छ भन्ने जानकारी आएको छ । पहिरो झर्ने थुनिने भैरहेको होला । चुमनुम्री गाबिसमा पहिरो झरेको भन्ने हो ।
हामि सोती खोलामा बुढीगण्डकी क र ख का लागि ड्रिलिङ्ग गर्दे थियौं । सोती खोला नजिक हाम्रो ड्रिलिङ्ग भैरहेको थियो । मानिसहरु सुरक्षित छौं, मेशिनरी सामान बगाएको छ । सोती पुल आरुघाट भन्दा करिव १३ किलोमीटर माथि छ ।
सोती खोला पुल पछि खोला अलिक चौडा हुन्छ । सोती पुल माथि अलिक साँगुरो, गोर्ज छ । सोती खोला पुल बोटलनेक जस्तै । पुल पछि अलिक फराकिलो छ, खोला फिँजारिएको छ । त्यसैले आरुघाट तिरका पुलहरु बगाउँदैन होला ।
भिडियो खतिवडाको फेसबुकबाट । तस्बिर सामाजिक सञ्जालबाट ।

