बुढीगण्डकीमा ठुलो बाढी, नदी केही समय पुरै सुकेको थियो, त्रिशूली दोभानसम्म सतर्कता अपनाउन आग्रह
बाढी आउने, रोकिने, फेरि बढ्ने भैरहेको छ। यो ठाउँमा झिसमिसेमा बाढी धेरै सानो देखिन्थ्यो र क्याम्प सुरक्षित थियो। बुढीगण्डकी केही समय पुरै सुकेको पनि थियो।
काठमाडौं, २५ असोज ।
बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठुलो बाढी आइरहेकाले त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आइतबार बिहान करिव ७ बजे सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठुलो बाढी आइरहेको जनाएको हो ।
बाढीको बहाव पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ । नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।
भूगर्भविद भास्करराज खतिवडा जो बुढीगण्डकी क्षेत्रमै कार्यरत छन् । उनले ८ बजे आसपास सामाजिक सञ्जालमा लेखेका छन् :
बाढी आउने, रोकिने, फेरि बढ्ने भैरहेको छ। यो ठाउँमा झिसमिसेमा बाढी धेरै सानो देखिन्थ्यो र क्याम्प सुरक्षित थियो। बुढीगण्डकी केही समय पुरै सुकेको पनि थियो। गोर्खा, धादिङ र चितवनका बुढिगण्डकी, त्रिशुली र नारायणीको तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू एकदमै सुरक्षित रहनुहोला।
खतिवडाले सोती पुल बगाउँदै गरेको भिडियो राख्दै भनेका छन् ‘हाम्रो प्रोजेक्ट साइट नजिकै। बुढीगण्डकी हाइड्रोपावरको लागि यसै ठाउँमा ड्रीलिङको काम गर्दै थियौँ। दुर्भाग्यबश भोटेकोशी बाढीले जस्तै यसपटक पनि ठूलो असर गर्ने देखियो।’
भास्करले फेसबुकमा राखेको भिडियो ।
https://www.facebook.com/reel/1010771155367873

