ट्रम्पको यो कदमले अमेरिकी संसदले भर्खरै पारित गरेको रुसी तेल र ग्यास आयातमाथि प्रतिबन्ध लगाउने नीतिको उल्लङ्घन गरेको भन्दै युरोपेली सहयोगीहरू र अमेरिकी राजनीतिज्ञहरूबाट समेत आलोचना सुरु भएको छ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पको यो कदमको कडा शब्दमा भर्त्सना गर्दै यसलाई ‘पुटिनका लागि उपहार’ को संज्ञा दिएका छन्।

एजेन्सी २४ असोज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चुलिँदो इन्धनको मूल्य नियन्त्रण गर्न रुसी डिजेल आयात गर्ने सम्बन्धी एक महत्त्वपूर्ण सम्झौताको घोषणा गरेका छन्। यद्यपि, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पको यो कदमको कडा शब्दमा भर्त्सना गर्दै यसलाई ‘पुटिनका लागि उपहार’ को संज्ञा दिएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका तथा विश्व बजारका लागि तत्काल ३ लाख टन डिजेल उपलब्ध गराउन सहमति जनाएका छन्। यसका साथै नोभेम्बर महिनामा ५ लाख टन र त्यसपछि थप १० लाख टन डिजेल आपूर्ति गरिनेछ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत रुसी रिफाइनरीहरूको अवस्था हेरेर थप ३० लाख टन डिजेल छोटो अवधिमै आपूर्ति गरिने बताएका छन्।

ऊर्जा विश्लेषकहरूले भने ट्रम्पको यो निर्णयले अमेरिकी बजारमा इन्धनको मूल्य घटाउन खासै ठुलो सहयोग नपुर्‍याउने दाबी गरेका छन्।

यस सम्झौताअन्तर्गत अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल निर्यातमाथि लगाइएका प्रतिबन्धहरू आगामी सन् २०२७ अप्रिल ७ सम्मका लागि अस्थायी रूपमा निलम्बन गरेको छ। तथापि, अमेरिकी बैङ्कहरूमा रहेका अन्य रुसी सम्पत्तिहरू भने अझै रोक्का नै रहनेछन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको यो निर्णयप्रति तीव्र आपत्ति जनाउँदै भनेका छन्, “पुटिनलाई दिइने उपहारले शान्ति स्थापनामा कुनै मद्दत पुर्‍याउँदैन। रुसी इन्धन उत्पादन खरिद गर्न अनुमति दिनु भनेको अन्त्य हुनुपर्ने युद्धमा थप लगानी गर्नु जस्तै हो।” उनले रुसले यसको बदला थप आतङ्क र छलबाट दिने चेतावनी समेत दिएका छन्।

अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अमेरिकी नागरिकहरूले भोगिरहेको चर्को महँगी र इन्धनको मूल्य वृद्धिले ट्रम्प प्रशासनमाथि ठुलो राजनीतिक दबाब सिर्जना गरेको छ।

अर्कातर्फ, बेलायत सरकारका प्रवक्ताले आफ्नो धारणा स्पष्ट पार्दै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर युक्रेनलाई सैन्य तथा वित्तीय सहयोग जारी राख्ने र रुसमाथि लगाइएको कडा प्रतिबन्ध कायम राख्ने बताएका छन्।

अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अमेरिकी नागरिकहरूले भोगिरहेको चर्को महँगी र इन्धनको मूल्य वृद्धिले ट्रम्प प्रशासनमाथि ठुलो राजनीतिक दबाब सिर्जना गरेको छ। फेब्रुअरीदेखि सुरु भएको इरान युद्धका कारण विश्वभर इन्धनको मूल्य अकासिएको छ, जसको प्रत्यक्ष असर अमेरिकी बजारमा परेको छ।

हाल अमेरिकामा डिजेलको औसत मूल्य प्रति ग्यालन ६.२८ डलर रहेको छ, जुन सेप्टेम्बरको अन्त्यतिर ६.५३ डलरको कीर्तिमानी उचाइमा पुगेको थियो।

ऊर्जा विश्लेषकहरूले भने ट्रम्पको यो निर्णयले अमेरिकी बजारमा इन्धनको मूल्य घटाउन खासै ठुलो सहयोग नपुर्‍याउने दाबी गरेका छन्। युक्रेनको ड्रोन आक्रमणका कारण रुसका धेरैजसो तेल प्रशोधन केन्द्रहरू (Refineries) मा क्षति पुगेकाले रुससँग तोकिएको परिमाणमा डिजेल आपूर्ति गर्ने क्षमता छ वा छैन भन्नेमा प्रश्न उठाइएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार रुसको डिजेल उत्पादन क्षमता करिब ३० प्रतिशतले घटेको छ।

ट्रम्पको यो कदमले अमेरिकी संसदले भर्खरै पारित गरेको रुसी तेल र ग्यास आयातमाथि प्रतिबन्ध लगाउने नीतिको उल्लङ्घन गरेको भन्दै युरोपेली सहयोगीहरू र अमेरिकी राजनीतिज्ञहरूबाट समेत आलोचना सुरु भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार