२ सय ९७ सदस्यीय  केन्द्रीय समितिमा २० पदाधिकारी र  २०६ केन्द्रीय सदस्य प्रतिनिधिले चुन्नै छन् भने ५ पदाधिकारी र ६६ केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनित गर्ने पार्टी विद्यानको व्यवस्था छ ।

काठमाडौं, २३ असोज ।

नेपाली कांग्रेस १५ औं कार्यसमिति गठन गर्ने चुनावी माहौलमा छ यतिखेर । राजधानीको खुलामञ्च, भृकृटीमण्डमा आज बिहान ७ बजेदेखि मतदान भैरहेको छ । कांग्रेस निर्वाचन समितिले अपराह्न ३ बजेसम्म मतदानको समय तोकेको छ । मुलुकभरबाट राजधानीमा जम्मा भएका ७ हजार २ सय ५५ महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयन गर्दछन् । चुनावी मैदानमा ८१८ उमेदवार भिड्दै छन् । उमेदवारको ठुलो आकारबाट प्रतिनिधिहरुले सभापतिदेखि सदस्यसम्म २ सय २६ जना निर्वाचित गर्नेछन् । बाँकी ५ पदाधिकारी र ६६ सदस्य पार्टी सभापतिले मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ ।


काग्रेसले १५ औं अधिवेशनदेखि पार्टी फराकिलो आकार दिएको छ । निर्वाचनबाट पदाधिकारीसहित २ सय २६ जना निर्वाचित हुने छन् । ४ सहमहामन्त्री, कोषाध्यक्ष र ६६ केन्द्रीय सदस्य पार्टी सभापसतले मनोनित गर्ने व्यवस्था छ ।
पार्टीमा महिलाको उल्लेख्य उपस्थिति छ, ३३ प्रतिशत । युवाहरु, जातजाति, अप्लसंख्यक, अपगंता, युवा पिछडिएको क्षेत्रका आधारमा केन्द्रीय समितिमा प्रतिनिधित्व हुने गरी विधान संशोधन गरिएको छ । मधेसी, थारु, मुस्लिम,आदिवासी जनजातिलाई समावेश गरिएको छ । प्रजातन्त्र सेनानी, शहिद परिवार, द्धन्द पीडितका लागि पनि कोटा छुट्याइएको छ । पेशागत विज्ञ र विषयगत विशेषज्ञको ठूलो संख्या जो पार्टीको पदीय संरचना बाहिर त्यसलाई पार्टी भित्र ल्याउँने नीति लिएको छ । समावेशी चरित्रको ठूलो आकारको कांग्रेस केन्द्रीय समिति बन्ने छ । केन्द्रीय समिति २९७ सदस्यीय हुने कांग्रेस विधानमा उल्लेख छ ।

काग्रेसको केन्द्रीय समितिमा पदाधिकारी र केन्द्रीय सदस्य भन्ने दुई क्याटेगोरी छ । केन्द्रीय समितिमा पदाधिकारी र केन्द्रीय सदस्यको फरक फरक जिम्मेवारी छ । पदाधिकारीहरु विधानले तोकेका जिम्मेवारी र सभापतिको निर्देशन अनुसार काम गर्दछन् । सामान्यतया केन्द्रीय सदस्यले केन्द्रीय समिति बैंठकमा सहभागि हुने र आफ्ना कुरा राख्ने हुन्छ ।
२९७ सदस्य रहेको केन्द्रीय समिति मध्ये निर्वाचनबाट २ सय २६ जना चुनिन्छन् । बाँकी ७१ जना पार्टी सभापतिले मनोनयन गर्ने हो ।

२५ सदस्यीय पदाधिकारीमा सभापति एक, वरिष्ठ उपसभापति एक, महिला उपसभापति एक, खुला प्रतिस्पर्धाबाट आउने उपसभापति दुई र समावेशी उपसभापति एक गरी जम्मा ५ उपसभापति हुन्छन् ।
सभापति पछि पार्टीको सञ्चालनको जिम्मेवारी मुख्यत महामन्त्रीमा हुन्छ । कांग्रेस पार्टीमा ३ जना महामन्त्री हुने व्यवस्था यसै महाधिवेशन पछि गरिएको हो । जसमा दुई जना खुला प्रतिस्पर्धाबाट आउँछन् भने एक जना महिला महामन्त्री चुनिने व्यवस्था छ ।
तीनजना महामन्त्री पछि सहमहामन्त्रीको ठुलो आकार छ । सहमहामन्त्री दुई जना खुलाबाट चयन हुन्छन । बांँकी महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र,अल्पसंख्यक अपांगताबाट समुहबाट एकजना गरेर ११ जना सहमहामन्त्री चुनिने छन् । चारजना सहमहामन्त्री सभापतिले मनोनित गर्ने व्यवस्था छ । कूल सहमहामन्त्री १५ जना हुने विधानमा व्यवस्था छ । पदाधिकारीमा पार्टी प्रवक्ता, कोशाध्यक्ष पनि हुन्छन् । कोषाध्यक्ष सभापतिले मनोनित गर्दछन् भने प्रवक्ताको जिम्मेवारी पदाधिकारी मध्यबाट उनीहरुलाई सभापतिले जिम्मेवारी तोक्ने व्यवस्था छ । कूल पदाधिकारी २५ जना हुन्छन् ।

केन्द्रीय सदस्य मध्ये १५ जना महिला खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने खुला प्रतिस्पर्धाबाट ४५ जना निर्वाचित हुने छन् । यी जना ६० जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने केन्द्रीय सदस्य बाहेकका सबै १४६ केन्द्रीय सदस्य संरक्षित विभिन्न समुहबाट निर्वाचित हुदैछन् । समग्रमा कांग्रेस केन्द्रीय समितिमा २५ जना पदाधिकारी र २७२ जना केन्द्रीय सदस्यको जिम्मेवारीमा रहने छन् ।

तस्बिर : सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाककी उपाध्यक्ष सरु लामाको पिठ्यमा नानी, हातमा मतपत्र, सामुन्नेमा मतदानी ।