प्रचार सामाग्रि लिनु छैन भने नलिउँ, लिएपछि बाटोमा नफालौं : सचिन
काठमाडौ, २२ असोज ।
नेपाली कांग्रेसको अधिवेशन कहिले सम्पन्न हुने ? निर्वाचनको समय सर्देसर्दे शुक्रबार बिहान पुगेको छ ।
यसबीच अधिवेशनमा प्रस्तुत भएका विद्यान लगायतका दस्तावेज अनुमोदन भैसकेका छन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरुमा उमेदवारी दिनेहरुको लर्को छ ।
कांग्रेसजनले विधान विधिको कुरा गर्दछन्, जलवायु परिवर्तनको बारेमा महाधिवेशनमा जमेर छलफल पनि गरे, प्रस्ताव पास गरे उनीहरुले ।
तर, व्यवहारमा पार्टीको निर्वाचन समितिले दिएको आदेशको बर्खिलाप आफुखुसी सडक पोहर पार्न उनीहरु पछि परेका छैनन् । खुलामञ्च, भृकृटीमण्डप परिसरका दृश्यले बताउँछ ‘हामि कहिले सुध्रिने, चुनावमा जे गरे पनि हुन्छ ?’
निर्वाचन समितिले भनेको थियो,प्रचार सबै डिजिटल माध्यमबाट मात्र गर्नु । तर, समितिको आचारसंहीताको पालना गर्न चाहेनन्, निर्वाचन जित्न र जिताउन चाहनेहरुले । बिहिबार दिनभर खुलामञ्च र भृकृटीमण्डमा उमेदवारहरुले गरेको कागजी, फ्लेस लगायतका प्रचार सामाग्रिमा जेनजी युवाहरुले साँझमा कुँचो लगाएर सफा गरेका छन् ।
जेनजि उमेरसमुहबाट उमेदवार समेत भएका सचिन तिमल्सिना लगायत धैरे युवा र युवाहरुका साथ अन्य केही पौढ समेत मिलेर कागजी फोहर बढारेका छन् । सचिनले कुची लगाइसकेपछिको सामुहिक तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘भृकृटीमण्डप र सभागृह परिसरमा भएको फोहोर मिलेर सफा गरेका छौ । सबैलाई अनुरोध, प्रचार सामाग्रि लिनु छैन भने नलिउँ, लिएपछि बाटोमा नफालौं ।’
सचिनहरुको सुझाव सबै कांग्रेसजनको सुन्न र व्यवहार गर्न आवश्यक छ । त्यसो त महाधिवेशन प्रतिनिधिले झोला पनि पाएका छन् । प्रचार सामाग्रि झोलामा हालेर, सुरक्षित बिसर्जन गर्न कांग्रेसजनले सिक्न जरुरी छ ।
जेनजि बिद्रोहले बद्लिएको कांग्रेसमा अझै धेरै कुरामा बद्लिन बाँकी रहेको देखियो । निर्वाचन समितिको आचारसंहीता बर्खिलाप प्रचारमा उत्रनु, विधानको विपरित हो, कांग्रेसजनले मनन् गर्न आवश्यक ।

