नेतृत्व भन्नाले वर्षौंको अनुभव वा सम्बन्धले परिभाषित हुँदैन
बालेनले गरेको अशोभनीय कटाक्षलाई पत्त्याउन गाह्रो भई राखेको छ, दुर्भाग्यपूर्ण छ ।
नेतृत्व, कुनै संघ, संगठन, समिती, सञ्चालक समिती वा सरकारमा आफूले धारण गरेको पद वा हैसियतले पनि परिभाषित हुँदैन ।
नेतृत्व भनेको सही र गलतबीचको भिन्नता छुट्याउन सक्ने क्षमता हो ।
नेतृत्व भनेको कुनै पूर्वाग्रह वा पक्षपातबिना सबैलाई विश्वासमा लिएर अघि बढ्न सक्ने क्षमता हो।
नेतृत्व भनेको आफूलाई मन नपर्ने वा आफ्ना विचारसँग असहमत विचारहरूलाई समेत खुला र पारदर्शी रूपमा सुन्ने लोकतान्त्रिक संस्कारको अभ्यास गर्ने क्षमता हो ।
नेतृत्व भनेको प्राप्त प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गर्ने र सकारात्मक प्रतिक्रिया दिन सक्ने क्षमता हो् । र, नेतृत्व भनेको आफू कुनै संघ, संगठन, समिती, सञ्चालक समिती वा सरकारको प्रमुख भएकै कारण तानाशाही बन्नु कदापि होइन ।
त्यसैले, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा गगनले व्यक्त गरेका विचारको प्रत्युत्तरमा बालेनले गरेको अशोभनीय कटाक्षलाई पत्त्याउन गाह्रो भई राखेको छ।

गगनको भनाइको सार के थियो भने—संसद खुला मञ्चु हुन सकको छैन किन भने, संसदले निर्वाचित गरेको प्रधानमन्त्री नै सम्मानपूर्वक संसदमा उपस्थित हुँदैनन् भने त्यहा कुनै सम्बाद हुन सक्दैन। अर्को शब्दमा भन्ने हो भने, प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएसम्म उनी नेपालका जनताप्रति उत्तरदायी छन् भन्न सकिदैन ।
बालेनको व्यङ्ग्यात्मक टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा भाइरल भएका प्रतिक्रियाहरूको बाढीले मलाई उनको नेतृत्व क्षमताबारे गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ।
गगनको सन्देशलाई बुझेर त्यसलाई आत्मसाथ गर्नु वा सकारात्मक रूपमा लिनुको सट्टा प्रधानमन्त्री बालेनले फेसबुकमार्फत व्यङ्ग्यात्मक प्रत्युत्तर दिन रोजे। उनले गगनको सन्देशलाई काठमाडौंको मेयर हुँदा आफूले पुनर्निर्माण गरेको ‘खुला मञ्च’को भौतिक संरचनासँग तुलना गर्दै त्यसको श्रेयसमेत आफैंले लिदै यसरि लेख्नु दुर्भाग्यपूर्ण हो । ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।
नेपालका हरेक मुक्ति आन्दोलनको अग्रपंक्तिमा रहेको, देशकै सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक पार्टी, नेपाली काँग्रेसलाई नयाँ पार्टी भनि सम्बोधन गर्नुले उनको कमजोर सामान्य ज्ञानलाई नै प्रतिबिम्बित गर्छ। उनी सायद बिर्सने रोगले ग्रसित भएको जस्तो देखिन्छन्—नेपालका ती मुक्ति आन्दोलनहरू नभएका भए आज बालेन ती आन्दोलनहरूले स्थापित गरेका उपलब्धिहरूको जगमा टेकेर प्रधानमन्त्री बन्ने अवस्थामा पुग्ने थिएनन्। यसले उनको दूरदृष्टिहीन नेतृत्वशैलीबारे पनि धेरै कुरा बताउँछ।
आफूभन्दा धेरै वरिष्ठ र नेपालमा लोकतन्त्रको स्थास्पना गर्ने क्रममा थुप्रै बलिदान र योगदान गरेका हिसाबले धेरै अगाडि रहेका व्यक्तिहरूलाई होच्याउन फेसबुकको शरण लिनु उनको कायर नेतृत्वशैलीको अर्को उदाहरण हो। वा, के यो नै नेपाली नेतृत्वको संस्कृति हो त ? आफ्ना कमजोरी स्वीकार गर्नुको सट्टा फेसबुकमा गलत कुरा उछालेर अरूमाथि प्रहार गर्ने यस्ता कायर नेतृत्वको उदाहरणहरू त नेपालमा प्रशस्तै छन् ।
नोट: भारती सिलवाल गिरीको फेसबुकबाट साभार।

