कांग्रेस १५ औं अधिवेशन : सभापतिमा गगनसहित तीनको उमेदवारी, विश्वप्रकाश, पुष्षा निर्विरोध, महामन्त्री र उपसभापतिमा तिब्र प्रतिस्पर्धा
काठमाडौं, २० असोज ।
नेपाली कांग्रेसको १५ औं अधिवेशनमा सभापति पदमा तीन जनाको उमेदवारी परेको छ । विशेष अधिवेशनक नायक गगनकुमार थापा, किशोरकुमार राठौर र श्याकृष्ण खड्कीले उमेदवारी दिएका छन् ।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार साँझ भएको केन्द्रीय समितिको उमेदवारीमा उनीहरुको पदमा अन्य कसैको पनि उमेदवारी परेको छैन । शर्मा, निवर्तमान उपसभापति हुन् भने उनकै लागि यसै अधिवेशनमा वरिष्ठ उपसभापति पद सृजना गरेको कांग्रेसजन बताउँछन् । भुसाल उपसभापतिकै जिम्मेवारीमा थिइन ।
खुला उपसभापति दुई पद र समावेशी उपसभापति १ पदका लागि भने आकाक्षीहरुबीच तिव्र प्रतिस्पर्धा हुने सम्भावना देखिदैंछ । खुला दुई उपसभापति पदमा डा. चन्द्र मण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, दीपक गिरी, धनराज गुरुङ्ग, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा छन् । यता, समावेशी एक उपसभापति पदमा जीवन परियार, बिनोद चौधरी, फर्मल्लाह मनसुर, सीता गुरुङ्ग र रन्जित कर्णबीच प्रतिस्पर्धा हुने देखिन्छ ।एक खुला उपसभापति पदमा ९ जना प्रतिस्पर्धामा छन् भने सभावेशी एक उपसभापति पदका लागि ५ जना प्रतिस्पर्धी छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशमा सबै भन्दा आकर्षक पद महामन्त्री बनेको छ । एक महिला , दुई खुला गरेर तीन जना महामन्त्री हुने कांग्रेस विद्यानको उपयोग गर्दे मंगलबार भएको उमेदवारीमा १२ जना मैदानमा उत्रिएका छन् ।
काग्रेस विद्यानमा पार्टीको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने शक्तिशाली पद मान्छिन । १४ औं अधिवेशनका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष अधिवेशनलाई नेतृत्वदायी भूभिका दिएका कारण यो पद थप आकर्षण मानिएको हुनसक्छ । यसै अधिवेशनमा सधोधित विधान अनुसार महामन्त्री पदमा एक जना महिला र दुईजना खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित तीन जना महामन्त्री हुने व्यवस्था गरिएको छ ।
विशेष अधिवेशनबाट निर्वाचित महामन्त्रीद्धय प्रदीप पौडेल र गुरुराज घिमिरेले उमेदवारी दिएका छन् । त्यसैगरी डा.सन्तोष उपाध्याय, उदेश शम्सेर राणा, डिला संग्रौला, शंकर तिवारी, डा. सुनिल शर्मा, नैनसिंह महर, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन मगर, रीता खनाल प्रतिस्पर्धामा छन् । दुई खुला महामन्त्री पदमा ९ जना प्रतिस्पर्धामा छन् ।महिला एक पदका लागि डिला संग्रौला, महालक्ष्मी उपाध्याय र रीता खनाल भिड्दै छन् ।
डिला विशेष अधिवेशनबाट बनेको केन्द्रीय समितिमा सहमहामन्त्रीको जिम्मेवारीमा थिइन । महालक्ष्मी गैर विशेष समुहबाट महाधिवेशनको केही दिन अघिमात्र औपचारिकरुपमा गगन नेतृत्वको कांग्रेसमा संलग्न भएकी हुन् । रीता खनालको उमेदवारी खास गरेर डिलालाई काउण्टर दिन भएको हुनसक्ने कांग्रेसजनको आँकलन छन् । महालक्ष्मी र रीता दुबै मकवानपुरका हुन् ।

