काठमाडौं,२० अशोज ।

आज देशभर बादल लाग्ने, केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना मौसम विज्ञान विभागले औल्याएको छ । विभागले जारी गरेको मौसमी विवरणमा कर्णाली सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ।

विभागले भनेको छ ‘देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षारहिमपातको सम्भावना छ । देशको पहाडी भू(भागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ।’