काठमाडौ, १८ अशोज ।
जल तथा मौसम विज्ञान विभागले पश्मिमा पश्चिमी वायु र पूर्वी र मध्य नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागले आइतवार बिहान जारी गरेको मौसमी विवरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको बताइएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यम सम्मको वर्षा, हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज रातीको मौसमबारे विभागले भनेको छ ‘कोशी र बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी र तराई भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यम सम्मको तथा सुदूरपश्चिम प्रदेशको तराई भूभाग एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।’