महाधिवेशनमा चयन भएका प्रतिनिनिधिहरुमा विशेष गरेर विशेष अधिवेशन पक्ष र उनीहरुसँग तालमेल मिलाउन सकेका गैर विशेषहरु निर्वाचित भएका छन् । समुह बाहिर रहेका सबैजसो पराजित भएका छन् ।

सूर्यविनायक(भक्तपुर), १७ असोज ।

भक्तपुर कांग्रेस क्षेत्र न.२ मा भएको नेपाली कांग्रेस १५ औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा विशेष अधिवेशन पक्षले बनाएको समुहका उमेदबार सबै जसो समुहबाट विजयी भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनको पछिल्लो परिणाम शनिबार अपराह्न प्रकाशीत भएको हो ।
महाधिवेशनमा चयन भएका प्रतिनिनिधिहरुमा विशेष गरेर विशेष अधिवेशन पक्ष र उनीहरुसँग तालमेल मिलाउन सकेका गैर विशेषहरु निर्वाचित भएका छन् । समुह बाहिर रहेका सबैजसो पराजय भएका छन् ।
विशेष अधिवेशन पक्षधर नेताहरुले विशेष अधिवेशनमा सहभागि नभएका केही नेताहरुलाई समेटेर बनाएको समुह सबै पदहरुमा विजयी भएको छ ।

महाधिवेशन प्रतिनिधि ४ जना कोटामा उर्मिला वन सर्वाधिक ५७३ मत ल्याएर विजयी भएकी छन् । त्यसैगरी प्रमिला सुवेदी आचार्य ५५४ मतसहित दोश्रो, शुशिलाकुमारी सिग्देल(कान्ता) ५३४ मतसहित तेश्रो र पञ्चमाया कुटु ४८७ मतसहित चौथो भएर विजयी भएका छन् । इन्दिरा कँडेल खडकाले ३०६ मत प्राप्त गरिन ।
महाधिवेशन खुला १० स्थानमा कांग्रेस केन्द्रीय सदस्य अष्ट कबे ५४२ मतसहित पहिलो स्थानमा विजयी भएका छन् । विष्णुराज कार्की ५२३ मतसहित दोश्रो, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर ४६५ मतसहित तेश्रो, मुरारीप्रसाद आचार्य ४५१ मत सहित चौथो, कविर राणा ४३४ मतसहित पाचौ, पूर्व जिल्ला सभापति महेश श्रेष्ठ ४२९ मत ल्याएर छैठौ स्थानमा विजयी भएका छन् ।
त्यसैगरी सन्तोष भट्टराई ४१४ मतसहित सातौं, सुनिल ठकुरी ४०७ मतसहित आठौ, सुरेन्द्र केसी ३९४ मतसहित ९ र दिलकृष्ण प्रजापति दशौ स्थानमा विजयी भएका छन् ।
१० जना महाधिवेशन चयन हुनुपर्ने खुल्ला समुहमा १६ जना प्रतिस्पर्धामा थिए । विशेष अधिवेशन पक्षधरले तयार पारेको लिस्टमा भएका सबै विजयी भएका छन् । उमेश खडका ३८२ मत, जीवन श्रेष्ठ ३१५ मत, राजु ढुंङ्गेल २४८, राम थापा मगर १८६ र विदुरमान सिंह बस्नेत २०९ मत ल्याएर प्रतिस्पर्धा बाहिर रहे ।

श्रमिक कोटाबाट लक्ष्मीशोभा प्रजापति ४५१ मत ल्याएर विजयी भइन भने सुवर्णजंग सिजापति २३९ मत ल्याएर पराजित बने । त्यस्तै पेशागत विज्ञ समुहबाट मोहन गुजुरेल ४३४ मत ल्याएर विजयी भए भने दीपक बस्नेत २५२ मतमा चिक्त बुझाउँदै प्रतिस्पर्धाबाट बाहिरिए । युवा महिला समुहमा प्रविणा प्रजापती निर्विरोध निर्वाचित भएकी छन् ।
युवा खुला २ पदका लागि ४ जना प्रतिस्पर्धामा थिए । मौसम कार्की (आकास) ४२० मत र बद्रीराम थापा ३६८ मत ल्याएर विजयी भएका छन् । थापा समुह बाहिरबाट विजयी हुने एकमात्र उमेदवार हुन्। प्रतिस्पर्धी रियान खड्काले ३०१ र रमेश पौडेलले २६१ मत पाएका छन् ।
आदिवासी जनजाति सदस्य खुला ३ जना निर्वाचित हुनुपर्नेमा ६ जना प्रतिस्पधी थिए । मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ निर्वाचनमा सबै भन्दा धेरै मत ल्याएर उमेदवार बनेका छन् । उनी ६०९ मतसहित पहिलो स्थामा विजयी भए । ज्ञानदास प्रजापति ४७४ मतसहित दोश्रो र दीपेन्द्र थापा मगर ४४१ मत ल्याएर तेश्रो स्थानमा विजयी भए । धर्मभक्त श्रेष्ठ २६१ मत, इन्द्रकुमार श्रेष्ठ १०६ मत र राजराम न्हिसुतु ९० मतसहित प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
३ जना कोटा रहेको खस आर्य खुला पदमा ७ जना प्रत्याशी मैदानमा थिए । यो समुहबाट सूर्यविनायक नगर समितिका निवर्तमान सभापति निशान ढुंङगेल ५४० मतसहित पहिलो, लछुराम न्यौपाने ४९० मतसहित दोश्रो र देवेन्द्र न्योपाने ४२३ मतसहित तेश्रो स्थानमा विजयी भएका छन् ।
अन्य प्रत्याशीमा धर्मराज कार्की १९२ मत, कपिल कार्की १७० मत, सुवास न्यौपाने १२६ मत र अनिल खड्का १०२ मत ल्याएर प्रतिस्पर्धा बाहिर रहे ।

अपाङ्गताबाट पूर्व केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ निर्विरोध भएका छन् । त्यस्तै अल्पसंख्यकबाट कल्पना माझी बोटे निर्विरोध चुनिएकी छन् । दलित समुहबाट सर्मिला विश्वकर्मा, प्रजातन्त्र सेनानी, शहिद परिवार र द्धन्नपीडित समुहबाट रामगोपाल न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
आदिवासी जनजाति सदस्य खुला ३ जना निर्वाचित हुनुपर्नेमा ६ जना प्रतिस्पधी थिए । मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ निर्वाचनमा सबै भन्दा धेरै मत ल्याएर उमेदवार बनेका छन् । उनी ६०९ मतसहित पहिलो स्थामा विजयी भए । ज्ञानदास प्रजापति ४७४ मतसहित दोश्रो र दीपेन्द्र थापा मगर ४४१ मत ल्याएर तेश्रो स्थानमा विजयी भए । धर्मभक्त श्रेष्ठ २६१ मत, इन्द्रकुमार श्रेष्ठ १०६ मत र राजराम न्हिसुतु ९० मतसहित प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
३ जना कोटा रहेको खस आर्य खुला पदमा ७ जना प्रत्याशी मैदानमा थिए । यो समुहबाट सूर्यविनायक नगर समितिका निवर्तमान सभापति निशान ढुंङगेल ५४० मतसहित पहिलो, लछुराम न्यौपाने ४९० मतसहित दोश्रो र देवेन्द्र न्योपाने ४२३ मतसहित तेश्रो स्थानमा विजयी भएका छन् ।
अन्य प्रत्याशीमा धर्मराज कार्की १९२ मत, कपिल कार्की १७० मत, सुवास न्यौपाने १२६ मत र अनिल खड्का १०२ मत ल्याएर प्रतिस्पर्धा बाहिर रहे ।
आज बिहान क्षेत्रीय समितिको निर्वाचन सम्पन्न भएको थियो । क्षेत्रीय समितिमा भेषबहादुर कार्की दोश्रो पटक निर्वाचित भएका छन् । त्यस्तै प्रदेशमा, भक्तपुर २ क मा प्रदीप कार्की र २ ख मा ओमप्रकाश श्रेष्ठ दोश्रो पटक प्रदेश सभापतिमा सर्वसम्मत चुनिएका छन् ।