२ क बाट अभिवक्ता एवं वडा नं २ का अध्यक्ष दिपेन्द्र  कार्की दोश्रो पटक सर्वसम्मत प्रदेश सभापति निर्वाचित भएका छन् । त्यस्तै ख बाट ओमप्रकाश श्रेष्ठ पनि दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

सूर्यविनायक (भत्तपुर), १७ अशोज ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्रनं २ मा क्षेत्रीय कार्यसमितिको सभापतिमा भेषबहादुर कार्की दोश्रो पटक निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको पछिल्लो परिणाम अनुसार कार्की अत्यधीक मतकासाथ सभापतिमा निर्वाचित भएका हुन् ।
कार्कीले ४९० मत पाएका छन् , उनका प्रतिस्पर्धी अंगत खड्काले २१० मत पाएका छन् । अर्का प्रत्याशी राजन बकेले २१ मत पाएका छन् ।
क्षेत्रीय सचिवमा श्रीकृष्ण श्रेष्ठले ४५६ मत पाएर  विजयी भएका छन् । उनका प्रतिस्पर्धी ईश्वर खड्काले २९१ मत प्राप्त गरे ।


क्षेत्रिय सहसचिवमा दिलकृष्ण प्रजापति ४३४ मतकासाथ विजयी भएका छन् । प्रत्याशी सुजन प्रजापतिले ३०२ मत पाए । त्यस्तै महिला सहसचिवमा शुशिला ढुंङगेल (बेनु) ५०९ मत पाएर निर्वाचित भएकी छन् । उर्मिला थापा मगर १९८ मत पाएर दोश्रो भइन ।
पहिल्लो मतगणना परिणाममा प्रदेश क्षेत्रीय समिति र प्रदेश प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ ।
क्षेत्रीय ३ खुला सदस्यमा कृष्णहरी आचार्य, ५४० मत, विपिन श्रेष्ठ २७१ मत र बाबुकाजी छुँ ३८७ मत पाएर विजयी भएका छन् । रमेश अधिकारीले २२० मत, बाबुकाजी डंगोलले २५१ मत, श्यामसुन्दर श्रेष्ठले २४४ मत पाएका छन् । महिला सदस्य खुलामा मेनुका पाण्डे ४३० मत पाएर विजयी भएकी छन् । विन्दिरा बस्नेतले २४७ मत प्राप्त गरिन् ।
खस आर्य २ पदमा सुदीप केसी. ५०९ र बलराम सिल्वाल ५२४ मत पाएर निर्वाचित भएका छन् । जनक भण्डारीले २२७ र पशुपति धितालले ९१ मत प्राप्त गरे ।
आदिवासी जनजाति खुला २ पदमा भएको निर्वाचनमा रमेश प्रजापति ४६४ मत र रत्न कुमालले ४४१ मत पाएर निर्वाचित भएका छन् । अन्य प्रत्याशी रामसुन्दर श्रेष्ठ (कायस्थ)ले १८७ मत, हरिभक्त हेक्काले १४७ मत र शैलेश (पौवा भंसा)श्रेष्ठले १०८ मत पाएका छन् ।

प्रदेश सभापतिमा दिपेन्द्र र ओमप्रकाश दोश्रो पटक सर्वसम्मत

भक्तपुर २ अन्र्तगत सूर्यविनायक नगरपालिका क र मध्यपुृर थिमि नगरपालिका ख प्रदेशमा पर्दछन । २ क बाट अभिवक्ता एवं वडा नं २ का अध्यक्ष दिपेन्द्र  कार्की दोश्रो पटक सर्वसम्मत प्रदेश सभापति निर्वाचित भएका छन् । त्यस्तै ख बाट ओमप्रकाश श्रेष्ठ पनि दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

क्षेत्र क को सचिवमा विश्वराम थापा सर्वसम्मत निर्वाचित भएका छन् । क्षेत्र २ क बाट सदस्य पदका लागि शुक्रबार सम्पन्न निर्वाचनबाट ८ जना सदस्य निर्वाचित भएका छन् ।
सदस्यहरुमा उमेश अधिकारी २८४ मत, दिपेन्द्र केसी २८२ मत, भगवान खत्री २६४ मत, सुमन कार्की २६३ मत, राजु खड्का २४८ मत, रबि राणा २४० मत, दीप गिरी २३० मत, शिवराम न्यौपाने २०९ मत पाएका विजयी भएका छन् । लव गिरीले १४३ र मनोजराज बस्नेतले १०२ मत पाएर नवौं र दशौं भएका छन् ।