भक्तपुर कांग्रेस: क्षेत्र १ मा प्रतिस्पर्धाबाट नेतृत्व चयन, क्षेत्र २ मा चुनावी रस्साकस्सी , को को छन् प्रतिस्पर्धामा ?
चार दिनदेखिको सर्वसम्मतको प्रयास कामयाव नभएपछि बिहिबार साँझ क्षेत्र दुईमा उमेदवारी दर्ता भएको छ । शुक्रबार बिहानदेखि अधिवेशन प्रारम्भ हुने प्रारम्भिक कार्यक्रम सार्वजनिक भएको छ ।
सूर्यविनायक (भक्तपुर),१५ अशोज ।
दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नं एकमा प्रतिस्पर्धाबाट क्षेत्रिय, नगर तथा महाधिवेशन प्रतिनिधिको चयन भैसकेको छ भने क्षेत्र नं २ भने शुक्रबार चुनावी रस्साकस्सी हुने देखिदैंछ । भक्तपुर नगरपालिका र चाँगुनारायाण नगरपालिका क्षेत्रन. एकमा पर्दछन् भने क्षेत्रंनं दुईमा सूर्यविनायक नगरपालिका र मध्यपुरठिमी नगरपालिका पर्दछन् ।
चार दिनदेखिको सर्वसम्मतको प्रयास आंशिकरुपमामात्र कामयाव भएपछि बिहिबार साँझ क्षेत्र दुईमा उमेदवारी दर्ता भएको छ । शुक्रबार बिहानदेखि अधिवेशन प्रारम्भ हुने प्रारम्भिक कार्यक्रम सार्वजनिक भएको छ ।
भक्तपुर क्षेत्र २ बाट सभापतिमा वर्तमान सभापति भेषबहादुर कार्की फेरी पनि मैदानमा उत्रिएका छन् । सभापतिपदका लागि अंगद खड्का र राजन बके उमेदवार बनेका छन् ।
क्षेत्रिय सचिवमा ईश्वर खड्का र श्रीकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिन्छ । सहसचिवमा दीलकुमार प्रजापती र सुजन प्रजापतीले उमेदवारी दिएका छन् ।
क्षेत्रको महिला सहसचिवमा उर्मिला थापा मगर र शुशिला ढुङ्गेल (बेल)बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्रिय सदस्य ३ जनाको कोटामा ६ जना उमेदवार बनेका छन् । रमेश कुमार अधिकारी, कृष्णहरी आचार्य, विपिन श्रेष्ठ, बाबुकाजी छुँ, बाबुकाजी श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा भएर तीनजना चुनिने छन् ।
महिला खुला १ पदमा बिन्दिरा बस्नेत र मेनुका पाण्डे प्रतिस्पर्धामा छन् । समानुपातिक खसआर्य २ जनाको पदमा चारजना मैदानमा उत्रिएका छन् । पशुपति धिताल, जनक भण्डारी, बलराम सिल्वाल, सुदीप केसीबीचबाट २ जना चुनिने छन् ।
त्यस्तै आदिवासी जनजाती खुला २ पदका लागि रामसुन्दर श्रेष्ठ (कायस्थ), हरिभक्त हेक्का, शैलेस (पौगा भंसा) श्रेष्ठ, रमेश प्रजापति, रत्न कायस्त उमेदवार बनेका छन् ।
महाधिवेशन प्रतिनिधिमा को को भिड्दै ?
भक्तपुर क्षेत्र नं २ मा सूर्यविनायक नगरपालिका र ठिमीमध्यपुर नगरपालिका पर्दछन् । यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुन चाहनेहरुबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । बिहिबार उमेदवारी दर्ताको आधारमा ४ जना महिला महाधिवेशन प्रतिनिधिका लागि ५ जनाको उमेदवारी परेको छ । शुशिला कुमारी सिग्देल(कान्ता), इन्दिरा कँडेल खड्का, उर्मिला वन, प्रमिला सुवेदी आचार्य र पञ्चमाया कुटुबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
खुला १० पदका लागि १६ जना प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धामा किरण श्रेष्ठ, गणेशमान चक्रधर, महेश श्रेष्ठ, विदुरमान सिंह बस्नेत, मुरारीप्रसाद आचार्य, विष्णुराज कार्की, जीवन श्रेष्ठ, कविर राणा, सुनिल ठकुरी, राजु ढुंगेल, राम थापा मगर, सन्तोष भट्टराई, अष्टमान बके, उमेश खड्का र दीलकृष्ण प्रजापति छन् । जिल्ला, केन्द्रीय लगायतमा नेतृत्वदायी भुमिकामा रहेकाहरु प्रतिस्पर्धामा छन् । कसकसले टप टेनमा बाजी मार्ने हुन ?
महाधिवेशन प्रतिनिधि श्रमिक १ कोटामा सुवर्णजङ्ग सिजापति र लक्ष्मीशोभा प्रजापति प्रतिस्पर्धामा छन् । पेशागत विज्ञ १ कोटामा मोहन गजुरेल र दीपक बस्नेत भिड्ने देखिन्छ । युवा खुला २ जनाको कोटामा ४ जना प्रतिस्पर्धी छन् । मौसम काकीं (आकास), बद्रीराम थापा, रुपेश पौडेल र रियान खड्का मध्ये को को चुनिने हुन् ?
आदीबासि जनजाति ३ जनाको कोटमा ६ प्रतिस्पर्धी छन् । इन्द्रकुमार श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, राजाराम न्हिसुतु, दीपेन्द्र थापा मगर, ज्ञानदास प्रजापति र सुरेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ ।
खस आर्य ३ जनाको कोटामा ६ जना उमेदवार बनेका छन् । यहाँ अनिल खड्का, सुवास न्यौपाने, धर्मराज कार्की, निशान ढुंङ्गेल, लछुराम न्यौपाने र देवेन्द्र न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
यता, सबैजसो पदहरुमा चुनावी प्रतिस्पर्धाबाट भक्तपुर १ मा नेतृत्व चयन भएको छ । क्षेत्रिय सभापतिमा शिवहरी केसी निर्वाचित भएका छन् । क्षेत्रनं १ (क)को सभापतिमा विरमान तामाङ्ग निर्वाचित भएको छन् भने (ख)बाट शिवप्रसाद अवाल निर्वाचित भएका छन् । चाँगु नारायण नगरपालिकाको सभापतिमा गोकर्ण पुरी निर्वाचित भएका छन् भने भक्तपुर नगरमा भुवन भुजु निर्वाचित भएका छन् ।
सङ्लोलाई प्राप्त विवरण अनुसार महाधिवेशन प्रतिनिधिमा कृष्णलाल भँडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, जीवन खत्री, समुन्द्र थापा, शोम प्रधान, मनोजकुमार थापा, अच्यतवन्धु आचार्य, राजेश खड्का र रवीन केसीं खुला महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् ।
महिला ४ खुला प्रतिधिमा गंगालक्ष्मी अवाल, शुभद्रा काफ्ले, संगिता फूँयाल र सखिला खड्का निर्वाचित भएका छन ।
त्यसैगरी जेनजि पुस्ताबाट सिजन केसी, विवेक लामिछाने निर्वाचित भएका छन् । प्रजातन्त्र सेनानीमा रमेश लामा र श्रमिकबाट रजन रोक्का र सावित्रि लामिछाने निर्वाचित भएका छन्
।पेशागतबाट किरण न्यौपाने, अपाङ्गताबाट हरिकृष्ण श्रेष्ठ, अल्पसंख्यकबाट कविन्द्र कायस्थ र दलितबाट राजेन्द्र सर्खेनी निर्वाचित भएका छन् ।
युवा महिलामा अणुकुमारी आचार्य निर्वाचित भएकी छन् ।

